बलिउड गायिका सोनू कक्कडको स्वरमा रहेको ‘शनिवारको दिन’ सार्वजनिक

इनेप्लिज २०७९ वैशाख १ गते ११:१५ मा प्रकाशित

 

काठमाण्डौं ÷लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत ‘नयाँ बर्षको ’ को छेको पारेर सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ ।

प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री,प्रदिप लाम ,सन्तोषी कार्की र मनिष श्रेष्ठले अभिनय गरेका छन्।गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्यमले निर्देशन गरेका हुन्।

भारतिय गायिका साथै नेपाली दर्शको माग बमोजिमको गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा आफु विस्वस्त रहेको गायक मनिष श्रेष्ठले बताए।नयाँ विशेष बनाउन सक्ने किसिमको गीत भएको बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए।

बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको छ । भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की,रोशनी तामाङ्ग,सानू कार्की, गणेश पराजुली ,राम कडेल र मनिष श्रेष्ठ को पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन ।

‘शनिवारको दिन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया