वासुशशीको ८६ औं जन्म जयन्ती तथा पुरस्कार वितरण

इनेप्लिज २०७८ चैत १३ गते १७:२६ मा प्रकाशित

ईनेप्लिज विशेष प्रतिनिधि-काठमाडौंमा आज एक विशेष कार्यक्रम गरी वरिष्ठ आधुनिक साहित्यकार वासुशशीको ८६ औं जन्म जयन्ती मनाईयो।सो अवसरमा ४सर्जकलाई श्रष्टाहरूलाई वासुशशी सम्मान,वासुशशी साहित्य पुरस्कार तथा कुमार सरस्वती साहित्य पुरस्कार समेत प्रदान गर्यो।

वासु शशी स्मृति परिषदले आयोजना गरेको सो कार्यक्रममा आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेकोछ।वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान तथा मोमिला जोशीलाई २०७८ सालको वासु शशीसाहित्य पुरस्कार प्रदान गरियो।

यसैगरी वरिष्ठ कविहरु राधेश्याम लेकालीलाई २०७७ सालको वासु शशी साहित्य पुरस्कार प्रदान गरियो।पुरस्कारमा सम्मानपत्र र नगद पच्चिस हजार रहेको छ।सोही कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीलाई कुमार-सरस्वती साहित्य पुरस्कार समेत प्रदान गरिएकोथियो।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के.के.कर्माचार्यले साहित्यकारहरु साकार,लेकाली,मोमिला र मधिकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए।

सोही अवसरमा साहित्यिक पत्रिका “शारदा”को ‘वासु शशी स्मृति विशेषाङ्क’को विमोचन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कुलपति कर्माचार्य, अध्यक्ष रसिकसहित सम्मानित शैलेन्द्र साकार,पुरस्कृतहरु राधेश्याम लेकाली,मोमिला रध्रुव मधिकर्मीले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम बैद्य र कुमार-सरस्वती साहित्य पुरस्कारकी सस्थापक श्रीमती सरस्वतीजोशीको पनि उपस्थिति रहेको थियो।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाले वरिष्ठ कवि एवंनाटककार वासु शशी र प्रा.डा. कुमारबहादुर जोशीको परिचय राखेका थिए भने प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्यराखेका थिए।कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए।

प्रतिक्रिया