देशलाई कुशासनबाट मुक्त्ति दिलाउनु पर्ने –अध्यक्ष लिङ्देन

इनेप्लिज २०७८ चैत २३ गते २१:३४ मा प्रकाशित


विराटनगर,२३ चैत।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त्ति दिलाउन पर्ने बताउनु भएको छ।

राप्रपा मोरङद्वारा आज यहाँ आयोजित आम सभामा उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने कुरामा जोड दिनुभयो।

उहाँले सामान्य आँखाले हेरे जस्तो देश नअहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो।

अध्यक्ष लिङ्देन सरकार सरकार जस्तो नभएको र अदालत अदालत जस्तो नभएको बताउँदै सरकारले ठीक ढङ्गले काम गर्न नसकेको भन्दै सरकारले उत्पादनमुखी काम नगरे नै युवा विदेशिएको कुरामा जोड दिनुभयो।

परिवारलाई पाल्न देश छाडेर विदेश जान कसले बाध्य पार्यो प्रतिप्रश्न गर्दै अध्यक्ष लिङ्देनले भत्रुभयो,‘ ३१ वर्ष देखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको छ ।’

उहाँले भत्रुभयो,‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ।’

सो पार्टीका प्रवक्त्त ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचारले जरो गाडेको छ, रोजगार छैन, महँगी बढेको छ र युवा विदेशिएका छन् भत्रुभयो।राप्रपाका महामन्त्री प्रल्हाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नु पर्ने, रोजगार सिर्जना गरी उत्पादन बढाउनु पर्ने बताउनुभयो।

कार्यक्रमा नायिक रेखा थापा, सो पार्टीका केन्द्रीय सदस्य केदार कोइराला, नवप्रवेश दिलीप धाडेवाल र जिल्ला अध्यक्ष माधव आचार्यले पनि राप्रपा आम नेपाली जनताका भावना र चाहना अनुसार काम गर्ने कुरामा जोड दिनुभयो।

प्रतिक्रिया