अनेसास उत्तर अमेरिका क्षेत्रीय समितिको विशेष बैठक सम्पन्न !

इनेप्लिज २०७९ वैशाख २० गते २२:१८ मा प्रकाशित

अनेसासले आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने अवधारणा अन्तर्गत अनेसास उत्तर अमेरिका क्षेत्रमा पर्ने च्याप्टरहरु मध्येका डेढ दर्जन च्याप्टरहरूसँग नियमित रूपमा हरेक महिनाको अन्तिम आईतवार गरिदै आएको च्याप्टर विशेष कार्यक्रम यस पटक विशेष बैठक द्वारा जानकारी आदान प्रदान सहित सम्पन्न गरेको छ।अप्रिल माहिनाको अन्तको उक्त अठ्ठारौ शृंखलामा समितिले च्याप्टर अध्यक्षहरूसँग अनेसास केन्द्रको गतिविधिहरु,अनेसास भवन खरिद सम्बन्धी जानकारी,आगामी बोस्टनमा हुन गैरहेको च्याप्टर सम्मेलनको जानकारी,सदस्यता अद्यावधि लगायतका कुराहरूको जानकारी गराइनुका साथै अनेसास उत्तर अमेरिका समितिले आजसम्म गर्दै आइरहेको कार्यशाला गोष्ठी तथा कार्यक्रमहरुको समीक्षा;

उक्त कार्यक्रमहरूमा वाचित रचनाहरुको संकलन तथा प्रकाशनको तयारी साथै हरेक च्याप्टरको क्रियाकलाप,अधिवेशन,भावि कार्यक्रम आदिका बारेमा अपडेट र च्याप्टरहरुको केन्द्रप्रति रहेका जिज्ञासाहरुलगायतका एजेण्डाहरुमा केन्द्रीत रहेको उक्त बैठकमा बृहत् छलफल भएको थियो।क्षेत्रीय तहमा निरन्तर कार्यक्रमद्वारा जोडिन पाएकोमा र जानकारीहरु पाएकोमा च्याप्टरहरुले एकातिर खुसी व्यक्त गरेका थिए भने अर्कोतिर केन्द्रबाट परिवर्तित नियमहरु, सदस्यता शुल्क वृद्धि, भवन खरिद सम्बन्धीको जानकारी आदिजस्ता शीर्षकहरुमा भएका निर्णयहरु,माइनुटिङगहरु आधिकारिक रूपमा नपाएको गुनासाहरु गरेका थिए ।

बैठकमा न्यूयोर्क च्याप्टर नवनिर्वाचित अध्यक्ष राजन महर्जन तथा पूर्व अध्यक्ष शकुन्तला ज्ञवाली; फ्लोरिडा च्याप्टर नव निर्वाचित अध्यक्ष डा.अमर कार्की तथा पूर्व अध्यक्ष दीप कार्की;शिकागो च्याप्टर पुन-निर्वाचित अध्यक्ष – ईश्वर बगाले;कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौला क्यानाड़ा च्याप्टर अध्यक्ष तारा उप्रेती;ऑस्टिन च्याप्टर अध्यक्ष धर्मानन्द गौतम;क्यान्सास च्याप्टर अध्यक्ष कमला न्यौपाने;लसएञ्जेलस च्याप्टरका नव निर्वाचित अध्यक्ष डनबहादुर कार्क़ी;ह्यूस्टन च्याप्टर उपाध्यक्ष सतीश त्रिपाठी;उत्तर क्यालिफोर्निया च्याप्टर नवनिर्वाचित अध्यक्ष गीता बजगाई,उत्तर क्यारोलाइना च्याप्टर अध्यक्ष नम्रता गुरागाईं आदिको उपस्थिति रहेको उक्त भेलामा अनेसास केन्द्रीय सदस्य निजानन्द मल्लले यस्तो कार्यक्रमको औचित्य र महत्तो बारे उजागर गरेका थिए भने अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले केन्द्रको गतिविधि,बोस्टन च्याप्टर सम्मेलन,भवन खरिद तथा सदस्यता अद्यावधिक सम्बन्धी जानकारी र अद्यावधिक समिति बनेको बारे च्याप्टरहरुलाई जानकारी गराएका थिए।कार्यक्रमको संचालन तथा संयोजन अनेसास केन्द्रीय उपाध्यक्ष तथा अनेसास उत्तर अमेरिका क्षेत्रीय संयोजक राजेन्द्र श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया