निर्ह्यतामा दुई यूवा महामन्त्रीहरु !

दीपक पन्त २०७९ वैशाख ८ गते १०:४९ मा प्रकाशित

नेपाली कांग्रेसको गत डिसेम्बर महिनामा सम्पन्न भएको १४ औं राष्ट्रीय महाधिबेशनबाट दुइ यूवा नेता गगन कुमार थापा र बिश्वप्रकाशशर्मा महामन्त्री पदमा खुल्ला प्रतिस्पर्धाबाट बिजयी भएका थिए ।

काँग्रेसले बीपीको मुल्य / सिद्दान्तबाट बिचलित भइरहेको जन आवाज गुञ्जिरहेको अबस्थामा यी दुइ युवाहरू पार्टीको शक्तिशाली नेतृत्वमा पुग्दै गर्दा ने.का.मा आस्थावान सबै पार्टी कार्यकर्ताहरुलाई अब काँग्रेसको कार्यशैलीमा सुधारआउँछ भन्ने लागेको थियो ।

नेपाली कांग्रेसले लिएको ”गठबन्धन नीति” मा यी यूवाहरुको भूमिका निरीह देखियो 

महाधिबेशनको सर्मागर्मी सकिए लगत्तै हुन लागेको आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले लिएको ”गठबन्धननीति” मा यी यूवाहरुको भूमिका निरीह देखियो । यसले आम काँग्रेसी यूवा कार्यकर्ताहरुलाई निरासा तिर धकेली रहेको छ ।

धेरै जसो जिल्ला स्तरमा पार्टी पक्तिमा आफ्नै उमेर / समकक्षीहरू खुल्ला प्रतिष्पर्धामा कांग्रेसको उम्मेदवार बन्ने आकांक्षा राख्दै गर्दा, पार्टी मूल नेतृत्व “गठ बन्धनको बुटी” सुघाएर चुप लाग्न निर्देश गरेको छ ।

यसै परिपेक्ष्यमा चितवन काँग्रेस फेरि एक चोटी गठबन्धन सरकारको “बलीको बोको” बन्ने निश्चित प्राय: छ ।पोखरामा पनि यो सरुवा रोगले संक्रमण गर्न सक्ने प्रबल सम्भाबना रहेको छ ।

महामन्त्री द्वय गगन र बिश्वप्रकाशलाई भेट्दै गरेका चितवन काँग्रेस सभापति राजेश्वर खनाल यस पटकको निर्वाचनमा ने.का.का कार्यकर्ताले आफ्नै चुनाब चिन्ह रुखमा भोट हाल्न पाउने कुरामा आशाबादी थिए ।

स्थानीय जिल्लाका आफ्ना नेता / कार्यकर्ताको साथ र निर्णय लिएर पार्टीको नेतृत्व सभापति देउवा साथ साथै आफ्नै समकक्षी यूवा महामन्त्री द्वय गगन र बिश्वप्रकाश लाइ भेट्दै गरेका चितवन काँग्रेस सभापति राजेश्वर खनाल यसपटकको निर्वाचनमा ने.का.का कार्यकर्ताले आफ्नै चुनाब चिन्ह रुखमा भोट हाल्न पाउने कुरामा आशाबादी थिए । तर उच्च नेतृत्व सभापति देउवाको बिशेष विरासतमा यूवा महामन्त्री द्वयका आवाजहरु अर्थहिन भए । त्यसो त सभापतिको खुल्ला प्रतिस्पर्धामा ४० % मत प्राप्त गरेको डा. शेखर कोइरालाको आवाज त झन् पार्टी नेतृत्वले नगन्ने रुपले लिएको स्पष्ट देखिन्छ ।

लामो समय देखी देउवा इतर समुहको नेताको रुपमा स्थापित भएका काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले गत अधिबेशनमा आफ्नो नाममा एकल सहमति नभए पछि मौनताको ब्रत बसेको दृष्य देखाए । तर देउवाले सभापतिमा पुन:बिजयी यात्राको बाजी मारे पछि उनी फेरि सभापति देउवाकै सारथि पिलरका रुपमा देखिएका छन् ।

त्यसो त पौडेलकै गृह जिल्ला तनहुँमा देखिएको कांग्रेसको खिचातानीमा पनि पौडेलले समायोजनको बाटो अपनाउन पटक्कै रूची देखाएनन् । आफ्नै समकक्षी नेता गोविन्दराज जोशीको कारबाही मै आफ्नो राजनैतिक भबिश्य देखे ।जुन कुरा तनहुँका आम काँग्रेसी कार्यकताको लागि पचाउन सक्ने कुरा नै होइन ।

यूवा कांग्रेसी नेता दिपकराज जोशीले ब्यास नगरको मेयर पदमा आकाँक्षा राख्दै गर्दा उनकै पिताजी गोविन्दराजजोशी देखि तनहुँका आम जोशी समर्थक कार्यकर्ताको एकल समायोजन गर्न सकिने मोडल माथि नेता पौडेलकोभूमिका शुन्य रह्यो ।

तनहुँका यूवा कांग्रेसी नेता दिपकराज जोशीले ब्यास नगरको मेयर पदमा आकाँक्षा राख्दै गर्दा उनकै पिताजी गोविन्दराज जोशी देखि तनहुँका आम जोशी समर्थक कार्यकर्ताको एकल समायोजन गर्न सकिने मोडल माथि नेतापौडेलको भूमिका शुन्य रह्यो । यसरी बिगत निर्वाचन देखि कांग्रेसको बर्बच्च रहेको तनहुँ जिल्लामा गठबन्धनसंस्कृतिले पर्न गएको कोभाजनमा पनि युवा महामंत्री द्वयबाट पनि कुनै प्रतिकात्मक आवाज उठेको देखिदैन् ।

काँग्रेस जिल्ला कमिटीले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी माथि कारबाही फुकुवाको लागि गरिएको पत्राचारका सम्बन्धमा पनि निर्वाचनको पुर्वसन्ध्या सम्म आइ पुग्दा समेत युवा महामन्त्री द्वयको मौनता कायमै देखिन्छ ।

तनहुँ काँग्रेसमा जोशी -पौडेलको मिलन बिन्दुमा “सेतु” बन्न सक्ने यूवा नेता दिपकराज जोशीको उम्मेदवारी प्रतियूवा नेतृत्व नै किन मौन बसे त ?

यसरी केन्द्रीय नेतृत्व र स्थानीय काँग्रेस कार्यकर्ता बीच समन्वयनकारी भूमिका नहुँदा तनहुँमा जोशी काँग्रेस समुहलेएमाले सँग तालमेल गर्ने निर्णय गरेको छ । यसको असली जिम्मेबारी को हुने ? पार्टी सभापति देउवा वा जिल्ला नेतापौडेल वा जोशी ? के जोशी समुहमा रहेका आम कार्यकर्तालाई कांग्रेस कार्यकर्ता हैनन् भन्ने नैतिक हैसियत नेतृत्व सँगछ ? उनीहरुको भावनालाई नेतृत्वले कदर गर्नु पर्दैन् ? २०४६ साल पश्चात भएका हरेक निर्वाचनमा स्थानीय होस् वा संसदीय । आफूहरुले ज्यान हत्केलामा पार्टीको सिपाही भएर लडेका यावत् ति कार्यकर्ताहरुको चाहनालाई नेतृत्वलेआखाँ चिम्लिन मिल्छ र ? गठबन्धन आज देशको वास्तविक आबस्यकता हो कि ? केही शिर्ष भनिएका नेतागणको लाज ढाक्ने रुमालको लागि मात्र हो ? यस बिषयमा इतिहाँसले एक दिन पक्कै मुल्यांकन गर्नेछ ।?

अन्तरबार्ता काँग्रेस महामन्त्री गगनको गर्जनको हुँकार पार्टी नेतृत्वको छायाँमा परेर स्खलित भएको स्पष्ट देखिन्थ्यो।

तनहुँ काँग्रेसमा जोशी -पौडेलको मिलन बिन्दुमा “सेतु” बन्न सक्ने यूवा नेता दिपकराज जोशीको उम्मेदवारी प्रति यूवा नेतृत्व नै किन मौन बसे त ?

त्यसो त गत हप्ता ग्यलक्सि फोर के टेलिभिजनमा निमेष बन्जाडेले चलाएको “जिबेट” कार्यक्रममा गभर्नर महाप्रसादअधिकारी माथी गरिएको निलम्बनका बिषयमा कार्यक्रम प्रस्तोता बन्जाडेको प्रश्न माथि गगनको निर्यता टिट लाग्दोथियो ।

प्रश्नका ठेली लिएर बसेका निमेषले अपेक्षाकृत जवाफ नपाए पछि आधि प्रश्नमानै बिट मार्दै मुख्य बिषयलाई विषयान्तर गरेका थिए । अन्तरबार्ता काँग्रेस माहामन्त्री गगनको गर्जनको हुँकार पार्टी नेतृत्वको छायाँमा परेर स्खलित भएको स्पष्ट देखिन्थ्यो ।

सोही निरीहता चितवन काँग्रेस सभापति राजेश्वर खनालको दाबी माथि भएको छ ।

गठबन्धनको बुटी सुघाउने नेतृत्वलाई यूवा महामन्त्रीहरूले गठबन्धन संस्कृतिको शुरुआत आफ्नै निर्वाचन क्षेत्रबाट गर्न चुनौती दिनु पर्ने आम कांग्रेसी शुभ चिन्तकहरुको माग रहेको देखिन्छ । । यसको शुरुआत पार्टी शिर्ष नेतृत्वहरूको गृह जिल्लाबाट किन नगर्ने ? के शिर्ष नेतृत्वको राजनैतिक जीवन गठबन्धनको नाममा तिलान्जली दिनतयार छन् त ? हैन् भने कम्युनिष्ट फुटेको अबस्था,संसद बिघटनको असफल प्रयासको कालो दाग लागेको प्रमुख प्रतिपक्ष एमालेको अवस्था । अनि आफ्नै नेतृत्वको सरकार जस्ता लाभको सुविधामा पनि काँग्रेस नेतृत्व खुल्ला रुपमा निर्वाचनमा जान किन खुट्टा कपाई रहेको छ ?

प्रतिगमनको मतियारको कालो छाँया के.पी.ओलीमा देखेका गठबन्धनको नेता हरुलाई आम जनताको प्रश्न छ ? बहुदलीय अभ्यासमानै हिडिरहेको एमाले र त्यसको नेतृत्व के.पी. ओलीले खोस्न सक्ने ”संघीय गणतन्त्रको जग” साच्चै नै त्यति कमजोर छ त ?

निरंकुशताको चरम प्रतिकुल अबस्थामा पनि राणा /राजा/पंचायत जस्तो कठोर ब्यबस्थामा पनि प्रत्यक्ष लडेर प्रजातन्त्रको रथ हाक्ने कांग्रेस आज झापाली लुरे बाहुन के.पी ओली सँग प्रतिगमनको भूत देखिरहेको छ ।

प्रतिगमनको मतियारको कालो छाँया के.पी.ओलीमा देखेका गठबन्धनको नेताहरुलाई आम जनताको प्रश्न छ ? बहुदलीय अभ्यासमा नै हिडिरहेको एमाले र त्यसको नेतृत्व के.पी. ओलीले खोस्न सक्ने ”संघीय गणतन्त्रको जग” साच्चै नै त्यति कमजोर छ त ?

कि प्रतिगमनको कथित नारा दिएर आफ्नै रोजीरोटी मात्र सेक्न लालायित छन् ? आम नेपाली जनताले निहाली रहेकाछन् ।

बहुदलीय प्रजातन्त्रमा बिस्वास गर्ने जो कोहीले किन्तु / परन्तुको नाममा जनताको खुल्ला भोट गर्ने नैसर्गिक अधिकारलाई पार्टी निर्णयको बन्दी बनाउनु किमार्थ लोकतन्त्रको हितमा हुँदैन । त्यसैले खुल्ला प्रतिस्पर्धाले नै जनताको जनमतको उचित सम्मान गर्न सकिने र लोकतन्त्र / दलीय व्यवस्थालाई ब्यबस्थित गर्न सकिने कुरालाई नकार्न सकिदैन् ।

दीपक पन्त

मिल्वाकी ,अमेरिका

प्रतिक्रिया