ब्राम्प्टन, “पाँचौ बिस्व नेवाः दिबस”को उपलक्षमा क्यानेडियन नेवाः गुठिले गत मार्च २६ कादिन ब्राम्प्टन नगरमा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ ।कार्यक्रमको उदघाटन गुथिका अध्यक्ष प्रकाश प्रधान तथा जेष्ठ आजिबन सदश्य लक्ष्मण मुनि श्रेष्ठले संयुक्त रुपमा कलात्मक पानसमा दीप प्रज्वलन गरि गर्नु भयो । उदघाटन मन्तब्य दिनु हुदै अध्यक्ष प्रधानले कोरोना कहरले गर्दा दुई बर्ष सम्म साथिभाई जम्मा भै मनाउन नसकिएको कार्यक्रम आज प्रत्यक्ष रुपमा मनाउन पाएकोमा खुशी ब्यक्त गर्नु भयो। अर्का अतिथि लक्ष्मण मुनि श्रेष्ठले “पाँचौ बिस्व नेवाः दिबस”को उपलक्षमा शुभकामना ब्यक्त गर्नु भयो ।
त्यसै गरि गुठिका महासचिब बिमलमान श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नु हुदै निकट भबिष्यमा नेपाल भाषा शिक्षण कार्यक्रम संचालनका साथै गुठिका आगामि कार्यक्रम बारे जानकारी दिनु भयो। तत्पस्चात रंजना सैन्जु, डा. अमर सैन्जु तथा उत्तम माकजुको समुहले सिटार, मुर्चुङ्गा तथा धिमे बाजामा मंगल धून प्रस्तुत गर्नु भयो ।
नेवाः समुदायको घरको स्वरुप तथा बिशेष गरि झ्यालहरुको बिषयमा बोल्नु हुदै गुठिका कार्यसमिति सदश्य डा. प्रज्वल प्रधानले नेवाः समुदायको घरमा तल्ला अनुसार झ्यालको स्वरुप पनि फरक हुने बताउनु भयो। नेवाः समुदायको परम्परागत घर सामान्यतया चार तल्लाको हुने र तेश्रो तल्लामा कलात्मक तथा प्राबिधिक रुपमा सशक्त “सँ झ्याः” राखिने परम्परा रहेको बताउनु भयो ।त्यस्तै गरि दोश्रो तल्लामा राखिने “तिका झ्याः” (आँखि झ्याल) घाम, पारिवारिक गोप्यता, बाताबरण मैत्री रहेको बताउनु भयो ।
अर्का बक्ता गुठिका उपाध्यक्ष उत्तम माकजुले नेवाः समुदायको मौलिक परम्परा, सस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्दन गर्न बिस्वभर छरिएर रहेका नेवाः समुदायको सहयोग होस भनि बिस्व नेवा दिबस मनाउन थालिएको हो भन्नु भयो। साथै उहाँले नेवाः समुदायको बिभिन्न संस्कारमा प्रयोग गरिने “सुकुन्दा”को बिषयमा बोल्नु हुन्दै यसले नेवा सस्कृतिको प्रतिनिधित्व गर्नुको साथै यसमा रहेका बिभिन्न अंगहरुले नेवा संस्कृतिको बैभबता झल्काएको छ भन्नु भयो ।
शुभकामना मन्तब्यको क्रममा नेपाली क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठ र मुगा राजभण्डारीले बिस्व नेवाः दिबसको उपलक्षमा शुभकामना ब्यक्त गर्नु हुन्दै नेवाः सस्कृतिको संरक्षण तथा प्रबर्द्दनमा गुठिको कार्य प्रशंसायोग्य रहेको बताउनु भयो । कार्यक्रममा महिला बक्ताहरु जनसम्पर्क प्रमुख मिलि राजभण्डारी, कार्य समिति सदश्य रन्जना सैन्जु तथा गायत्री कायष्ठले क्रमस गुठिको वेबसाइट, महिला समिति र महिलाको भुमिका बारे आआफ्नो बिचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यक बाताबरण सृजना गर्न कार्यसमिति सदश्य डा. कृष्ण कायष्ठले नेवाः सस्कृति, सम्पदा गौरबका बिषयमा कबिता बाचन गर्नु भयो भने नेवाः सस्कृति, भाषा, ईतिहास सम्बन्धि सामुहिक हाजिरि जवाफ कार्यक्रम संचालन गरिएको थियो ।साथै डा. अमर सैन्जुले गुठि द्वारा निकट भबिश्यमा संचालन गरिने योग कार्यक्रम बारे जानकारी दिनु भयो । कार्यक्रमको अन्त्यमा कार्यसमिति सदश्य दिनेश श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबै लाई धन्यबाद ब्यक्त गर्नु भयो ।
कार्यक्रमको दोश्रो चरणमा रंजना सैन्जु, डा. अमर सैन्जु, गीता पन्त, सुरेन्द्र लाल श्रेष्ठ, उत्तम माकजु, बिमल श्रेष्ठ, लक्ष्मण मुनि श्रेष्ठ, डा. प्रज्वल प्रधानले सिटार बादन , नेपालभाषाका गीत प्रस्तुत गरेका थिए भने कार्यसमिति सदश्य राजेन्द्र महर्जनले धिमे नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा पाहुनाहरुको लागि नेवाः स्वाद अनुसारको सेलरोटी, चना, अचारको खाजा खुवाइएको थियो । सो कार्यक्रम एभरेष्ट टेक्वाण्डो एकेदेमिको प्रेक्षालयमा संचालन गरिएको थियो।
प्रतिक्रिया