के हो मुद्रास्फीति

डिग बहादुर तामाङ्ग भेडापु दोलाखा। २०७९ वैशाख २९ गते १०:२२ मा प्रकाशित

के हो त मुद्रास्फीति भनेको What is an inflation ? Inflation an overall एउटा अर्थव्यवस्थामा सेवाको सामानको बृद्धि भएको हामीहरुले पाउछौं ।समय बित्दै जाँदा मुद्राले मुल्य गुमाउछ र यसमा जति क्रय शक्ति हुँदैन र हामीले बजारमा जाँदा एक लिटर पेट्रोलको १० रुपैयाँमा पाउँथ्यौं भने आज आएर गत अप्रिल महिनामा एक लिटर पेट्रेलको मूूल्य रु १५१। तिर्न पर्यो।त्यस्तै मैले मेरो जीवनमा २०२४ सालमा बैदारको जागिरमा सेवारत हुँदा मैले पाउने तलब थियो रु ८५।०० अहिले खरिदारको ले रु २६,५००।शुरुको तलब भयो रे।यो उदाहरणहरु मात्रै हुन अर्को शव्दमा भन्नु पर्दा जुनसुकै डलरमा के खरीद गदौ समयको साथमा घटाइन्छ मुद्रास्फीति विभिन्न कारणले हुन सक्छ जस्तै उच्च ज्याला अर्थात तलब केन्द्रीय बैंकहरुले व्याज कमदरहरु आपूर्ति श्रृंखला मुद्ददाहरु व विश्वव्यापी अर्थतन्त्रमा फराकिलो स्थिति माथि भने झै डलर १।४० मा एउटा सामान १९२० किन्न पाइन्थ्यो पछि त्यहि सामान डलर १०।५० पर्ने भो १९७० तेहि समान डलर २०।५० खरिद गर्न पर्यो २०२२ मा।

हाम्रादेशका विख्यात अर्थशास्त्रीहरु डाक्टर यादब प्रसाद पन्त,डा भेष बहादुर थापा, बद्रिप्रसाद श्रेष्ठ उहाँह्र शास्त्रीय अर्थशास्त्रीहरुले आफना भाषाणहरुमा उल्लेख गराइन्थ्यो,मुद्रास्फीति भनेको सयमको साथमा दिइएका मुद्राको क्रय शक्तिको गिरवाट हो माथि भने झै क्रयशक्तिमा आएको ह्रासको दरमा एक मात्रात्मक अनुमान केहिमकी सयमय अवधिमा अर्थतन्त्रमा चयन गरिएका बस्तु र सेवाहरुको टोकरीको औसत मूल्या मूल्यको स्तर बृद्धिमा प्रतिविविम्बत गर्न सकिन्छ भन्नु हुथ्यो।

कोभिड १९ को फैलावट रोक्नको लागि सारा विश्वले लागु गरिएको लकडाउन बन्दाकारण र उपायहरुले संसारभरि उपभोक्ता खर्चको ढाँचाहरु प्रिवर्तन ल्याएकोे मुद्रास्फीतिलाई संसार भरका र् ‘शास्त्रीहरुले सोचेको भन्दा दोव्वर अंकको घटेको अर्थव्यवस्थाले ल्याएको संकटहरु त्यसमाथि पनि हालै आएर रुस र युक्रेनको युद्धाले थपेको अनिकाल र हाहाकारले खुम्च्याएको पेट्रोलियम पदार्थमाथि युरोप र अमेरिकीले ‘रसको कच्चा तेल वा crude oil and natural gas माथि लगाएको प्रतिबन्धले सारा बिश्वमा दैनिक खाध्य पदार्थदेखि हवाई जाहजको भाडा बसभाडा बडाएका छन।गत मंसिरमा पाईने crude oil per Barrel ४० मा पाइन्थ्यो आज त्यहि तेल डलर १२५ प्रति ब्यारेल भएको छ।तर केहि स्वार्थीदेशहरुले मौकामा चौका हानेर रुसबाट प्रसस्त तेल खरिद गराएका छन जस्तै एसोसेस प्रेसको रिपोर्ट अनुसार भारतले ३०० मिलियन ब्यारेल 300 million barrel हप्तामा भारतीइ अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुको नेतृत्वमा अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि इन्डिय अँयल कर्पोरेशनले रुसलाई आक्रमाणको कारण विश्वव्यापी उर्जा बजारबाट प्रिजम गर्नको लागि अनुरोध गरेता पनि विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रीक देश भारतले खरिद गरेको बैचारिक रुपमा असन्तोष व्यक्त गरेको छन।

अनिकाल र भोकमरी
जलवायु परिर्वतनले कतै अतिबृष्टि कतै अनाबृष्टि भएर ल्याएको समस्याहरुको बाबजुद कोभिड जस्ता महामारी रोगका कारण झण्डै तिनबर्ष ठाप्प भएको उद्योग बन्द ब्यापारहरु के मात्रै चल्न थालेको थियो रुसले युक्रेनमाथि गरेको युद्धले ल्याएको समस्याहरुले निकट भबिश्यमा सारा विश्वले अनिकाल र भोखमरी Famine and starvation ल्याँउछन भनेर संयुक्त राष्ट्रसंघले चेताबनि दिइएको समाचारहरु आइसकेका छन।अमेरिकी लगायत पश्चिमी राष्ट्रहरुले सोचेका थिए रुस र युक्रेनको युद्ध धेरै भए सात दिनमा सकिन्छ भनेर तर भयो उल्टो तिन महिना सम्म चलिनै रह्यो अझ कति दिन चल्ने हो ४५ मिलियन जनासंख्या भएको देश युक्रेन छ मिलियन देश छोटेर भागि सके।शान्ती चाहानेहरुले यो प्रार्थना गरेका होलान “ भगवान तेस्रो विश्वयुद्ध नहोस” भनेर।तर भित्र भित्रै प्रोक्सि वार खेलि रहेको देख्छौं नि त हामीले पनि।के भन्न सकिन्छ र।अमेरिकामा एक ग्यालन डिजिलको मुूल्या २ डलर ५० सेन्टस थियो गत डिसेम्बरमा हाल प्रति ग्यालन डिजिलेलको ६ डलर पर्न आयो अब ढुवानी खर्च ह्वात्तै बढने भयो उपभोक्ताका सामानहरुलाई ल्याउने लाने त त्यहि १८ चक्के ट्र्कले नै हो साधारण मानिसहरुले आफनो दैनिकी खर्चहरुमा कटौति गर्न थालि सकेको समाचारहरुलाई उत्घृत गर्दै यो पंक्तिकारले चिया र बिस्कुटको समयमा पारेर यसो लेखि टोपालेको हुँ गल्ती भए सच्याएर पढनु होला म आफै स्वमघोषित पिएच डि होइन साधारण लेखपढ सम्म गर्न जानेको व्यक्ति मात्रै हजुरहरुले बुझि हाल्नु हुन्छ नि।

-डिग बहादुर तामाङ्ग भेडापु दोलाखा।

प्रतिक्रिया