तिमि सँग भेटनु मेरो बहाना……………….

गोबिन्द राज ओझा     २०७८ फागुन २८ गते १८:१८ मा प्रकाशित

तिमि सँग भेटनु मेरो बहाना मात्र हो

तिमि सँग मेरो बाल्यकाल देखिको नाता हो

 

तिमि सँग भेटनु मेरो बहाना मात्र हो

यो दिल भित्र तिम्रो तस्विर राखेको हो

तिमि सँग गफ गरी बस्ने मेरो समय हो

म तिम्रो काखमा बस्नु मेरो भाग्य हो

 

तिमि सँग मेरो बाल्यकाल देखिको नाता हो

तिमिलाई यहाँ बोलाएर मनको कुरा भन्नलाई हो

सँगै बाच्ने, संगै मर्ने कसम हामिले खाएकै हो

मेरो मनमा प्रेमका भावना तिमिलाई भनेकै हो

 

तिमि सँग मेरो बाल्यकाल देखिको नाता हो

तिमि सँग भेटनु मेरो बहाना मात्र हो

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,नेपाल

 

प्रतिक्रिया