७ खर्बको शेयर बाँडन वागीलाई जिताऔं!!!

एकबहादुर क्षत्री २०७९ वैशाख २७ गते २:११ मा प्रकाशित

हाम्रो ग्राहस्थ उत्पादन रु.४२ खर्ब अनुमान गर्दा गत बर्ष  तथा  शेयर बजारीकरण पनि लगभग बराबरि थियो। अहिले ९ महिनामा त्यो खस्केर रु.२५ खर्बमा खुम्चिएको छ । सो को ३० प्रतिशत ७ खर्ब ५० लाख ३ करोड नेपालीको हातमा हुनु पर्नेमा सो खासै भन्ने हो २००-४०० जनाको हातमा रहेको छ।

हाम्रो कानुनि ब्यबस्था अनुसार ३०प्रतिशत सर्बसाधरणलाइ दिने भन्ने छ तर शहर, राजधानी, सदरमुकाममा बस्ने टाठा बाठाले गत आषाढको हिसाबमा  ३७ लाख ४१ हजार शेयरवालाले औषतको रु. ४० लाख मात्र पाउनु पर्नेमा रु. ३ लाख २१ हजार हात पारी यो बर्ष रु १ लाख ४९३ पाउनु पर्नेमा ७ लाख ४०४ पाँउदै छन् ।

नेपाल विद्युत प्राधिकरणले ३० करोड ३ करोड देश विदेशमा रहेका ३ करोड नेपालीलाई पुग्ने गरि  १०-१० शेयर निष्काशित गर्दैछ। तर ५० लाख टाठा बाठाले लिने दाउँमा छन् । यस्तै भयो भने जनता सरकारले समयमा ठूलो सुधार नगर्ने हो भने  त्यो समूहले रु. २ हजार  जति बजार मुल्य हुने अनुमानमा भाग पर्ने १०  शेयरबाट रु. २० हजार पाउनु पर्नेमा ५ गुना  रु. ९५ हजार पाउने छन् । समुच्चमा यो रु. ३ खर्बको नितीगत भ्रष्टाचार हुँदैछ ।

गत बर्ष २०७८ आषाढमा जम्मा ३७ लाख ४१ हजार सार्वजनिक शेयरवाला भएकोमा  ४५९ गाउँपालिकामा  ९८ लाख ३३ हजार ९८३ मध्ये ९ लाख ७ हजार ५५५ अर्थात ९.३३ प्रतिशत वासिन्दाले मात्र शेयर पाएका थिए । शेयर नपाउने ९ लाख ७ हजार गाऊँपालीका वासीले रु. ३ खर्ब ५७ अर्ब गुमाए भने रु. १ खर्ब २ अर्ब गुमाउँदै छन् ।

गत बर्ष नै २७६ नगर पालिका १ करोड २५ लाख ६३ हजार वासिन्दा मध्ये १७ प्रतिशतले मात्र शेयर भाग पाए भने रु.१ करोड ७ लाख ४८ हजार वासिन्दा रु.७४ खर्ब २९ अर्ब लुटीए प्रति व्यक्ति रु. ४० हजार र रु. २ खर्ब २० अर्ब प्रति व्यक्ति रु. २२ हजार लुटिदै छन् ।

यस्तै गरी ६ महानगरपालिका र ११ उप महानगरपालिकामा समेत २२ लाख ९८ हजार ७५ प्रतिशत महानगरमा रहेता पनि तल्लो स्तरका वासिन्दाहरु रु. १ खर्ब १९ अर्ब ८९ करोड शोषित भए भने रु. ६१ अर्ब ४४ करोड शोषित हुदैछन् ।

महानगरपालिका तथा उपमहानगरपालिकाले शेयर भएका १२ लाख ६ हजार ६६ वासिन्दाले आफ्नै पालिका, नगरपालिका तथा गाउँ पालिकालाई २०७८ को अंकमा महानगरपालिका तथा उपमहानगरपालिकाले निकै बढी रु.२ खर्ब २४ अर्ब गरी रु.२ खर्ब ८२ अर्ब ३०करोड नितिगत शोषण गरेकाछन् ।

२३६ सार्वजनिक कम्पनिको शेयर सर्वसाधारणलाई बाँड्ने कानूनले व्यवस्था गरेकोमा नितिगत भ्रष्चार गरी शहरिया, ठूलाबडा, पढेलेखेकाले बाँडी खाएको भन्ने स्पष्ट छ । सो आवाज २०७८ मार्ग ८ गते आन्दोलन घोषणा गरी अगाडी बढी संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार अनि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एमाले समाजबादि,  नेकपा  माओवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीमा निवेदन नै दर्ता गरी आव्हान गरे पनि जनता ७ खर्ब लुटिएको, शोषित भएको, गुमाएको र नितिगत भ्रष्टचारमा मौन रहेको छन् ।

झन  सरकारी तवर राजश्व चुहावट अपराध गर्ने बढी कर दर असुल गर्ने दलहरु पनि बाँडीचुडी खाने । भ्रष्टाचार आन्दोलनकारी पनि दल खोलेर खाने दाउँमा लागेका छन् । ने.क.पा. एमालेका के.पी. ‍ओलीको २ तिहाई हेरियो । गठबन्धनको सरकारले पनि एक दुई कार्याबाही गरेको देखाएर लुटतन्त्रको गठबन्धन गरि जनताको अधिकार हनन् गरेका छन् । २० बर्षसम्म लुट्ने योजना गर्दै दलिय सिद्धान्त सरकार र विपक्षको सिद्धान्त विपरित काम कार्यवाही भएको छ ।

तसर्थ हामीले दलको पछी नलागेर दलसम्म आस्था लाग्नेले पनि एक पल्ट वागी भने पनि स्वतन्त्र भने पनि तिनीहरुलाई भोट दिएर विजयी बनाउँ । तिनिहरुलाई अग्नि  परीक्षा गरौं! अनि दलहरुलाई सुधारौँ। चुनाबि गठबानदन निर्मूल गरौँ।

वागी  वा स्वतन्त्रहरु विजय भए भने एउटा महानगरपालिका उपमहानगरपालिका भक्तपुर उपमहानगरपालिका सुधारे जस्तै सुधार्न सके ठूलो कुरा हुन्छ । सांसदको चुनावमा वागी र स्वतन्त्र उम्मेदवारले जितेमा  भूमिका निष्कृय नै हुन्छ तर स्थानीय सरकारमा कार्यकारी भूमिका हुने हुँदा महत्व छ । तसर्थ स्वतन्त्र उम्मेदवारलाई चुनाव पराश्त न  गरौं तिनिहरुलाई नेतृत्वमा पुराऊँ।

भरतपुर महानगरपालिकामा रेनु दाहाल र गठबन्धनको सरकारलाई माओवादी पहिलो नेता अध्यक्षको अहम प्ररास्त गर्न नेपाली काँग्रेसका वागी स्वतन्त्र उम्मेदवार श्री जगन्नाथ पौडेललाई जिताउँ । दमौलीमा  रामचन्द्र पौडेललाई प्ररास्त गर्न दिपक राज जोशीलाई जिताऔं। के.पी. ओलीलाई धक्का दिन दमकमा गठबन्धन कै रा.प्र.प.को राम थापालाई जिताऔं । राजेन्द्र लिङ्गदेनको अहम परास्त गर्न अघिल्लो पटक राप्रपाले जितेको नेपालगञ्जको मेयरको ठाउँमा मिलेसम्म स्वतन्त्र उम्मेदवारलाइ जिताउँ।

प्रधानमन्त्री शेर बहादुर देउवा तथा आरजु राणा अहम तोड्न डडेलधुरामा  कर्ण मल्ल समुह  तथा बिगत निर्वाचनमा प्रतिस्पर्धि मत ल्याएका  धनगढी नगरपालिकामा स्वतन्त्र उम्मेदवारहरु गोपाल हमाललाई जिताऊँ ।

काठमाण्डौं महानगर प्रकाशमान र गणेशमानको विराषतलाई धक्का पुर्‍याउन नेपाली काँग्रेसको चुनावको गद्दारी महसुस गराउन सृजना सिंहलाई हरायेर  उम्मेदवार वालेन\ शाहलाई चुनावमा  जिताऊँ । माधव कुमार नेपाललाई चन्द्रनिगाहापुर नगरपालिका तथा वावुराम भट्टराईलाई गोरखा नगरपालिकाहरुका प्रतिद्वन्द्वीहरुलाई जिताएर सवज खुवाउनु पर्नेछ ।

सात दल नेताको अहम तोडेर ७ बिजेता अबिजेता मिलेर  सार्वजनिक शेयर आन्दोलन गरेर ७ महिनामा ७ खर्वको शेयर ७ प्रदेशका  ३ करोड नेपाली हातमा थमाउने सो सफल हुना साथ तलका ७ उपलब्धिहरु पनि सजिलै अर्को ७ महिनामा हुनेछ।

  • देशका अपराधहरुको कारक अपार्रदशि कागजि ७ दरका नोट हुन । सबैलाई आइपिओ दिन बैक खाता चाहिने हुँदा सबैलाई शेयर बाँडदा सबैसंग बैक खाता हुने हुदाँ नोट खारैज गर्न सजिलो हुनेछ। जनतालाइ दुख न दि सहज तरिकाले अपारधि तथा भ्रस्ट्राचारि नोट चलन चलति २ महिनमा गर्न सकिन्छ।
  • नोट खारेज पछि दैनिक ५० अर्बको भन्सार चुहावट ५० अर्बको आन्तरिक चुहावट अनि ५० अर्बको खर्चमा चुहावट अनी स्थानिय सरकार र प्रदेश सरकारमा राजश्व चुहावट खर्च चुहावट गरी बार्षिक ७ खर्ब भ्रष्टाचार नियन्त्रण हुनेछ ।
  • चेलीवेटी वेचविखन, देहव्यापार,जुवा खेल्ने, मिटर ब्याज र ढिकुटी, दुर्व्यसन क्रिशचियन धर्म प्रचार तथा विदेश पठाउने जस्ता ७ को ३ गुना अपराध ७ महिनामा बिनाश हुनेछ।
  • सबै नेपालीलाई बैंक सेवा उपलब्ध गराउने २८ वटा वाणिज्य बैंकको ७ अर्ब बार्षिक प्रशासनिक खर्च कटौति ७ महिना भित्र हुनेछ ।
  • कर दर अहिलेको दरवाट एक तिहाई ७ महिना भित्र घटनेछ ।
  • अहिलका ७ दल ३ दलमा स्वत झर्ने छन र राजनीती लुटको हुने छैन ।
  • पूर्व पश्चिम राजमार्ग सहित अन्य ७ राजमार्गलाई द्रुतगती कतै रोक्न नपर्ने गरी आवत जावत गराऊन, राजमार्गमा गाडि  नरोक्न आदी ७ व्यवस्था लागू ७ महिनामा हुनेछ।

आदरणिय मतदाताहरु निर्वाचन आयोगमा गएर निष्पक्ष चुनाव गराउन अपार्दशि नोट खारेज गर्न सरकारलाइ आदेश दिएर सो गराएर मात्र  हुन्छ भनेको सो को बेवास्ता गरियो। भोटको  किन बेच ति अपार्दशि नोट भै राखेको छ। तैपनि सात दललाइ भोट नदिएर स्वतन्त्र लाइ भोट दनु दिनु होश र देश बचाऊने कामना छ।

 

प्रतिक्रिया