नेटो प्रमुखले युक्रेनमा रुसको आक्रमणको निन्दा नगरेकोमा चीनको कडा आलोचना गरेका छन् ।
नेटोको प्रमुखले चीनलाई “रूसकोआक्रामकताको निन्दा गर्न इच्छुक नभएको” भन्दै “आफ्नो बाटो रोज्ने राष्ट्रहरूको अधिकारमाथि प्रश्न उठाउन मस्कोमा सॅम्लग्न भएको” आरोप लगाएका छन ।
महासचिव जेन्स स्टोल्टनबर्गले बुधबार ब्रसेल्समा हुने नेटो विदेश मन्त्रीहरू र युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाको शिखर सम्मेलन अघि पत्रकारहरूलाई सम्बोधन गरेका थिए ।
युक्रेनमा आक्रमण सुरु हुनु अघि, सहयोगी चीन र रुसले उनीहरूको मित्रताको “कुनै सीमा छैन” घोषणा गरेका थिए। तर बेइजिङले रुसको प्रतिबन्धबाट प्रभावित अर्थतन्त्रबाट चुपचाप आफूलाई टाढा राखेको छ।
युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गर्दा चीनले मस्को विरुद्धको प्रतिबन्धलाई संकट समाधानको अप्रभावी उपाय भन्दै बारम्बार निन्दा गरेको छ।
प्रतिक्रिया