‘सम्झना–बिर्सना’ ले सम्झाउँदैछ पूजा–आकाशको प्रेम

इनेप्लिज २०७८ चैत ११ गते २२:२७ मा प्रकाशित

 

काठमाडौं÷११ चैत्र।प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ।निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउने छ।

आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा,शिसिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन्।कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको फिल्म अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो।निर्माण युनीटले शुक्रबार फिल्मको नयाँ पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरेको हो।नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ।

दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा,पटकथा रहेको फिल्मको सम्वाद लेखनमा उनलाई अभिनेता शिसिर राणाले सघाएका छन्।शिब ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ।आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन्।

आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेको निर्माता आदित्य बताउछन्।प्रेमी जोडीहरु बीच हुने बिबिध आरोह अबरोहलाई प्रस्तुत गरिएको बताइन् यो फिल्म सुटिङका क्रममा पूजा र आकाश बीच प्रेम झांङ्गीएको चर्चा चलेको थियो।यद्यपी,उनीहरुबीच अहिले उनीहरुबीचको सम्बन्ध सुमधुर नरहेको बताइन्छ।

‘सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि संगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ।कतिपयले ‘सम्झना–बिर्सना’पूजा–आकाशको सम्बन्धसँग निकै निकट रहेको समेत अनुमान गरेका छन्।फिल्ममा खास के छ ? त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन।‘फिल्ममा के छ,जान्नका लागि पूरा फिल्म नै हेर्नुुहोस्,’निर्देशक निमेषले दर्शकलाई अनुरोध गरेका छन्।

 

प्रतिक्रिया