गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने

इनेप्लिज २०७८ फागुन ३० गते १०:४८ मा प्रकाशित

पोखरा,फागुन ३० गते।गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ।गीतकार प्रतिष्ठान,नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार, दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा हुने गीत वाचनमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्ने भएको छ।

कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीतसङ्ग्रह प्रकाशित छ।उनका आमा…,मेरै हिमाल जस्तो…,हिउँमा लेखिएका नाउँहरू…,पाइला पाइला काँडा टेकेँ…लगायतका गीतहरू चर्चित छन्।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिवसमेत रहेका श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरू,पाइलाका निबहरूले, जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतको गीत, जिन्दगीको गोधूलिमा, धर्सैधर्साको चव्रmव्यूहलगायतका कृतिहरू प्रकाशित छन्।कार्यक्रममा गीतकार श्रेष्ठले करिब २ दर्जन गीत वाचन गरेर सुनाउने छन्।

गीत गेय विधा भए पनि यसलाई वाचन र पठन गर्न पनि सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले जानकारी दिए।गीतको वास्तविक सर्जक गीतकार सधैँ छायामा पर्ने गरेको तितो यथार्थलाई दुरुत्साहन गर्दै गीतकारलाई विभिन्न माध्यमबाट स्थापित गर्ने प्रयत्नमा संस्था लागिपर्ने अध्यक्ष खनियाको भनाइ छ।

संस्था स्थापनाको पहिलो वार्षिकोत्सवका सन्दर्भमा प्रतिष्ठानले नेपाली गीति परम्परामा नौलो खालको कार्यक्रम आयोजना गरेको सचिव अनुराग अधिकारीले बताए।उनका अनुसार वि. सं. २०७७ चैत ६ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा प्रतिष्ठान दर्ता भएको थियो।आगामी दिनमा पनि गीत–सङ्गीतको उत्थान र गीतकारको हकहितका लागि संस्थाले विभिन्न अभियानहरू सञ्चालन गर्ने तयारीमा रहेको सचिव अधिकारीले जानकारी दिए।

प्रतिक्रिया