गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रिय समिति गठन भएको छ। नया समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुकासाथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्द गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनमा कोरोना महामारीका विरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाईएको कारणले भर्चुवलरुपमा आयोजना गरिएको कार्यक्रममा डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा दश सदस्य गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रिय तर्दथ समिति गठन सर्वसम्मतिवाट गरिएको छ। समितिमा उपाध्यक्षहरु डा. रोवोट घिमिरे र राजु सिलवाल, महासचिव डा. पर्वतराज रेग्मी, सचिव डा. बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन गिरी रहनुभएको छ भने सदस्यहरुमा डा. एलिजा पौड्याल, विकल्प बस्नेत, कमलकुमार कार्की र प्रकाश सुनार रहनुभएको छ।
कार्यक्रममा धारणा राख्दै चीनमा रहेका नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूतहरु दिनेशकुमार घिमिरे (छन्तु), हरिशरण पुडासैनी (क्वान्चौ) तथा नेपाली राजदुतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले एनआरएनए चीनको नया क्षेत्रिय समिति गठनले एनआरएनए चीनलाई थप सघनरुपमा कार्य गर्न र चीनमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्दै यसकोलागि आफुहरुको तर्फवाट सदा सहयोग रहने बचनवद्धता गर्नुभयो।
यस्तै कार्यक्रममा एनआरएनए चीनका केन्द्रिय सदस्य नविन विक, सुदेश झा तथा प्रदिप न्युपाने नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै यस गठन प्रक्रियाले एनआरएनए चीनलाई थप व्यापक बनाउने आफुहरुको सपना पुरा भएको बताउनु भयो। कार्यक्रममा धारणा राख्दै एनआरएनए चीन कार्यसमितिका उपाध्यक्ष विष्णुप्रसाद डुमरु, महासचिव यादव अर्याल तथा सचिव बिष्णुहरि भण्डारीले नया क्षेत्रिय समिति गठनसगैं थप नया उत्साहकासाथ काम गर्ने वातावरण तयार भएको बताउँनुभयो।
केन्द्रिय सदस्य नबिन बि.क ले यसरी नै भाबि दिनमा पनि चीनका अन्य प्रान्तहरुमा क्रमशः थप्दै लैजाने र २०२१–२०२३ मा कम्तिमा पनि १००० सदस्य बनाएर आगामी २३-२५को महाधिवेशनको लागी १०० डेलिगेट्स तयार पार्ने लक्ष्य रहेको बताउनु भयो। किनकी हरेक कुरामा एनआरएनए चीन अगाडी छ, कोभिड १ र २ मा चीनले खेलेको भुमिकाकाो जति प्रशंशा गरे कम हुन्छ तर जब चुनाब र भाग भन्डा आउछ , एनआरएन चीनलाई संख्साको हिसाबमा नजर अन्दाज गरिन्छ, एनआरएन चीनका हरेक साथीहरु केन्द्र हाक्न सक्ने सक्षम हुनुहुन्छ , अब चीनले आफ्नो काम अनुसारको माम खोज्ने बेला आएको छ। चाईनीजमा “ रन तो लिल्यांग ता” भन्ने उखान छ अर्थात जति धेरै मानिस त्यति धेरै शक्ती। सदस्यहरु धेरै भएसी काम गर्न सजिलो हुने र शक्तिशाली संगठन हुने बताउनु भयो। जहा पुग्दैनन रबि त्यहा पुग्छन कबि भनेझै, जहा पुग्दान सरकार त्यहा पुग्छ एनआरएन भनेर युक्रेन र रसियाको युद्दमा गैर आवासिय नेपाली संघले २०० भन्दी बढी मानिसलाई उद्वार गरेको र भुकम्प, बाढिपिडित, अग्नी पिडित लगायत अन्य समाजिक कार्यमा एनआरएनले खेलेको भुमिकाको स्मरण गराउनुको साथै, जति ठुलो संस्था त्यति ठुलो मन्थन र बैचारीक मतभेद हुन्छ, अहिलेको एनआरएनएको घटना पनि त्यही होवर यस घटनाले असल र सक्षम नेतृत्व प्रदान गर्ने र एनआरएनए पहिलाको भन्दा अझ बलियो र सक्षम भएर अघबढ्नेमा बिश्वास ब्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका एनआरएनए चीन कार्यसमितिका अध्यक्ष रोहित अग्रवालले आजको दिन एनआरएनए चीनकोलागि ऐतिहासिक क्षण रहेको भन्दै अव नया ढगंवाट नेपाल र नेपालीकालागि थप प्रतिवद्ध भएर काम गर्ने वातवरण तयार भएको धारणा राख्नुभयो।
यस्तैगरि नवगठित समितिकातर्फवाट अध्यक्ष शर्माले धारणा राख्दै नया समितिको गठन अत्यन्त महत्वपूणर् रहेको र यसले एनआरएनए चीनलाई थप सशक्त, प्रभावकारी र व्यापक बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।
प्रतिक्रिया