गठबन्धन निर्वाचन कि नागरिक स्वतन्त्रता ?

दीपक पन्त २०७८ चैत ६ गते १:१९ मा प्रकाशित

नेपाली समाजको बहस अपेक्षित वा अनेपेक्षित रुपमा उठान हुने बिभिन्न राजनैतिक / सामाजिक बिषय बस्तुले समय समयमा छिट्टै तरंगित हुने र छिट्टै सेलाउने प्रवृति पुरानै हो ।

गत महीना देखि हेर्ने हो भने पछिल्लो पुस्ताका सेलिब्रेटी नायक पल शाह र नाबालिका एक गायिकाको सम्बन्धलाई लिएर नेपाली समाज बहसमा तानियो । त्यस लगत्तै चर्चामा आएको बहुचर्चित “एमसीसी सम्झौता प्रकरण”अनुमोदनका लागि सार्भभौम संसदमा निर्णयार्थ प्रस्तुत हुँदा सर्ब साधारण जनता देखि शीर्ष राजनैतिक नेतृत्व सम्म सडक र सदनमा अन्तर संघर्ष गर्नु परेको कुरा ताजै छ ।

एमसीसी सम्झौता अनुमोदन पश्चात युवा लोक गायक प्रकाश सपूतको नयाँ गीति संग्रह “पिर” ले फेरि एक पटक नेपाली समाज तरंगित बनाएको छ । सर्जक सपूतले बिबादित केहि दृश्यहरू हटाएर पुन: भिडियो अपलोड गरे पछि यो बिषयले पनि मत्थान्तरण लय समाती सकेको छ ।

एमसीसी सम्झौता अनुमोदन पश्चात युवा लोक गायक प्रकाश सपूतको नयाँ गीति संग्रह “पिर” ले फेरि एक पटक नेपाली समाज तरंगित बनाएको छ ।

यसरी हेर्दा नेपाली समाज अत्यन्तै गतिशील छ त भन्न सकियो । तर यसले गुण वा दोषका आधारमाबिबेचना गर्ने भन्दा नि आबेगात्मक प्रतिकृया दिने तर अर्को नयाँ घटना देखा पर्ने बित्तिकै पुरानो घटना सेलाउने प्रबृति देखिएकोछ ।

यसलाई शायद स्वतन्त्र ब्यबस्थापन र नियमन निकायको विश्वासनियता माथि प्रश्न गर्दै खबरदारी गरेका हुन् या स्वतन्त्रताको बढी प्रयोग भएको हो ? त्यो समयले मुल्यांकन गर्नेछ ।

तर जुनसुकै घटनामा न्यायिक निरुपणका लागि तत् सम्बन्धि निकायहरुको निर्णय पूर्व नै हिजो आजसोसल मिडिया लगायत आम संचार माध्यमको आधारमा , समाज उद्देलित हुनुलाई कसरी मुल्यांकन गर्नेएक पेचिलो जनसवाल उब्जिएको छ ।

“पिर ” गीतको तरंग सेलाउन नपाउँदै नेपाली समाज अब आउने स्थानीय निर्वाचनको तरंगले तातिएका छन्।

झन्डै ९ महिना अघि सर्बोच्च अदालतको परमादेश अनुसार सरकारको नेतृत्व लिने अवसर पाएका नेपालीकाँग्रेसका सभापति एव प्रधान मन्त्री शेर बहादुर देउवा र बर्तमान सरकारमा सामेल अन्य गठबन्धन दलहरुको बीच आगामी स्थानीय निर्वाचनमा “गठबन्धन कि खुल्ला प्रतिस्पर्धा” भन्ने बहसको चर्चा जताततै चलेको छ ।

ने.का.का केही यूवा नेताहरुले कांग्रेस एक्लै निर्वाचनमा जानु पर्ने मत सार्बजनिक रुपमा राख्दै गर्दा त्यसका सभापति देउवाबाट भने गठबन्धन दलहरुको सहकार्यमा निर्वाचनमा जानु पर्ने बिचार व्यक्त भएको देखिन्छ। गठबन्धन पार्टीलाई मान मर्दन हुने भाषा नबोल्न पार्टीका आफ्ना नेता तथा कार्यकर्ताहरु लाई निर्देशनदिनुले पनि उनको मनशाय झल्किन्छ ।

गठबन्धनमा सहभागी अर्को ठूलो दल नेकपा माओबादी तथा नेकपा समाजबादी र जसपाले भने राजनैतिक स्थिरता ,संबिधान तथा परिबर्तित उपलब्धिको रक्षा अनि दिगो बिकासका लागि अझै केहि समय गठबन्धन आबश्यक रहेकाले आगामी स्थानीय निर्वाचन साथ साथै संघीय निर्वाचन सम्म पनि गठबन्धन कायम रहनुपर्ने रहेको बताई रहेको छ ।

तत्कालिन नेकपा रहदा झन्डै दुइ तिहाइ बहुमतको प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली गठबन्धनका बिषयमा यसरी टिप्पणी गर्छन् “गठबन्धन सम्झौता स्वार्थ समुहको गुट भएकाले यो तासकोघर जस्तै हो । न यसको औचित्य छ ? न स्थायित्व नै ?”

गठबन्धन सम्झौता स्वार्थ समुहको गुट भएकाले यो तासकोघर जस्तै हो । न यसको औचित्य छ ? न स्थायित्व नै ?”

यद्यपि गठबन्धनको रबैयालाई नजिकबाट निहाली रहेको नेकपा एमालेले गठबन्धनमा सहभागी दललाई स्वतन्त्र निर्वाचन लड्न चुनौती दिइ रहेको छ । यदि गठबन्धन शक्तिहरु बीच एकता नै देखिएमा अन्य सानापार्टीहरु बीच निर्वाचन तालमेल गर्ने रणनीति एमालेको रहेको छ ।

स्थापित राजनैतिक पार्टीहरुमा देखिएको यो किसिमको खिचातानीमा पनि नयाँ दर्ता भएका साझा/बिबेकशील वा शुसासन एबं राजा र हिन्दु धर्मको एजेन्डा लिएको राप्रपाले समेतले पनि राजनैतिक तरंगकोगति त्यति सार्है लिन सकेको देखिदैन ।

अब आम नागरिक स्तरमा बहस छ , स्थानीय निर्वाचन सत्ता सांझेदार मुख्य राजनैतिक पार्टीहरू बीचगठबन्धन भएरै अघि बढ्छ कि ? स्वतन्त्र दल बीच स्वतन्त्र नागरिक मतदान प्रकृयामा ?

दलीय राजनीतिमा अमुक व्यक्ति भन्दा नि दलले बोकेको राजनैतिक एजेण्डा विचारका आधारमा सर्वसाधारण जनताले आफ्नो मौलिक हकको उपभोग गर्दै स्वतन्त्र मतदान बाट आफ्नो अभिमत ब्यक्त्त गर्ने गर्दछन । सो अनुरुप खुल्ला रुपमा दलका प्रतिनिधिहरु प्रजातान्त्रिक पद्दति बाट चुनिन्छन ।अनि यो प्रकृया लोकतन्त्रको अभ्यासको रुपमा लिने गरिन्छ । यो जनमत सर्व स्वीकार्य मानिन्छ ।

निर्वाचन सम्पन्न पश्चात जनताको मेण्डेट अनुसार प्रचलित कानुनको अधिनमा रही बहुमत प्राप्त भए सोअनुसार र नभए दुइ वा दुइ भन्दा बढी दलहरुको सहमतिमा गठबन्धन सरकार निर्माण हुने अन्तराष्ट्रियप्रचलन हो ।

तर नेपालमा अहिलेको अवस्था हेर्दा जन अनुमोदनलाई नै पहिल्यै निर्णय गरी सत्ता राजनीतिको खेल देख्दा शीर्ष भनिएका नेतागणसंग आम नागरिकले प्रश्न गर्ने कि नगर्ने ?

जिन्दगी भरी समाजवादको नारा घनकाउन्दै बाम राजनीतिमा संलग्न रहेका आम कार्यकर्ताले शिर्ष नेताकोराजनैतिक उत्तरार्ध सुरक्षाका लागि पुंजिबाद पक्षधर कांग्रेसको रुखमा मतदान गर्ने कुरा आफैमा त्यतिसजिलो छैन् । अनि जिन्दगी भरि नै कांग्रेस बिचार राखी कम्न्युष्ट नेतृत्व र बिचार माथि फरक मत राख्दैआएका यावत् स्थानीय नेता तथा कार्यकर्ताको समुहले खुल्ला रुपमा हंसियाँ हतौडा अनि कलममा भोटहाल्नु पर्ने बाध्यता किन ?

के दलीय आस्थामा नागरिकको मताधिकारमा आफ्नो स्व:अधिकार हुँदैन ?

के शीर्ष नेताहरुको आफू अनुकुलको सहमतिमा यो वा त्यो पार्टी वा यो व्यक्ति वा त्यो व्यक्त्ति लाइ भोटहाल्न लगाउने सर्कुलर कत्तिको लोकतान्त्रिक छ त ?

दलीय कार्यकर्ताले शिर्ष नेताको आब्हान लाइ कत्तिको साथ देलान ?

स्वतन्त्र निर्वाचनको जनमतले राजनैतिक दल र नेतागणको हैसियत नाप्ने निर्वाचनमा यो किसिमकोसेण्डिगेट खडा गर्नु कत्तिको लोकतान्त्रिक पद्दति हो ?

आफ्नो स्वार्थ अनुकुल एजेन्डामा मतदान जस्तो गम्भीर बिषयमा पनि एक मत हुने राजनीति दल अन्य बिषयमा बहुदलको आवरणमा फरक नीति र रणनीतिको बहस गर्नु कत्तिको तर्क संगत देखिन्छ ?

यसरी स्थापित राजनैतिक पार्टी र त्यसको शिर्ष नेतृत्व हरू “गठबन्धन को रोटी” कसरी सेक्ने र ? आफ्नो भागमा कत्रो अंश पर्ने भनेर बहस चलाई रहेको अबस्थामा पनि नयाँ सिद्दान्त र बिचार लिएर आएकादलहरुले समाजमा आफ्नो राजनैतिक विकल्पको रुपमा बहस चलाउन नसक्नु दुखद सत्य देखिन्छ ।

एक आध पार्टीमा केही युवा नेताहरुले स्वतन्त्र दलले स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिने कुरा उठाए पनिशिर्ष नेतृत्व गठबन्धन कै जाल फराकिलो पारेर अघि बढ्ने लगभग निश्चित प्राय: देखिन्छ ।

यस किसिमको निर्णयले जनताको स्वतन्त्र मताधिकारमा दलीय अंकुश अनुभूत गर्न सकिन्छ । यस्तो सेण्टिगेटले स्वतन्त्र मताधिकार र दलीय व्यवस्था माथि नै प्रश्न चिन्ह उठाएको छ ।

यस्तो सेण्टिगेटले स्वतन्त्र मताधिकार र दलीय व्यवस्था माथि नै प्रश्न चिन्ह उठाएको छ ।

दलीय ब्यबस्थामा पनि यो किसिमको “मोनोपोली मोडालिटी”को राजनैतिक डर्टी गेममा सहभागी हुनु भन्दा स्वतन्त्र बैकल्पिक युवा शक्तिलाई अगाडी ल्याउनु उत्तम बिकल्प हुनेछ ।

गठबन्धन मोडालिटिमा पनि भाग बण्डाको संकुचनले धेरै दलीय कार्य कर्ताहरू आफ्नो दलीय जिम्मेवारीअनुरुप राजनैतिक प्रतिस्पर्धामा भाग लिन पाउने छैनन् ।यसले गर्दा योग्य राजनीतिज्ञले आफुलाई जनताका बीच जाच्ने अवसरबाट बन्चित हुनु पर्नेछ । अर्को तर्फ शिर्ष नेतृत्वले आशा गरे अनुरुप : मतपरिणाम नआउने बित्तिकै धोका / घात/प्रतिघातको नाराले देश तरंगित हुनेछ ।

अत: असजिलो परिस्थितिमा बन्न गएको यो गठबन्धनले सरकारको निरन्तरता गरे पनि निर्वाचनमा जनताको मौलिक हक स्वतन्त्रताको पूर्ण प्रत्याभूति गराए मात्र वास्तविक लोकतन्त्रको अभ्यास भएको मान्न सकिन्छ । अन्यथा यस्तो संयोजनलाई “काले काले मिलेर खाऊ भाले” भन्ने प्रचलित उखानको संज्ञा दिन सकिन्छ ।

दीपक पन्त
मिल्वाकी, अमेरिका

प्रतिक्रिया