तिम्रो सुन्दरता हेरिरहु………………………………..

गोबिन्द राज ओझा (राजन) २०७८ फागुन २६ गते ३:१५ मा प्रकाशित

                                                                           

तिम्रो सुन्दरता हेरिरहु, तिमिसँग म रमाईरहु

यो मेरो मन भन्छ तिमिलाई सधै माया गरीरहु

 

बाचुन्जेल सधै तिम्रो साथ पाईरहु

सयौ जुनि सम्म साथ पाउने कसम खाईरहु

यो मनले भन्छ मलाई यो साथ हाम्रो कहिले नछुटोस

जुनि जनि सयौ जुनि तिम्रो साथ मलाई भईरहोस

 

नपरोस रिसाउन कहिले सधै हासि खुसि भएर बस्न परोस

सपनामा मेरो सधै तिमि सँग रमाईलो होस

छुट्टिएर बस्न हामिले कहिले नपरोस

सधै मलाई यो जिन्दगिमा तिम्रो साथ रहोस

 

तिमि जस्ति सुन्दरी मेरो दिलकि रानि बनाएर राखौला

सधै सधै तिम्रो सुखको लागि मैले दु:ख गरी बसौला

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

प्रतिक्रिया