फ्रान्सको राष्ट्रपति चुनावमा इमानुएल म्याक्रोन विजयी हुने :सर्वेक्षण

इनेप्लिज २०७९ वैशाख ११ गते २१:०० मा प्रकाशित

फ्रान्सको राष्ट्रपति चुनावमा इमानुएल म्याक्रोन विजयी हुने एक सर्वेक्षणले जनाएको समाचार सिएनएनले लेखेको छ ।

पोलस्टर प्रोजेक्ट नामक सर्वेक्षणका अनुसार आइतवारको दोस्रो मतदानमा दक्षिणपन्थी उम्मेदवार रहेकी महिला उम्मेदवार मारिन ले पेनले नजित्ने सर्वेक्षण गरेको छ ।

फ्रान्स टेलिभिजन(दूरदर्शन) र  रेडियोका लागि आयोजित सर्वेक्षण अनुसार पोलस्टर इप्सोस र सोप्रा स्टेरियाद्वारा गरिएको मतदान तथ्यांकको विश्लेषण अनुसार म्याक्रोनले ५८.८ मत प्राप्त गर्ने लिने अनुमान गरिएको छ ।

जसले उनलाई २० वर्षमा पुन: निर्वाचित हुने पहिलो फ्रान्सेली नेता बनाउने छ । यद्यपि, स्थानीय समय अनुसार दिउँसो सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार मतदाताको संख्या २००२ पछिको राष्ट्रपति पदको दोस्रो चरणको लागि सबैभन्दा कम भएको मतदान भएको छ ।

इप्सोस र सोप्रा स्टेरियाले दोस्रो चरणको मतदानको लागि २८.२% को बहिर्गमन (मतदान नर्गने )दर प्रक्षेपण गरेको छ, जुन २००२ पछिको उच्च हो।

फ्रान्सेली मतदान सर्वेक्षकहरूले सामान्यतया ८ बजे राती अनुमानहरू जारी गर्छन्। उनीहरुले स्थानीय समय अनुसार प्रमुख शहरहरूमा मतदान बन्द हुँदा र फ्रान्सेली गृह मन्त्रालयले आधिकारिक नतिजा जारी गर्नुभन्दा केही घण्टा अघि सर्वेक्षण गर्ने सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

यी अनुमानहरू बेलुका ७ बजे बन्द हुने मतदान केन्द्रहरूको तथ्यांकमा आधारित छन्। देशको बाँकी भागहरूमा, सामान्यतया उम्मेद्वारहरू र फ्रान्सेली संचार माध्यमले विजेता घोषणा गर्न प्रयोग गर्छन्।

प्रतिक्रिया