पल सँगै काम गरेको पल सम्झदै रबिन्द्र खड्का भावुक,सत्यको जित हुन्छ भन्दै पलको गरे प्रशंसा (भिडियो सहित)
कलाकार दुर्गेश थापाले बलात्कारको आरोपमा जेलजीवन बिताइरहेका अभिनेता पल शाहलाई भेटेका छन्।पललाई भेट्न दुर्गेश श्रीमती र छोरासहित आइतबार जिल्ला कारागार कार्यालय तनहुँ पुगेका थिए।
बागलुङ जानेक्रममा बाटो पर्ने भएर कारागार गएर दुर्गेशले पललाई भेटेका हुन्।भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट भावुक कुराकानी भएको स्रोतले जनाएको छ।गत सातामात्रै पीडित भनिएको पक्षले पलले बलात्कार नगरेको बरु अरुको उक्साहटमा पलविरुद्ध उजुरी हालेको बयान दिएका थिए।यसबाट पल निकै उत्साहित भएको दुर्गेशनिकट स्रोतले जनाएको छ।पलका समर्थकले दुर्गेशले उनलाई फसाएको आरोप लगाइरहेका छन्।यसबीचमा दुर्गेशले पललाई भेटेका हुन्।
दुर्गेशले आफू सपरिवार बाग्लुङ जाने क्रममा तनहुँ कारागारमा पललाई भेट्न गएको बताए । आफूले भेट्दा पल प्रफुल्लित र आत्मविश्वासी मुद्रामा देखिएको उनले जानकारी दिए।‘उहाँमा निराशापन केही पनि थिएन,जेलबाट चाँडै निस्किनेमा ढुक्क देखिएका थिए,’ दुर्गेशले भने।भेटका क्रममा दुर्गेशका छोराले पलको कानमा फुल सिउरिदिएका थिए।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया