काठमाडाें, टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२३” सम्पन्न भएकाे छ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका बिभिन्न देशहरूबाट ३५ नेपालीभाषि सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।छन्दमा टुक्का अभ्यास श्रृङ्खला बिभिन्न छन्दहरू सिकाउदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत दुई प्रकारका बालौरी छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साहपूर्वक २ प्रकारका बालाैरी लाेक छन्दहरूमा सुन्दर तथा चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा खुसि हुँदै सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~ बालौरी छन्द सूत्र ४+२=६ अक्षर / ४+३ = ७ अक्षर
[१]
१.
आऊ यता सानू ,
बाबु अनि नानू ।
२.
दुधु माम खानु ,
नुनु गर्न जानू ।
३.
बाबा आमासङ्ग ,
दाजु दिदी दङ्ग ।
४.
कखगघ पढ ,
अघिल्तिर बढ ।
रामकृष्ण दवाडी
पाेखरा ।
[२]
१.
सानी तिमी आऊ,
खाजा रोटी खाऊ ।
२.
बस लेख पढ,
अघि अघि बढ।
३.
खानुपर्छ सुप,
बस्नुपर्छ चुप ।
४.
ज्ञानी तिमी बन्नु,
मन कुरा भन्नु ।
५.
भविष्यको बाटो,
आफ्नै ढुङ्गा माटो ।
६.
खुशीपन बटुलौँ,
गाउँ गाउँ नडुलौँ ।
७.
बोल्नुपर्छ हाँसेर,
जित्नुपर्छ बाँचेर ।
८.
हराभरा जङ्गल,
छ कुशल मङ्गल।
९.
बोलिचालि क्या राम्रो,
नानी प्यारी छिन् हाम्रो।
जमुना आचार्य
सिन्धुपाल्चोक ।
[३]
१.
बालोरीमा कविता,
लेख नानी सबिता ।
२.
पढ नानी किताब,
सिक्नु पर्छ हिसाब ।
३.
भोलि ठूलो हुनु,
चन्द्रमा नी छुनु ।
४.
पढ्ने लेख्ने ज्ञानी,
साना राम्रा नानी ।
५.
बुवा आमा पाल्ने,
ज्ञानी हुन थाल्ने ।
६.
ज्ञानी हुन सिक,
खराव त्यो झिक ।
७.
ममताकी हौ खानी,
जाँगरकी हौ रानी ।
८.
हुन्छु सधैं मायामा,
बस्छु सधैं छाँयामा ।
९.
भोक प्यास हेरेकी,
मायामा छौ बेरेकी।
१०.
खाली हुन्न कहिले,
नाना चाचा जहिले ।
तारा घिमिरे
संखुवासभा ।
[४]
१.
आज भयो अँध्यारो,
हिजो थियो ऊ प्यारो।
२.
यता तिर आएर,
नाच नानी गाएर।
३.
साना साना कोपिला,
फक्री बन्छन् जोशिला।
४.
ज्ञान भर तिमी,
अलापेर जिमी।
५.
सेवा गरे भोलि,
मिल्छ सुखी गोली।
पौडेल विमुन्स
पाेखरा कास्की ।
[५]
१.
टुकुटुकु टेकेर,
हिंडनानी भेटेर।
२.
लडिबढी नगर,
परपर नसर।
३.
बुबु पिऊ घुटुक्क,
सुत अब लुटुक्क।
४.
पानीपुई गरन,
अलि वर सरन।
५.
हात चाचा बजाऊ,
काख मेरो सजाऊ।
६.
नाक कान कुन,
मेरो कुरा सुन।
७.
हेरहेर आँखा
आऊ मेरो काखा।
८.
नानी मुख खोल,
तोते बोली बोल।
९.
ललीपप लेऊ,
आउमेरो छेऊ।
१०.
लजाएकी किन,
बाबाआमा चिन।
होम प्रसाद न्याैपाने
धरान ।
[६]
१.
बाबु नानी आऊ,
मीठो मीठो खाऊ।
२.
अब तिमी जान्छौ,
कति माम खान्छौ।
३.
बुबु माम खाऊ,
अनि मात्र जाऊ।
४.
स्कुल पढ्न जाऊ,
पढिगुनी आऊ।
५.
पढ्नुपर्छ सानू,
हुन्न बसि खानू।
६.
बाबु नानी आउन,
खाना खाई जाउन।
७.
बुबु माम खाएर,
नाना राम्रो लाएर।
८.
मामाघर जानू,
मासुभात खानू।
९.
अब घर आउन,
स्कुल पढ्न जाउन।
१०.
मीठो गीत गाएर,
नाच नानी आएर
बेदु न्यौपाने
काठमाडौ
[७]
१.
राजनीति हाउ,
जनताको घाउ।
२.
विकासको हौवा,
नेताभए खौवा।
३.
लुपु हाम्रो नाका,
विदेशीको भाका।
४.
बिरामी छ भोको,
धामी माग्छ बोको।
५.
घुस-धन कालो,
खायो विष्टा आलो।
६.
साथी सङ्गी हाम्रा,
फूलभन्दा राम्रा।
७.
मर्म हामी बुझ्छौँ,
बाबा आमा पुज्छौँ।
८.
कमिलाझैँ ताँती,
परिश्रमी भाँती।
९.
हामीभित्र देशको,
भविष्य छ बेसको।
१०.
ज्ञानीबनी पढ्छौँ,
सधैँ अघि बढ्छौँ।
रामशरण न्यौपाने
भक्तपुर ।
[८]
१.
नानी यता आऊ,
नानाचाचा लाऊ।
२.
बुबुमाम खाएर,
नयाँ नाना लाएर।
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[९]
१.
नाना पापा लेऊ,
आमालाई देऊ ।
२.
अब घर जाऊ,
माम खाई आऊ ।
३.
मेरी सानी छोरी,
हॅुदै आई गोरी ।
४.
जोगी आए ॲागन,
नानी अर्ती मागन ।
५.
मेला घुम्न जाउॅला,
मिठा पापा खाउॅला ।
६.
नानी राम्री भएकी,
गाउॅ घुम्न गएकी ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरंग, हाल- प्रवास
[१०]
१.
मेरो छुनु मुनु ,
आउ गर नुनु ।
२.
बुबु माम खाई ,
कता गयो भाई ।
३.
आउ बस काख ,
झोला तिम्रो राख ।
४.
पढ्न बस नानू ,
क ख लेख्न जानू ।
५.
ठुलो मान्छे बन्नु ,
मन्को कुरा भन्नू ।
बुद्धिमान चौधरी
झापा ।
[११]
१.
साना साना नानी,
आज कता जानी।
२.
मकै भट्ट खानी,
स्कूल पढ्न जानी।
३.
नाना चाचा लाऊ,
ताजा खाना खाऊ।
४.
ज्ञानी भइ पढ्नु,
सधैं अघि बढ्नु।
५.
हात मुख धुनु,
सधैं सफा हुनु।
सरस्वती श्रेष्ठ
इटहरी ।
[१२]
१.
मिठो खाजा खाने,
अनि खेल्न जाने ।
२.
राम्रा नाना लाऊ,
मामा घर जाऊ ।
३.
राम्रा चरी आए,
मकै दाना खाए।
४.
आउ घुम्न जाऊ,
उतै मिठो खाऊ।
५.
ज्ञानी भइ पढ्नु,
माथी माथि चढ्नु ।
६.
कति राम्री नानी,
सारै राम्रो बानी ।
७.
हेर्दा सारै सानी,
तर कति ज्ञानी ।
८.
पछि ठूलो बन्नु,
साँचो कुरा भन्नु ।
९.
पढ्न बस नानू,
उता किन जानू।
दुर्गा भट्टराई
मोरङ ।
[१३]
१.
मेरो सानो छोरो ,
कालो हैन गोरो ।
२.
छुनु मुनु गर्दैछ,
अघि पछी सर्दैछ।
३.
आउ माम खानु ,
मामा घर जानू ।
लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा ।
[१४]
१.
स्वस्थ हुन नानू,
सधैं ताजा खानु।
२.
साना साना फुच्चा,
नखेल है गुच्चा।
३.
पढ्छु लेख्छु धेरै,
भाग्य बन्छ मेरै।
४.
छुनुमुनु खेल,
नगर है झेल।
५.
चकचके बानीले,
हसाउँछिन् नानीले।
कोकिला चौधरी
बाँके ।
[१५]
बाल सूर्य न्यानाे ,
हाम्राे छाेराे स्यानाे ।
प्रद्युम्न चालिसे
भक्तपुर ।
[१६]
१.
ज्ञानी सानी नानी,
कति राम्रो बानी।
२.
साना साना बालक,
देश हाक्ने चालक।
३.
मामा घर जानी,
मीठो माम खानी।
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल ।
[१७]
१.
काम सिक्ने देखेर,
पढ्न सिक्ने लेखेर।
२.
मन भुल्यो मायाले,
सितल त्यो छाँयाले।
३.
सिक्नलाई छ धेर,
नझुल्नु त्यही नेर।
४.
छम छम नाचेर,
कमर नै भाचेर।
अच्युत घिमिरे
दाेभान, भुटान ।
[१८]
१.
वैशाखमा मगन,
जुरेनछ लगन ।
२.
असारको खेती,
लैनो गाई सेती।
३.
रमझम भदौ,
नगर्नु है जदौ।
४.
दशैं आयो असोज,
नयाँ नाना नखोज।
५.
चैतमास खडेरी,
जिउँतिउँ अधेरी।
जि कुमार गौतम भद्रपुर-१
पृथिविनगर झापा ।
[१९]
१.
जाऊँ खोली तरेर,
नफर्कने गरेर ।
२.
हिमालको काखमा,
बसेकी छौ चाखमा।
३.
सानी सानी नानी,
छुनुमने बानी।
४.
मिठो मिठो खानी,
कति ज्ञानी नानी ।
५.
हिम जस्तै गोरी,
मेरी प्यारी छोरी।
६.
नुनु गर सानु,
हुन्न मिठो खानु।
इन्दिरा देवकोटा
कपिलवस्तु ।
[२०]
१.
बाबु नानी आऊ,
अब खाजा खाऊ।
२.
पढि गुनी बस,
झोला पनि कस।
३.
आमाबाबा मान,
माया मिठो जान।
४.
उता हेर साथी,
उक्लिएको माथि।
५.
सानो मने आयो,
आमा बुबु खायो ।
६.
हेर फूल फुलेको,
मौरी त्यहाँ डुलेको ।
७.
साथीहरु बोल्दैछन्,
कुराहरु खोल्दैछन्।
८.
आमाबाबु घरमा,
छोराछोरी परमा।
९.
मन खोली हाँसौ,
दुख सबै माँसौ।
१०.
सफा सुग्गर बस,
पढ्न कम्मर कस ।
पुष्पशायरा
बिराटनगर ।
[२१]
१.
मेरो सानु छोरा,
भुण्टे प्यारो मोरा ।
२.
बोल मुख खोली,
सुन्छु तोते बोली ।
३.
दिदीभाइ खेल,
नगरेर झेल ।
४.
पढ्नुपर्छ धेर,
नगरे है बेर ।
५.
गर नानी नुनु,
हुन्न धेरै रुनु ।
६.
चुप लागी सुत,
ज्ञानी बन लु त ।
७.
नानी बाबु नचल,
हुनुहुन्न चञ्चल ।
८.
घरभित्र पसेर,
मकैखाउ बसेर ।
९.
नाम्लो डोरी बाँधेर,
पिङ खेल हाँसेर ।
१०.
मामुसँग खेलन,
फन्के रोटी बेलन ।
गोपालकृष्ण डंगोल
इटहरी, सुनसरी ।
[२२]
१.
सानी सानी नानी,
तिम्रो खेल्ने बानी।
२.
भन्छु अब पढ,
एक सिढी चढ।
३.
नभुल है माया,
रमाउनु छाया।
प्रेम कला चापागाईं( सिटौला )
मेचीनगर १२ झापा ।
[२३]
१.
भाले बास्यो हेर,
सुत एकफेर।
२.
कति ज्ञानी छोरी,
भन्दिन म मोरी।
म्यामराज राई
भाेजपुर ।
[२४]
१.
चकलेट लेऊ
भाईलाई देऊ ।
२.
माया गर्दै खेल्नेछ,
दिदीभाइ मिल्नेछ।
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२५]
१.
पुतलीकाे खेल
कति राम्राे मेल।
२.
साना हामी बालक
भाेली देश चालक।
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
[२६]
१.
पढलेख नानी ,
बन्नुपर्छ ज्ञानी।
२.
मौरी फूल चार्छ
मिठो मह पार्छ ।
रिजाल विनोद
माेरङ्ग ।
[२७]
१.
माया धेरै थियो,
मन अन्तै दियो।
२.
तर पनि आस,
उनी मेरो खास।
शंकर कार्की
थाहा ३ मकवानपुर।
[२८]
१.
नानी कति असल,
सेता दन्त पसल।
२.
सार्है मीठो हाँसेकी,
माया उसै गाँसेकी।
प्रदीप के रिमाल
इटहरी ।
[२९]
१.
पढ लेख नानी,
आफ्नै भावि ठानी।
२.
कथा कथ्ने हामी,
टुना खेल्छ धामी।
रतन पाण्डे’पारतन’
दार्जीलिङ।
[३०]
१.
बुबा बित्दा यसरी,
अशान्ति भो जसरी ।
२.
चिन्ता भारी गरेको,
दुःख धेरै परेको ।
भगवती दवाडी
दमक, झापा ।
[३१]
१.
साना साना नानी,
आहा कति ज्ञानी ।
२.
मनपेट खोली,
बोल्छन् तोते बोली ।
वसन्त अनुभव
घोराही, दाङ ।
[३२]
१.
कति राम्रो, बानी ,
सानि हाम्री, नानी ।
२.
कति मीठो, हाँसेकी,
माया प्रती,गाँसेकी।
दुर्गा आचार्य
मोरङ ।
[३३]
१.
पिरीपिरी बाजा
नाच मेरो राजा ।
२.
सानो सानो हात
भोली ठूलो साथ ।
रचना शर्मा प्रतीक्षा
ललितपुर ।
[३४]
१.
तिम्रा दुई नयन,
छैन कुनै चयन।
२.
बिहानीको सित,
सबैलाई हित।
काजी तामाङ ग्याबा
चैनपुर-४, संखुवासभा
[३५]
१
आऊ नाना लाऊ,
फेरि खेल्न जाऊ।
२.
नानी कति ज्ञानी,
अब स्कुल जानी।
३.
कति राम्रो लेखेकी,
हत्केलाले छेकेकी।
४.
एक दुई गनेर,
कखरा नि भनेर।
५.
फूललाई देखेर,
आयौँ गीत लेखेर।
अनिल खग्रास
पर्वत ।
>> जय टुक्का ! जय साहित्य !! <<
प्रतिक्रिया