शर्फराज–सन्देशमूलक छोटो कथा

रमेश ढकाल भद्रपुर, झापा (हालः दोहा,कतार) २०७८ चैत ७ गते १३:१९ मा प्रकाशित

 

शर्फराज आफ्नो हाकिम संग तलब बढाउने विषयमा कुरा गर्न चाहेर पनि कुरा गर्न सकिराखेका हुदैनन्।तर जुन जिम्मेवारी सम्हालेर उनले काम गरिराखेका थिए, त्यो हिसाबले आफुले इन्क्रिमेन्ट पाउनु पर्ने कुरामा भने उनि दृढ़ थिए।केवल हाकिम संग आफ्नो कुरा राख्न भने उनि हिचकिचाहि रहेका थिए।यस्तैमा एकदिन बिहान आफिस जान तयार हुँदै गर्दा श्रीमती संग भन्छन्,हेर आज जस्तोसुकै अवस्थामा पनि म हाकिम संग मेरो सेलरी इन्क्रिमेन्टका बारेमा कुरा गरेरै छाड्छु भन्दै घर बाट निस्कन्छन्।

खैर,हाकिम संग जसरी पनि कुरा गर्ने भन्ने दृढ़ इच्छा भएर पनि अफिसको समय सक्किन लागिसकेको थियो तर आज पनि उनले हाकिम संग आफ्नो कुरा राख्न भने सकिराखेका हूदैनन्।यस्तैमा,त्यो दिन एउटा नयाँ कामको विषयलाई लिएर केही सम्झाउने उदेश्य राखेर हाकिम स्वयम् कार्यालयको अन्तिम समय तिर शर्फराजको अफिसमा पस्छन्।र केही निर्देशन दिएर फर्कनै लागेका हुन्छन्, यसै मौकामा शर्फराजले पनि हिम्मत जुटाएर हाकिमलाई आफ्नो सेलरी इन्क्रिमेन्टका लागि अनुरोध गर्छन्।अचम्मको कुरा हाकिमले पनि सर्फराजको अनुरोधलाई सहजै एकैपटकमा स्वीकार गर्दै,चालु महिनाबाट नै उनको सेलरी बाढाई दिने वचन दिन्छन्।

अतः शर्फराज त्यो दिन आफ्नो उद्देश्यमा सफल भए संगै अत्यन्त प्रसन्न मुद्रामा घर पुग्छन्।देख्छन्,श्रमितीले घरमा विशेष प्रकारका शर्फराजलाई अत्याधिक मन पर्ने व्यञ्जनहरु तयार गर्दै गरेकी हुन्छिन्।डिनर टेबल पनि सुन्दर मैनबत्तीहरु राखेर विशेष प्रकारले सजाएकि हुन्छिन्।मानौँ कुनै ठुलो उत्सवको तयारी भएको छ।यो सब देखेर शर्फराजलाई लाग्छ शायद अफिस बाट कसैले फोन गरेर मेरो इन्क्रिमेन्टको बारेमा इनलाई बताई दिएको हुनसक्छ।

खैर,आज सर्फराजको खुसीको कुनै सिमै थिएन, उनले किचनमा पसेर श्रीमतीलाई खुसीले अंकमाल गर्दै गूड न्युज सुनाउछन्।श्रीमतीले पनि पुरा रोमान्टिक भावमा सर्फराजको हात समाएर सजाएर राखिको डिनर टेबलको पासमा बसाउछिन्। डिनर टेबुलमा एउटा कार्ड राखिएको हून्छ,जसमा लेखिएको हून्छ “बधाई छ प्रिय,मलाई थाहा थियो आज तपाईंले पक्का पनि इन्क्रिमेन्ट पाउनु हुनेछ।

आजको यो विशेष प्रबन्ध तथा सजावट सबै तपाईंका लागि।तपाईंको आजको सफलताका लागि।र सबै भन्दा धेरै त एक अर्का प्रतिको हाम्रो अनकन्डिशनल लभ र विश्वासका लागि।यस्ता कुरा गरेर केही समयका लागि दुबै जना भाबुक बन्छन्। दुबै जनाका आँखामा खुसीका आँसु टप्कन्छन्।तेस पछि उनले एक पछि अर्को गर्दै सबै खानका परीकारहरु आफ्नो पतिलाई सर्भ गर्छिन्।र अन्त्यमा उनि त्यहाँ बाट उठेर भान्साकोठामा डिजर्ट् ल्याउनका लागि जान्छिन्।उठेर जाँदै गर्दा उनले लगाएको एप्रनको पकेटबाट उनले थाहानपाई अर्को एउटा कार्ड भुइँमा खस्छ।

शर्फराजले त्यो कार्ड उठाउछन्।जसमा लेखिएको हुन्छ,“चिन्ता नगर्नुहोस् प्रिय, तपाईंले आज इन्क्रिमेन्ट पाउनु भएन त केभयो।तपाईं इन्क्रिमेन्ट पाउन योग्य हुनुहुन्छ।आज नभए भोली कुनै दिन तपाईंको मेहनतको कदर पक्का पनि हुने छ र तपाईंले अवश्य पनि इन्क्रिमेन्ट पाउनु हुनेछ।आज् यो विशेष प्रबन्ध तथा सजावट सबै तपाईंका लागि।एउटा कुरा याद गर्नुहोला,जुनसुकै अवस्थामा पनि म तपालाई सधैं यत्तिकै माया गरिरहेने छु।”

कथाको सन्देश–हामी सफल र सुखी रहन परिवार भित्र एकआपसमा साथ, समर्थन र सहयोगको ठुलो भूमिका हुने गर्दछ।यहाँ सम्म कि हामीलाई सिङ्गो दुनियाले रिजेक्ट गरेको अवस्थामा पनि यदि हाम्रो जीवनमा एउटा कुनै त्यस्तो व्यक्ति छ।जसले हामीलाई सम्पूर्ण रूपमा स्वीकार गर्छ,विश्वास गर्छ,माया गर्छ भने हामी निश्चय पनि आफुले चाहेको हरेक वस्तु प्राप्त गर्न सक्छौं।हामी जहाँ पुग्न चाहेको हो,त्यहाँ पुग्न सक्छौँ अर्थात आफ्नो उदेश्य पुरा गर्न सफल बन्छौँ।

याद गर्नुस्,सकारात्मक सोच संगै एकआपसको अटुट साथ, समर्थन र सहयोगले मात्र जीवनमा चाहेका हरेक कुराहरु प्राप्त गर्न सम्भव हुन्छ।त्यसैले, परिस्थिति जस्तोसुकै होस्, सधैं सकारात्मक रहने बानी बसालौं।(कथाको स्रोतः आध्यात्मिक प्रवचन) ।

रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]

 

प्रतिक्रिया