धनिलाल

रमेश ढकाल भद्रपुर, झापा (हालः दोहा,कतार) २०७९ वैशाख २ गते ९:५१ मा प्रकाशित

 

धनिलाल एउटा अत्यन्तै सिपालु सिकर्मी थिए।उनी एउटा निर्माण व्यवसायी (ठेकेदार) का लागि काम गर्ने गर्थे।धनिलाल उक्त ठकेदार संग लगातार रुपमा काम गर्न थालेको झन्डै २५ बर्ष पुरा हुन लागेको हुन्छ।उनी अत्यन्तै मेहनत र लगनका साथ काम गर्ने गर्थे।उनको कामको गुणस्तर पनि अत्यन्तै उच्च प्रकारको रहने गर्दथियो।त्यसैले होला उनी ठेकेदारका अत्यन्तै प्रिय र विश्वास पात्र कामदार थिए।

एक दिन बिहान धनिलाल आफ्नो ठेकेदारकोमा पुग्छन् र भन्छन् तपाईंको म प्रतिको स्नेह,विश्वास संगसंगै मलाई महिनै पिच्छे प्राप्त हुने गरेको मेरो मासिक पारिश्रमिक यी सबै कुराहरु म अवश्य पनि मिस गर्नेछु तर मैले अब मेरो नोकरी बाट रिटायर हुने निर्णय गरेको छु।हजुरको कृपाले आज सम्म मैले जे जती कमाए, बचत गरे, जुन म र मेरो परिवारका लागि बाँकीको जीवन जिउन पर्याप्त हुन्छ । आज सम्म हजुरका लागि सेवा गर्ने जुन अवसर दिनु भयो त्यसका लागि हजुरलाई धेरै धेरै धन्यवाद।तर अब भने मलाई कृपाया विदा दिनुस्।

आफुले अत्यन्तै स्नेह र विश्वास गर्ने आफ्नो कामदारको त्यस्तो कुरा सुनेर ती ठेकेदार अत्यन्तै दुखी हुन्छन्।र भन्छन् ठिकै छ,तिमीले यस्तो निर्णयनै गरिसकेको हौ भने म तिमीलाई जवर्जस्ती रोक्दिन तर सम्भव हुन्छ भने मेरो लागि एउटा अन्तिम एहसान गर।त्यो के भने मेरा लागि तिमीले यतिका घरहरु बनायो,अब एउटा अन्तिम घर बनाइ देउ।त्यस पछि भने तिमी पूर्ण रुपमा रिटायर लिएर बस्नु ।म तिमीलाई कुनै जोर जवर्जस्ती वा तिमी प्रति कुनै गुनासो गर्ने छुइन । ठेकेदारको प्रस्ताव धनिलाले नकार्न सक्दैनन् र उनका लागि एउटा अन्तिम घर बनाईदिन सहमत हुन्छन्।

ठेकेदारको प्रस्तव अनुसार धनिलाल त्यसै दिन बाट नयाँ घरको काम गर्न सुरु गर्छन्।तर यो पटक भने उनी पहिला जस्तो मेहनत र लगनका साथ आफ्नो काम गर्न सकिराखेको हुँदैनन्।उनको मन पहिलाको जस्तो गरेर काममा लागिराखेको थिएन।यो पटक उनको कामको गुणस्तर पनि पहिलाको जस्तो राम्रो भएको हुँदैन ।तर पनि जसो तसो उनले त्यो घर भने बनाई सक्छन् र ठेकेदारलाई निर्माण भएको नयाँ घर निरीक्षण गर्न आउनका लागि खबर गर्छन्।

घर बनिसकेको खबर प्राप्त भए संगै ठेकेदार नयाँ घर हेर्न भनेर आउछन्।नयाँ घरको सबै कुरा निरिक्षण गरिसकेपछि, ठेकेदारले धनिलाललाई एक पटक अँगालो हाल्छन् र अन्त्यमा हातमिलाउदै उक्त नयाँ घरको चाबी धनिलाललाई दिदै भन्छन् –धनिलाल तिमीले मेरालागी यतिका वर्ष जुन लगन र मेनतका साथ प्रतिबद्ध भएर काम गरौँ त्यसको बद्लामा म यो नयाँ घर तिमीलाई उपहार स्वरुप दिन चाहन्छु । आज बाट यो नयाँ घर तिम्रो भयो।

ठेकेदारको व्यवहारले धनिलाल स्तब्ध हुन्छन्।उनले बनाउदै गरेको घर, जुन घर आफ्नै लागि हो र त्यो घरमा भोली गएर म आँफै बस्ने छु भन्ने कुराको ज्ञान उनलाई पहिलानै भैदिएको भए सायद धनिलालले त्यो घर पहिला उनले बनाएका अन्य घरहरु भन्दा अझ धेरै मेहनत र लगनका साथ बनाउने थिए।

आफुले सुरुमानै बुद्धिमतापुर्वक सोच्न नसकेकोमा,सही दृष्टिकोण राख्न नसकेकोमा तथा गर्नु पर्ने प्रयास,लगन,मेहनत नगरेकोमा धनिलाललाई निक्कै पश्चाताप हुन्छ । धनिलालले जस्तै गरेर हामीले पनि दिनदिनै जुन घर बनाइरहेका हुन्छौँ,पछि गएर त्यही घरमा बस्नु पर्छ भन्ने कुराको हेक्का भने अक्सर गरेर हामी धेरैले राखेको हुँदैनौँ।

त्यसैले, भोलीका दिनमा धनिलालले जस्तो पश्चाताप हामीले हाम्रो जीवनमा कहिल्यै गर्नु नपरोस्।यसका लागि आज जे निर्माण गरिरहेका छौँ,भोलि हामीले त्यसैमा बस्नु पर्ने हुन्छ भन्ने कुराको हेक्का हामी सबैलाई समयमै हुन आवश्यक हुन्छ।
(कथाको स्रोतः आध्यात्मिक प्रवचन)

रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)

[email protected]

प्रतिक्रिया