विराटनगर,१ चैत।चर्को ब्याज दरको विरुद्धमा मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले विराटनगर राष्ट्र बैंक आगाडि आज धर्ना दिएका छन्।
मोरंग व्यापार सङ्घ,सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याजबृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याज दर ६ प्रतिशत कायम गर्नु पर्ने माग गरेका छन्।
सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्ममात्र खर्च हुनु सरकारको निरिहपन देखिन्छ भने अर्कातर्फ कूलनिक्षेपको रु.१८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंक ब्याजबृद्धि भई ११ प्रतिशत कायम हुनुले यस्ता किसिमका अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझभयावह स्थिति ल्याउन मद्दत पुर्याएको उद्योगी एवं व्यापारीहरुको भनाई छ।
यसलाई अधिकतम ६ प्रतिशतमा ल्याई ऋणको ब्याजलाई एकल विन्दुमा ल्याउन सङ्घका अध्यक्ष नवीन रिजालको नेतृत्वका टोलीले यस अघि जिल्ला प्रशासन कार्यालय मोरङ,अर्थ मन्त्रालय ज्ञापन पत्र पनि बुझाएको छ।
मोरङ सुनसरी करिडोरका उद्योगी व्यवसायीहरुले राज्यको नीति विरुद्ध सडकमा आउनु भनेको देश भयावहअवस्थाको चित्रण गर्दछ।तसर्थ सरकारले समयमा नै अहिलेको अवस्थाप्रति गम्भीर हुन जरुरी रहेको सङ्घका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो।
छिमेकी देश भारतमा दुई वर्ष अगाडि १४ प्रतिशतको ब्याज ७ प्रतिशत कायमभएको तर नेपालमा भने ७ वाट १४ प्रतिशत पुग्ने अनुमान लगाउन सकिन्छ कि सरकारको अर्थ नीति कस्तो छ उद्योगी महेशकुमार जाजुले बताउनुभयो।
यसैगरी सङ्घका पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज बृद्धिले समग्र अर्थतन्त्र सिथिल हुन पुग्नु देशको लागि राम्रो होइन भत्रुभयो।
प्रतिक्रिया