युक्रेनका जेलेन्स्कीले बेलायती संयुक्त अभियान बललाई “हामीलाई मद्दत गरेर आफैलाई मद्दत गर्न” आग्रह गरेका छन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार श्रव्यदृश्य ( भिडियो) मार्फत युके संयुक्त अभियान बल (जेईएफ) का नेताहरूलाई सम्बोधन गर्दै चेतावनी दिए: “हामी सबै रूसको लक्ष्य हौं र यदि युक्रेन खडा भएन भने युरोपको विरुद्धमा सबै जान्छ र त्यसैले म चाहन्छु कि तपाईले हामीलाई मद्दत गरेर आफैलाई मद्दत गर्नुहोस्।”
युक्रेनमा युद्धको २० औं दिनमा, जेलेन्स्कीले भने, “हामीले देशलाई चाहिने लडाकु बिमान र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू प्राप्त गर्न सक्दो प्रयास गरिरहेका छौं”।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको लन्डनमा भएको बैठकमा उनले भने, “हामी हाम्रो लागि र त्यसैले तपाईका लागि भरपर्दो प्रत्याभूती गर्न चाहन्छौं।” डेनमार्क, फिनल्याण्ड, इस्टोनिया, आइसल्याण्ड, लाटभिया, लिथुआनिया, नेदरल्याण्ड, स्वीडेन र नर्वेका नेताहरू पनि सहभागी थिए।
“हामी अझै पनि मान्छे मार्ने काम रोक्न सक्छौं र त्यो हामी मिलेर गर्न सक्छौं – लोकतन्त्रको विनाश रोक्नुहोस् र यो हाम्रो भूमिमा अब गर्नुहोस्, नत्र तिनीहरू पनि तपाईंकहाँ आउनेछन्,” उनले चेतावनी दिए।
प्रतिक्रिया