आजको नेपाली संचारजगतमा चर्चित खबरले विश्वभरिका मानिसहरुलाई चकित बनाएका छन,त्यो हो भारतीय राजदूत बिनयमहोन क्वाक्त्रले आफनो विधाई तथा भारत सरकारको परराष्ट्र् सचिब पदमा पदोन्नति भएको खुसियालिको उपलक्ष्यमा आयोजित स्वागत समारोहमा हाम्रा देशका बर्तमान प्रधान मन्त्री लगायत मन्त्रीपरिषद नै लैनचौर स्थित भारतीय राजदूतामा उपस्थित भएको तस्बिर तथा समाचार विश्वभरका पर्यवेक्षहरु चकित परेको छन।सारा जगतलाई थाह छ, भारतका प्रधान मन्त्री भन्दा बलियो त्याँहाका नोकरशाही छन भनेर।
प्रधान मन्त्रज्यूले बरु त्यँहा जानको सट्टा आफनै निवासमा नयाँबर्षको उपलक्ष्यमा एउटा चिया पानको व्यवस्था गरेर बिधाई गरेको भए राम्रो हुने थियो।हो सानुले हेपाई सहनु पर्छ तर अन्तरास्ट्रिय कानून अनुसार नेपाल भारत भन्दा जेठो राष्ट्र् र सार्वभौमसता सम्पन्न राष्ट्र्का नाताले राजदूतको आफनो मन्त्रीपरिषदलाई नै लिएर जानु भनेको सगरमाथाको शिर निहुराउनु जस्तै हो किन भने पंक्तिकारले ३८ बर्ष नेपाली राजदूतावासमा कमराले झै सेवा गरेको अनुभव बटुलेका छन,।
तलाई बोलाउन सकिन्थ्यो।तर नेपालको दुर्भाग्य २०४७ सालपछि बनेका सरकारले कहिले पनि देशको मानमर्यादाको ख्याल राखेनन।आखिर किन राजालाई धपाउने काम र आफनो पार्टिलाई माथिको भर्याँङ चढाएर घुम्ने मेचमाथि उनैले राखेको अनुगृह तबनेको व्यहोरा पर्यवेक्षकहरुले टुलु टुलु हेरि राखेका छन।त्यसैले यो पंक्ति कारले ठोकेरै लेखि सकेका छन् “ नेपालको आयू पन्ध्रबर्ष भन्दा बढि छैन”।
आफूू हालै भारतको भ्रमणमा जाँदा एउटा साधारण मन्त्री गए झै गरेर फर्किने तर त्यहि देशका राजदूतको भोजमा आफू लगायत मन्त्रीपरिषदनै बोकेर जाने ? मलाई भारत प्रति धेरै आस्था र सम्मान एउटा ठूलो देशका परराष्ट्र् मन्त्रालयमा शाखा अधिकृतको जागिरबाट सेवा सुरु गरेर तिस बर्षमा त्यो देशको परराष्ट्र् सचिब जस्तो गरिमय पदमा पदउन्नति हुदा सरकारी जागिरमा लाग्नेहरुका लागि एउटा हौसलाको समाचार अवश्य हो।
त्यस्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्कवात्रा आफनो राजदूतको अवधि सकिने समयमा भारतको परराष्ट्र् सचिबमा बडुवा हुनु भएकामा यो पंक्तिकारको पनि कार्यफलताको लागि हार्दिक बधाई तथा शुभ कामना छ।भारत नेपालको सम्बन्ध भनेको गहिरो सम्बन्ध छ,ति हुन धर्मसस्कृती,परम्ंपरा,भाषा कला नृत्य सद्भावले बनेको सम्बन्ध हो।जस्तै क्षिमेकीको घरमा सत्यनारायणको पूजा लगाए,नैवेद्य खाना निम्तो चाहिदैन भने जस्तै छन।
तर नेपाली उखान जस्तै रोटि दूइ तिर पाक्नु पर्छकि एकतिर मात्रै पाके हुन्छ ? एउटा दासी कमाराले आफनो मालिकलाई खुसी पार्न आफनो धर्मपत्नीलाई स्वइच्छ।ले सुम्पिदैन त्यस्तै एउटा देशको सरकार प्रमुखले एउटा राजदूतले आफनो विधाई स्वागत समारोहमा बोलाँउदा कोहि पनि जादैनन् बरु उनलाई खुसी पारेर पठाउन नेपाली नयाँ बर्षको उपलक्ष्यमा एउटा चियापानको व्यवस्था गरेर जानलागेका राजदछ,तर हाम्रा देशका राजनेताहरु प्रति घृणा छ कारण देशको ईज्जत राख्ने इनिहरुले जानेन।
The Italian Renaissance के हो त कूटनीति भनेको ?आधुनिक कूटनीतिक प्रणालीको उदय इटालियन पुनजागरण १३०० बाट उत्पादन भएको थियो भन्ने ईतिहासको पानाबाट पढन पाइन्छ।त्यहि बेलादेखि राजदूतहरुको प्रयोग राजनीतिक रणनीतिबाट बन्यो।तर हाम्रो देशले यता केहि बर्ष यता राजदूतहरुको छनोट परराष्ट्र् माम्लामा दक्षताको भन्दा पनि पैसा र आफनो खेल भयो यो राष्ट्र्ले ठूलो मूल्य तिर्न पर्ने छ।न्यूयोर्कमा शरणार्थी भएर मसल्जी काम गरेका व्यक्तिलाई माओवादीको सरकारले अस्ट्रेलियाको राजदूत बनाएर पठाएर पठाएको यहि आँखाले देख्नु परेको आफनै आँखा प्रति बिस्वास लाग्न छोड्यो।
हालैको समाचार माध्यमले लेखेका छन बाल्टिमोरमा परस्त्रिसंग लिभिङ टुगेदर, पोलिटिकल शरणार्थिको दरखास्त स्वत खारेज भएपछि अमेरिकाबाट देश निकाला गरेको व्यक्ति पनि राजदूत,न्यूयोर्कमा हुँदा धेरै कन्याहरुलाई यौना हिंसा गरेका व्यक्ति पनि दुइपटक राजदूत,कहि कतैबाट अबैधनिक धन पुरयाएर तत्कालिन “ Riks Bank बैंकले गर्धन समातेको व्यक्तिलाई पनि राजदूत बनाए तर यस्ता व्यक्तिहरुले देशका लागि के गर्लान भनेर हामीहरुले आशा राख्ने ? एउटा कूशल राजदूतहरुले के गर्न सकिदैन देशका लागि।यो भन्दा पहिले राजदूतमा नाम निस्केका व्यक्तिहरुको यो पंक्तिकार सम्मान गर्दछ,जस्तै शंकर शर्मा,ज्ञानचन्द्र आचार्य,प्रोफेसर श्रीधरखत्रीहरु उहाँहरुको योग्यता पनि छ आफनो ठाँउमा सम्मान पनि छ त्यस्ता व्यक्तिहरुको राजदूतपदमा देशले आशा राख्दछ।
एउटा सार्वभौमसता सम्पन्न राष्ट्र्ले अर्को सार्वभौमसता सम्पन्न देशका लागि राष्ट्र्प्रमुखले प्रतिनिधि बनाएर पठाउने ब्यक्तिले जस्लाई राजदूत भन्ने चलन छ, ले ,Ambassador Extraordinary Plenipoentiary अथवा सर्वशक्ति अधिकार सम्पन्न जस्ले युद्ध घोसणा गर्न सक्छ, आफनो देशको हितका लागि आफनो ओहताका प्रमण पेश गरेको राष्ट्रको उच्च तहको परराष्ट्र् मन्त्रीहरुसंग सहकार्य गरेर आफनो देशका लागि बन्दव्यापार बढाउने, शैक्षि क्षेत्रमा प्रबद्र्यन गर्ने बेलामौकामा आफनो Ambassador Extraordinary Plenipoentiary का उपल्लो तहका व्यक्तिहरुलाई बोलाएर seatdown dinner आयोजना गरेर आफनो देशका लागि लविङ गर्ने काम गर्ने हरेका महिनामा एक पटक आफनो देशमा राजनैतिक रिपोर्ट बनाएर कूटनैतिक थैलीद्वारा डाँक पठाउने । तर प्रशासनिक र अन्यकामको लागि आफनो कर्मचारीहरुलाई खटाउने र बेलाखबत स्टाफ मिटिङ गरेर मूल्याङकन गर्ने । यस्ता बातावरण देशले गुमाई सकेका छन ।
शिष्टचार महापालको काम
नियमलाई कार्यान्वयन गर्न निर्देसिकाको आवश्यकता पर्छ देशका सरकार प्रमुख देखि तल्लो तहका अधिकृतहरुलाई तह लगाउन बनेको छ प्रोटोकल सिद्धान्त अथवा शिष्टचार महापालको नियम पहिले पहिले राजाको पालामा, परराष्ट्र मन्त्री सचिब तथा शिष्टचार महापाल बसेर छलफल पछि मात्रै दरबारमा पेश हुन्थ्यो रे।शिष्टचार महापालको काम सम्बन्धित देशमा राजाको भ्रमण छ भने त्याँहाका शिष्टचारमहापालको उत्तर पर्खाइ पछि जब सबै प्रकारका विवरण आएपछि मात्रै भ्रमण तयार हुन्थ्यो रे भनेर तत्कालिन शिष्टचार महापाल स्वर्गीय शिशेस्वर प्रसाद रिमालजी भन्नु हुन्थ्यो ।
चिफ अफ प्रोटोलको निर्देसीकालाई दरबारले ध्यान दिएर पालान गर्थियो रे । तर अब त अति विशिष्ट कक्ष्यमा हवाई जाहज बाट लाइफ प्रचार गर्न थाले सायद होला “ बिनाषकारे बिपरित बुद्धी”।अन्तरस्ट्रिय राजनीतिमा प्रोटोकल भनेको देश वा राज्यको कूटनीति मर्यादा राख्ने सेतु हो।प्रोटोकल त्यस्तो बिधा हो जस्ले बिशेष गरेर कूटनीतिक क्षेत्रमा आफनो गतिविधिहरु कसरी प्रदर्शन गर्नुपर्छ भनेर बर्णन गर्दछ । कूटनीतक सेवा भनेको बाहिरा देशमा जाने आफनी श्रीमतीलाई काम लगाउने, पैसा कमाउने मात्रै होइन । यो सेवा भनेको देशको ऐना हो, बाहिराका देशमा कसरी सभ्यतवरले आफनो देशको इज्जत राख्ने र विदेशमा आफनो देशको महत्व बढाउने हो ।
साधारण व्यक्तिदेखि उपल्लो तहका मानिसहरुलाई थाह भै सक्यो कि प्रोटोकल अन्तरराष्ट्र्यि क्षेत्रमा आफनो स्तर अनुसार सम्बन्ध बढाउने, पहिले पहिले सहचारी देखि उपनियोग पमुखले बर्षमा दुईपटकआ आफनो समकक्षीहरुलाई बोलाएर रात्रीभोजको आयोजना गर्थे सो को साक्षी यो पंक्तिकार नै छ । अहिले त सहसचिब तहका उप नियोग प्रमुखले आफनो समकक्षीहरुलाई बोलाए स्वागत सत्कर गरेको २०४७ पछि देखेको छैन । सरकारी गापिडले श्रीमतीलाई काममा ल्याउने पुर्याउने, त्यो भन्दा बढि केहि गतिबिधि छैन । अब कसरी देकश नाम राख्ने त ।
कुनै बेला अमेरिकाको लागि तत्कालिन राजदूतसंंग टेनिस खेल्न समय माग्थ्यो यहाँका विश्वबैकका प्रेसिडेन्टले, कार्टरका पालाका राष्ट्रिय सूरक्ष परिषदका मानिसले । हेनरी किसिन्जर तथा काटर जस्ता व्यक्तिलाई डिनरको आयोजना गरेर, त्यो समयमा न कम्प्यूटर थियो न फ्यक्स मिशिन नै तर एक दिनमा ५३५ बटापत्रहरु लेखेर काँग्रेस र सिनेटरहरुको कार्यालयमा पूर्याउने काम हुन्थियो।
अहिले त राम्रा गाडि चढने मोज गर्ने तर देशमा धमिरा लागेका पत्तै छैन। मलाई यो बुद्धले भनेको मन्त्र सम्झना आउँछ “ सत्यमेव जायते” निरास होइन आशावादी बनौ अब आउने दिनहरुमा हाम्रो देश नेपाल पनि पहिलेको जस्तै अन्तरराष्ट्रिय जगतमा सम्मानित होला भन्ने आशामा छु ।
डिगबहादुर तामाङ्ग, मेरिल्याण्ड,अमेरिका
प्रतिक्रिया