अनेसास स्पेनमा नयाँ कार्यसमिति गठन

इनेप्लिज २०७८ चैत ३० गते २१:४० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले ओमर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा भक्त पौडेल ” आफन्त” र गंगादेवी शर्मा चयन भएका छन भने सचिवमा बिहान तिमल्सिना र कोषाध्यक्षमा कुलचन्द्र पन्थी चुनिएका छन्।

स्पेनभर छरिएर रहेका अनेसासका सक्रिय सदस्यहरूको सहभागितामा भएको उक्त साधारण सभाले दुर्गा तिमिल्सिना र कल्पना आचार्यलाई सदस्यका चयन गरेको छ।

अनेसासलाई स्पेनमा फैल्याउन सक्रिय नेतृत्व गर्ने अनेसास स्पेनका निवर्तमान अध्यक्ष साहित्यकार शारदा पौडेल नीशाको सभापतित्वमा आयोजित कार्यक्रम जूम प्रविधिका माध्यममा भएको थियो।

प्रतिक्रिया