बेलायतद्वारा रुस र बेलारुस विरुद्ध आयात प्रतिबन्ध विस्तार

इनेप्लिज २०७९ वैशाख २६ गते १:०८ मा प्रकाशित

 

बेलायतले रुस र बेलारुस विरुद्ध आयात प्रतिबन्ध विस्तार गरेको छ । बेलायती सरकारले आइतवार रुस र बेलारुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ, जसले १.७ बिलियन पाउण्ड (२.१ बिलियन डलर) को व्यापारलाई लक्षित गरेको छ।

प्रतिबन्धहरूमा आयात सीमा-शुल्क र निर्यात प्रतिबन्धहरू समावेश छन । वित्त र अन्तर्राष्ट्रिय व्यापार विभागद्वारा संयुक्त रूपमा जारी गरिएको बिज्ञप्तिका अनुसार पुटिनको युद्ध यन्त्रलाई अझ कमजोर बनाउनको लागि गरिएको हो ।

नयाँ आयात शुल्कले प्ल्याटिनम र प्यालेडियम सहित £१.४ बिलियन ($१.७ बिलियन) मूल्यका सामानहरू समाविष्ट (कभर )गर्नेछ, विज्ञप्तिमा भनिएको छ।

रुस विश्वको सबैभन्दा ठूलो प्लेटिनम र प्यालेडियम उत्पादक मध्ये एक हो भनि सिएनएनले समाचार लेखेको छ ।

“हामी युक्रेनमा पुटिनको उद्देश्यलाई विफल पार्न र उनको गैरकानूनी आक्रमणलाई कमजोर पार्न सक्दो प्रयास गर्न कटिबद्ध छौं, जसले युक्रेनी जनताको विरुद्धमा बर्बर कार्यहरू गरेको देखेको छ,” अन्तर्राष्ट्रिय व्यापारका लागि बेलायतका राज्य सचिव एनी-मारी ट्रेभल्यानले भनिन ।

नियोजित निर्यात प्रतिबन्धले रुसी अर्थतन्त्रका क्षेत्रहरूमा २५० मिलियन स्टर्लिंग पाउण्ड (३०८ मिलियन डलर ) भन्दा बढी मूल्यका सामानहरूलाई लक्षित गर्ने लक्ष्य राखेको छ । जुन बेलायतका सामानहरूमा सबैभन्दा बढी निर्भर छन्, जस्तै रसायन, प्लास्टिक, रबर र यान्त्रिक सामानहरु ।

प्रतिक्रिया