गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

इनेप्लिज २०७८ चैत १४ गते २२:४८ मा प्रकाशित

काठमाण्डौं।क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ।

द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ।गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ।

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन।आफनो मायाको राजकुमारलाई मायाको संसारमा एकान्तमा प्रेमका भाव ब्यक्त गर्न गायिका आतुर रहेकी छन।

विकाश चौधरीको संगीत तथा एरेन्जमा तयार गरिएको गीतमा अजय चौधरीको छायाँकन,सुवास लिम्बुको सम्पादन तथा राज लावतीको निर्देशन गीतमा रहेको छ ।गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए।‘बनकी चरी’ गीत्को भिडियढोमा अजय चौधरी,अञ्जली माझी,विक्रम धिमाल र धिरज परियारको अभिनय तथा नृत्य रहेको छ।

‘बनकी चरी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया