विराटनगर,२६ वैशाख।स्थानीय तह निर्वाचनका लागि खटिएका मोरङका निर्वाचन अधिकृत र सहायक मतदात अधिकृतहरुले मतपत्र र निर्वाचन सामाग्री जिम्मामा लिएका छन्।
यही वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतहरुले प्रदेश निर्वाचन कार्यालयबाट आवश्यक सामग्रीहरु जिम्मामा लिएको सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो।
सत्रवटा पालिका रहेको मोरङमा विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिका बाहेक सबै पालिकाका निर्वाचन अधिकृतहरुले पत्रपत्र,मटपेटिका, मतदाता परिचयपत्र,स्वस्ति चिन्ह लगायतका सामग्रीहरुले आजै जिम्मा दिएको अधिकारीले जानकारी दिनुभयो।
प्रतिक्रिया