नेपाल देश कहिले बनेको थियो भनेर गुगल गर्नुभयो भने २५ सेप्टेमेबर १७६८ भनेर देखाउछ, अमेरिका १७७६ जुलाई ४ ( नेपाल भन्दा आठ बर्ष पछि) र भारत त झन धेरै पछि १९४७ अगस्ट १५ (१७९ बर्ष पछि ) देखाउछ।हाम्रो देश नेपालको २५४ बर्षको लामो ईतिहास छ।नेपाल अमेरिका र भारत भन्दा धेरै धनी र बिकसित हुनु पर्ने हो तर बिडम्बना गुगलमा लिस्ट डेभलप्ड कन्ट्री ( कम बिकसित देश) हानेर हेर्नुभयो भने नेपालको नाम तेस्रो नम्बरमा देखाउछ।कसरी देश यस्तो स्थितिमा पुग्यो त? २५४ बर्षमा १०४ बर्ष राणाहरुले जाहानिया शासन गरे, बाँकी १५० बर्षमा राजा र आंशिक रुपमा पार्टीहरुले मिलेर राज गरे तर २०४६ पछि पुर्ण रुपमा राजनैतिक दलका पार्टीहरुले एकक्षत्र राज गरे। बिगत ३३ बर्षमा १५-१६ जनाले कोहि १ चोटी, कोहि २ चोटी त कोहि पाँचचोटी सम्म प्रधानमन्त्री भएर यो दैशमा शासन गरे ।३३ बर्षमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भन्दै बारम्बार शासन ब्यबस्थाको नाम फेर्दै देशलाई लुटिरहे। राणाहरुको जहानिया शासनको त के कुरा गरम र राणाहरुनै प्रधानमन्त्री भैरहे तर प्रजातन्त्र आए पछि क्षेत्री बाहुननै प्रधानमन्त्री भैरहे।देशको ताला चाबी र ढुकुटी यिनै क्षेत्रीबाहुनकै गोजीमा घुमिरह्यो। अपबादमा पंचायतकालका राजा बिरेन्द्रको प्रधानमन्त्री मरिचमान श्रेष्ठलाई नगन्ने हो भने २०४६ साल पछि प्रजातन्त्र आए पछि एउटा पनि गैर क्षेत्री बाहुन प्रधानमन्त्री हुन पाएको छैन।
अपबादमा पंचायतकालका राजा बिरेन्द्रको प्रधानमन्त्री मरिचमान श्रेष्ठलाई नगन्ने हो भने २०४६ साल पछि प्रजातन्त्र आए पछि एउटा पनि गैर क्षेत्री बाहुन प्रधानमन्त्री हुन पाएको छैन।
ल आउनुस एउटा तथ्यगत हिसाब किताब गरौ, के क्षेत्री बाहुनहरुको जनसंख्या धेरै भएर यस्तो भएको हो ? पक्कै पनि होईन, क्षेत्रीहरुको संख्या कुल जनसंख्याको १६.५९ प्रतिशत छ, बाहुनहरुको १२.१७ प्रतिशत छ। जम्मा २८-२९ प्रतिशत क्षत्रीबाहुनहरुले बाँकी ७१ प्रतिशत जनताहरुमाथी एकक्षत्र राज गरेका छन। के यो संयोग मात्रै हो त? तपाईलाई थाहा छ? मगरहरुको संख्या ७.१२ प्रतिशत, थारुहरु ६.५६ प्रतिशत,तमाङहरु ५.८१ प्रतिशत, नेवारहरु ४.९९ प्रतिशत ,कामीहरु ४.७५ , मधेशीहरु १२ प्रतिशत र मुस्लिमहरु ४.३९ प्रतिशत छ, यीनहरु मिले मात्रै पनि ४० प्रतिशत भन्दा बढी हुन्छन अझ अरु राई,गुरुङ,सार्की, दमाई लगायत अन्य जातिका ३० प्रतिशत छन , गैर क्षेत्रीबाहुनको संख्या ७० प्रतिशत छ तर पनि ३० प्रतिशत क्षेत्रीबाहुनले मात्रै एकक्षत्र राज गरेका छन।
मैले यहा जातिय कुरा गरेर सामाजिक सदभाब भड्काउन खोजेको होईन, मैले सबै बाहुन र क्षेत्रीहरु खराब भन्न खोजेको पनि होईन ,राम्रा पनि छन, ब्यक्तिगत रुपमा मेरो सबै भन्दा नजिकको साथीहरु, मलाई सपोर्ट र माया गर्ने साथीहरु क्षेत्रीबाहुन नै छन , मैले यहाँ केवल राजनितिक क्षेत्रका क्षेत्रीबाहुनको कुरा गरेको हो, जो सत्ताको पोलिसी मेकरमा पुगे, प्रधानमन्त्री भए उनीहरु क्षेत्री बाहुन समुदाय बाटै छन।त्यसैले पनि होला क्षेत्रीबाहुनले देशलुटे भनेर आरोप लाग्ने गरेको।बस्तबमा यो आरोप मात्रै हैन एक बास्तबिकता पनि हो।
जनजाति र दलितहरु अरुको तुलनामा बढी ईमान्दारी हुन्छ किनकी उनीहरुले सधै आफुलाई प्रमाणीत गरेर देखाउनु पर्ने ठुलो चुनौती हुन्छ।
माओबादीको लागी, प्रचन्डको लागी सबै भन्दा बढी जनजाति र दलितहरुले बलिदान दिए , ओली,माकुनेको र देउवाको लागी पनि उत्तिकै झन्डाबोकेर रात दिन नभनी खुन पसिना बगाएर खुब हिडे तर जब जितेर सत्ता भागभन्डा लाउने बेला आउछ तब जनजाती र दलितहरु पाखा लाईन्छ। यो एक चोटी होईन, दुईचोटी होईन नियत बस नै बारम्बार जनजाती र दलितहरुलाई पाखा लाईएको छ। संबिधानले समानुपातिक भन्ने गज्जबको धारा दिएको छ, यो धारा प्रयोग गरेर प्रत्यक्षमा धेरै सिट नल्याउदा पनी हरुवा,चरुवा छेरुवाहरु सत्तामा पुगेका छन।जनजाति र दलितहरुले प्रत्यक्षमा धेरै सिट ल्याउन नसके पनी , सामानुपातिकमा राम्रो सिट ल्याउन सक्छन, संबिधानसभामा दुई तिहाई वा चालिस पचास प्रतिसत मात्रै सिट ल्याउन सके पनि नेपालमा जनजाति र दलितहरुको काया पलट हुनेछ। तर जनजाति र दलितका नेताहरुको बिडम्बना यस्तो छ की क्षेत्री बाहुनहरुले मिल्काईदिएको हड्डीरुपी सांसद ,राज्य मन्त्री वा कम प्रभाबशाली मन्त्रालयहरुमै रमाएर बसेका छन र समस्त जनजाति र दलितहरुको सपना र उज्वल भबिष्यमा कुठाराघात गरेका छन, यीनहरु उनीहरुभन्दा झन ठुला अपराधी हुन।
काँग्रेसको महाधिवेशनमा उभिएर भएभरका पुर्ब प्रधानमन्त्रीहरु र नेताहरुको अगाडीनै नेताहरु सबै चोर हुन भनेर सबको औकात देखाईदिने साहसी नेता हुन राजेन्द्र लिङदेन। उनको बोली ब्यबहारले यस्तो आभाष हुन्छ की यो मान्छेले केही गर्छ। यहाँ फेरी भन्नुहोला यो राजेन्द्र लिङदेन त फालिसकेको राजा फिर्ता ल्याउछ, यति दुख गरेर ल्याएको गणतन्त्र सकिन्छ तर तपाईलाई थाहा छ? अहिले एकजना राजा ज्ञानेन्द्र हटाएर सयौ जना नवराजाहरु पालेका छौ। राजाको भत्ता र तलब कति थियो? अहिलेका नवराजाहरुको तलब, भत्ता, सुरक्षाखर्च,भ्रष्टचारको हिसाबकिताब लबस्तरो क्यालकुलेटरले निकाल्न सक्दैन।राजाको हाउगुजी सुनाएर देश र जनता लुटिरहेका छन। राजा त अहिले पनि छन, एकजना ज्ञानेन्द्र राजा हटाएर,प्रचन्ड,माकुने,केपी,झलनाथ,शेबदे,बिध्यादेबी,बाबुराम र तिनका भाईभारदारहरु सबै राजा नै सरह छन, संघियताका रजौटाहरुको चुरीफुरी र लुटको त झन कुरा गरी साध्य छैन।
राजा त अहिले पनि छन, एकजना ज्ञानेन्द्र राजा हटाएर,प्रचन्ड,माकुने,केपी,झलनाथ,शेबदे,बिध्यादेबी,बाबुराम र तिनका भाईभारदारहरु सबै राजा नै सरह छन, संघियताका रजौटाहरुको चुरीफुरी र लुटको त झन कुरा गरी साध्य छैन।
हामीले ३३ बर्ष सम्म यीनै पुराना नेताहरुलाई बारम्बार मौका दियौ, कसैलाई १ चोटी, कसैलाई २ चोटी, कसैलाई ५ चोटी सम्म, जति शासन र सत्ता फेरिए पनि देशको मुहार कहिल्यै फेरिएन। अरु त अरु देशमा १० बर्ष जनयुद्द गरेर हत्या र हिंसा लुटपाट र आतंक मच्चाएर आएको माओबादीलाई समेत हामीले बहुमत दिएर सत्ता सुम्पियौ तर माओबादीले पनि नमज्जा संग लोप्वा ख्वाईदियो। बिकासको मुल फुटायौ भनेर डंका पिटने राजनितिक पार्टीहरु अहिले एक्लै चुनाब लडन नसकेर हरेक क्षेत्रमा गठबन्धन गरेर चुनाबमा होमिदैछन। हामी कहिले सम्म बारम्बार एउटै चोरलाई सत्ता सुम्पने? कहिले सम्म? एउटा जनजातिको छोरा आएको छ देश बनाउछु भनेर, ३३ बर्ष सम्म अरुको झोला बोकेर हिड्यौ क्षेत्री बाहुनले देश डुबायो भन्यौ , आज ईतिहासले हामीलाई एउटा मौका दिएको छ, राजेन्द्र लिङदेनलाई जिताएर प्रधानमन्त्री बनाएर हेरौ न एकचोटी।
आज ईतिहासमा एउटा जनजातिको छोरा देश परिबर्तन गर्छु भनेर हिम्मत गरेर अघि सरेको छ।आज हामीलाई समयले आफ्नो भाग्य आफै लेख्ने एउटा सुनौलो ऐतिहासिक मौका दिएको छ। राप्रपाबाट लिम्बुको छोरा राजेन्द्र लिङदेन प्रधानमन्त्रीको दाबेदारको रुपमा आएका छन। काँग्रेस, माओबादी र एमालेमा लागेका जनजाति र दलितहरुले जति लुटिए पनि, जति थिचिए पनि, जति हेपिए पनि ३३ बर्ष देखी बारम्बार उही पार्टी र उही ब्यक्तिलाई दोहर्याई तेहर्याई भोट हालेका छन। तर यसपाली राजेन्द्र लिङदेनलाई एकचोटी भोटहालेर ईतिहास रच्न सेकनौ भनी जिन्दगीभर पछुताउनु पर्ने छ, सायद भबिस्यमा यस्तो मौका फेरी कहिल्यै आउने छैन र हामी सधै यसरी नै दोस्रो र तेस्रो दर्जाको नागरीक बनेर बाँच्नु पर्ने छ।
मगरहरुको संख्या ७.१२ प्रतिशत, थारुहरु ६.५६ प्रतिशत,तमाङहरु ५.८१ प्रतिशत, नेवारहरु ४.९९ प्रतिशत ,कामीहरु ४.७५ , मधेशीहरु १२ प्रतिशत र मुस्लिमहरु ४.३९ प्रतिशत छ, यीनहरु मिले मात्रै पनि ४० प्रतिशत भन्दा बढी हुन्छन
एकजना गैर क्षेत्रीबाहुन मरिचमान श्रेष्ठ देशभक्त निडर प्रधानमन्त्री थिए । १९८९ को नाका बन्दिमा भारत संग नझुकेर डटेर सामना गरेका थिए । अहिलेको जस्तो लमपसारबाद भैदिएको भए उनी पछिसम्म पनि पावरमै रहिरहन्थे। तर बिडम्बना उनलाई नै भिलेन बनाएर नेपाली जनता सामु पेश गरियो र उनले जीबनको अन्तिम घडी अपमानित तवरले बिताउनु पर्यो। एउटा जनजातिको छोरालकुलमान घिसिङ बिधुत प्राधिकरणको प्रमुख हुदैमा पनि कति ठुलो परिबर्तन र राहतको महशुस गरे जनताले। जनजाति र दलितहरु अरुको तुलनामा बढी ईमान्दारी हुन्छ किनकी उनीहरुले सधै आफुलाई प्रमाणीत गरेर देखाउनु पर्ने ठुलो चुनौती हुन्छ।
हामीले माओबादीका आजिबन अध्यक्ष प्रचन्ड, काँग्रेसका आजिवन अध्यक्ष शेरबहादुर, ओली, माकुने यीनै नेताहरुलाई हजुरबाको पाला देखी देख्दै आएका छौ, बारम्बार उनीहरुनै प्रधानमन्त्री भएका छन।उनीहरु पुर्ण रुपमा असफल भएका छन। त्यसैले एकचोटी राजेन्द्र लिङदेनलाई मौका दिएर हेरौ।यस्तो मौका सधै आउदैन, सधै क्षेत्री बाउनलाई सरापेर मात्रै देश बन्दैन। आफ्नो हातमा सत्ता परिबर्तन गर्ने अबसर हुदा उनै क्षेत्री बाहुनलाई सत्ता सुम्पने अनि फेरी तिनै क्षेत्रीबाहुनले देश डुबाए भनेर भन्ने सत्तोसराप गर्ने जनजाति र दलितहरुको म जिब्रो थुतिदिन्छु। खबरदार!
प्रतिक्रिया