‘पर्यटनमय सानेपा’ नामक पुस्तक लोकार्पण

मुना न्यौपाने २०७९ वैशाख २२ गते २३:०७ मा प्रकाशित

मुना न्यौपाने,काठमाडौँ,वैशाख २२।जापानका लागि नेपाल पूर्व राजदूत केदारभक्त माथेमाले नेपालमा धार्मिक पर्यटनको सम्भावना प्रचूर रहेको बताउनुभयो।

सानेपास्थित आयोजित एक कार्यक्रमबिच लेखक तथा धार्मिक गुरु पं.मधुसुदन सुवेदीद्वारा लिखित ‘पर्यटनमय सानेपा’नामक पुस्तक लोकार्पणको क्रममा माथेमाले उक्त धारणा राख्नुभएको हो।

पर्यटकीय एवम् धार्मिक महत्व बोकेको पुस्तक समग्र सानेपा अझ भनुँ ललितपुरको सभ्यता र संस्कृति जान्न÷बुझ्न चाहने जोकोहीका निम्ति कोसेढुंगा सावित हुने समीक्षात्मक टिप्पणी पूर्व सहसचिव चीरञ्जीवि पौडेलले गर्नुभयो।

लोकसेवा आयोगका पूर्व सदस्य एवम् वरिष्ठ गीतकार श्रीपुरुष ढकालले प्रस्तुत पुस्तकले धार्मिक,पर्यटकीय दृष्टिकोणबाट समेत महत्वपूर्ण रहेको बताउँदै लेखकलाई शुभकामना दिनुभयो।

विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष हेमबहादुर कार्कीले संस्कार र संस्कृति हाम्रा अमूल्य निधि भएतापनि पछिल्लो समयमा समाज विस्तारै पाश्चय संस्कृतितर्फ ढल्किरहेको परिप्रेक्ष्यमा आउँदा पुस्तालाई हाम्रो धर्म,संस्कृति, देवदेवता र मठमन्दिरका बारेमा सिक्ने÷सिकाउनको लागि समेत पुस्तक उपयोगी हुने धारणा राख्नुभयो।

संस्कृति र संस्कारले आफूलाई सदैव लेख्न प्रेरित गरिरहेको प्रसङ्ग उल्लेख गर्दै लेखक तथा धार्मिक गुरु पं.मधुसुदन सुवेदीले १०० भन्दा बढी पुस्तकहरु आफूले लेखन तथा सम्पादन गरिसकेको बताउनुहुँदै “पर्यटकीयमय सानेपा” नामक पुस्तकले सानेपाको समग्र स्थितिलाई बुझ्न टेवा पुग्ने धारणा राख्नुभयो।उहाँले पुस्तकमा ललितपुर नगरपालिका वडा नं.१, २, ४ र १० भित्रका देवदेवी, मठमन्दिरका बारेमा सचित्र वर्णन गर्ने प्रयत्न गरेको समेत बताउनुभयो ।
कार्यक्रम पूर्वप्रशासक नानीकाजी विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हासपास गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विष्ट लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया