डिसीमा कविता सङ्ग्रह “माटोको दुखाइ” विमोचन, अग्रज पत्रकार, लेखक, साहित्यकार प्रा. पुरुषोत्तम दाहाललाई सम्मान

इनेप्लिज २०७९ वैशाख २६ गते ३:१९ मा प्रकाशित

अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवस र  निर्वाचनमा प्रेस विषयक अन्तरक्रिया कार्यक्रमकै मञ्चबाट, लामो समय देखी पत्रकारिता, गीत सङ्गीत, साहित्य र कलाकारिताका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको अठारौँ पुस्तक, कविता सङ्ग्रह “माटोको दुखाइ” अमेरिकाको वाशिङ्गटन डिसीमा विमोचन गरिएको छ ।

अग्रज पत्रकार, लेखक, साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, अर्का पुराना पत्रकार पुरु घिमिरे, मेरिल्यान्ड राज्य सभाका डेलिगेट ह्यारी भण्डारी, नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व अध्यक्षहरू क्रमशः छिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्य, कृष्ण शर्मा, एन आर एन अमेरिकाका बरिस्थ उपाध्यक्ष कृष्णजिबी पन्त र सर्जक राम प्रसाद खनालले एकसाथ संयुक्त रूपमा उक्त कृति विमोचन गर्नुभएको थियो । 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व अध्यक्ष एवम् सगरमाथा आरोही छिरिङ शेर्पाको अध्यक्षतामा, टेलिभिजन र छापा पत्रकारिता क्षेत्रका क्रियाशील पत्रकार गौतम दाहालको सञ्चालनमा, नेपाल प्रेस युनियनका पूर्व महासचिव तरुण पौडेलको स्वागत भाषण र नेजाकै पूर्व अध्यक्ष भोला आचार्यको धन्यवाद ज्ञापनमा सञ्चालन भएको थियो ।

सो अवसरमा अग्रज पत्रकार, लेखक, साहित्यकार प्रा. पुरुषोत्तम दाहाललाई मेरिल्यान्ड राज्य सभाका डेलिगेट ह्यारी भण्डारी र नेपाल मदर डट कमका प्रधान सम्पादक समेत रहेका अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व पुरुषोत्तम दाहाल, पुरु घिमिरे, ह्यारी भण्डारी, राम प्रसाद खनाल, देशराज संयोग, डा. प्रदीप भट्टराई, कृष्ण शर्मा, छिरिङ शेर्पा, गौतम दाहाल, कृष्णजीवी पन्त, निदेश अधिकारी, विभिन्न सङ्घ संस्थाहरूका तर्फबाट राम शरण हुमागाईँ, केशव बराल, लीला ओझा, मेदिनी अधिकारी, दधि ढुङ्गाना लगायतका वक्ताले आ आफ्ना मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा सर्जक रामप्रसाद खनालले आफ्नो अठारौँ पुस्तक, कविता सङ्ग्रह “माटोको दुखाइ” बाट एउटा कविता वाचन पनि गर्नुभएको थियो ।

 

 

 

****************************************************

 

प्रतिक्रिया