सामूहिक व्रतबन्ध, सामूहिक नवग्रह पूजा, सामूहिक गुन्यु चोली पूजा

इनेप्लिज २०७८ फागुन २५ गते २:०७ मा प्रकाशित

नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा निरन्तर हुदै आएको सामुहिक ब्रतवन्ध,गुन्यु चोली दान जस्ता कार्य कोरोनाको महामारीका कारण अवरोध भई रोकिएको सबैलाई जानकारी नै छ।

अब पुनःयस कार्यलाई सुचारु गर्नको लागि हामीले वटुकहरुको लागि सामुहिक ब्रतवन्ध,कन्याहरुलाई सामूहिक गुन्यु चोली दान तथा सकल परिवारमा सुस्वास्थ्य,उन्नति,प्रगतिको लागि नवग्रह शान्तिको लागि सामूहिक नवग्रह पूजन,हवन,पाठको आयोजना गरेको हुदा ईच्छुक सबैले सहभागिताको लागि नाम दर्ता गर्नुहुन सादर अनुरोध गर्दछौँ।

शास्त्र हराए संस्कृति,संस्कृति हराए संस्कार अनि संस्कार हराए हाम्रो अस्तित्व नै कता हो भनेर खोज्नु पर्ने हुन्छ।

साथै आजको नयाँ पुस्तालाई हाम्रो संस्कार ,संस्कृति ,कर्तव्य र मुल्य मान्यता हामिले दिन सकेनौ भने भोलि पछुताउनुको विकल्प नहुने शास्त्रको मान्यता छ। यसर्थ यस्ता वैदिक यज्ञले धार्मिकपुण्य तथा वातावरणीय रूपमा पनि महत्त्वपूर्ण प्रभाव पार्ने हुँदा सबैले मौकाको फाइदा लिनुहुन हार्दिक अपिल गर्दछौं।

९ अप्रिल शनिवार सामूहिक नवग्रह पूजा

विहान: – ९:०० देखि मध्यान्ह १२:०० सम्म

९ अप्रिल शनिवार ब्रतवन्ध पूर्वाङ्ग पूजा दिउसो ३ बजेबाट ५ बजेसम्म

१० अप्रिल आईतवार

सामूहिक व्रतबन्ध तथा हवन

विहान ८ देखि दिउसो २ बजेसम्म

१० अप्रिल आईतबार सामूहिक गुन्यु चोली पूजा

मध्याह्न १२:३० देखि दिउसो २:३० सम्म।

Regents Park shree Durga Devi Temple sydney

𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫𝐦 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞 𝐁𝐞𝐥𝐨𝐰

• https://nepalesehindusociety.org.au/bartamanna

• https://nepalesehindusociety.org.au/gunyocholo

• https://nepalesehindusociety.org.au/graha-puja

प्रतिक्रिया