सुमार्गीद्वारा एम्बुलेन्स हस्तान्तरण

इनेप्लिज २०७८ चैत ८ गते २१:०२ मा प्रकाशित

माधवराज सुमार्गी ट्रष्टले हेटौंडाको मनहरी गाँउपालिका वडा नम्बर एकका जनताहरुको सेवाको लागि एम्बुलेन्स सहयोग गरेको छ । एम्बुलेन्स सेवाबाट उपचारको लागि अस्पतालसम्म पुग्न असुविधा रहेको गुनासो आएपछि सुमार्गी ट्रष्टले एम्बुलेन्स प्रदान गरेको हो ।

मंगलबार एक कार्यक्रमकाबीच माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजेयराज सुमार्गीले श्री शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. चकरीलाई एम्बुलेन्सको साँचो प्रदान गरी हस्तान्तरण गर्नु भयो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै सुमार्गीले गाँउमा यसबाट सबैले सेवा पाउनेमा आफू आशाबादी रहेको बताउनु भयो । उहाँले सहकारी संस्थाले व्यवस्थित रुपमा एम्बुलेन्स संचालन गरी उपचारका लागि अस्पतालसम्म पुग्न सजिलो हुने बताउनु भयो । वडा अध्यक्ष शिवप्रसाद खनालको पहलमा आफूले वडाको लागि एम्बुलेन्स सहयोग गरेको बताउनु भयो ।

श्री शान्ति स्वालम्बन बचत तथा ऋण सहकारी संस्था लि. चकरीको कार्यालयमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा माधवराज सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ति कलावती, समाजसेवी एवं व्यवसायी अस्मिता सुमार्गी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, अंकिता सुमार्गी, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष एवं काङ्ग्रेस नेता जयराम लामिछानेलगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया