बेलगोरोडमा रहेको रुसी सैन्य प्रतिष्ठानमा ठूलो आगलागी भएको छ । सामाजिक संजाल (सोशल मिडिया)अङ्कियदृश्य( भिडियो)ले युक्रेनी सिमानाबाट नजिकै रहेको रूसको बेलगोरोड नजिकैको घटनास्थलबाट आगो र कालो धुवाँको स्तम्भहरू देखिएको सिएनएनले समाचार प्रकाशित गरेको छ ।
अन्य अङ्कियदृश्य (भिडियो)हरुमा यस क्षेत्रका प्रहरीहरू र उदग्रबिमान (हेलिकप्टर)हरू शहरको माथि घुमिरहेको देखाएको छ ।
बेल्गोरोड क्षेत्रका गभर्नर व्यास्चेस्लाभ ग्लाडकोभले सामाजिक संजाल टेलिग्राममा रक्षा मन्त्रालयसँग सम्बन्धित एक सुविधामा आगलागी भएको बताए।
“तीन नगरपालिकाको सिमानाहरु बोरिसोभ , बेल्गोरोड जिल्लाहरू र याकोभलेभस्की शहरी जिल्लाहरुमा रूसी संघको रक्षा मन्त्रालयको एक सुविधाको क्षेत्रमा आगो लागेको थियो,” उनले लेखेका छन् ।
प्रतिक्रिया