पहाड डाडाकाडा घुम्दै……………………………

गोबिन्द राज ओझा     २०७८ फागुन २५ गते १:१४ मा प्रकाशित

 

पहाडका डाडाकाडा घुम्दै हिडने गरेको छु

नदि नलाको दृष्य हेरेर रमाएको छु

 

बादल जस्तै उडि जाने यो मेरो मनलाई

पागल यो दिललाई खोज्दैछु भुलाउनलाई

श्रावणको झरी सँगै रमाउने यो मनलाई

सिमसिम पानिमा भिजेको छु मन भुलाउनलाई

 

तिमिले दिएको खुसिले भरि गयौ यो मेरो दिलमा

बादल जस्तै आकाशमा उडि जाने यो मनमा

कति रमाउछ मन बसन्तको हरियालिमा नजर लगाउदा

खुसि लाग्छ यि डाडाकाडामा लुकेर तिम्रो घर हेर्दा

 

बिजुलि भई यो धर्तिमा चम्कि दिउ म

पागल यो दिललाई सोधि तिमिलाई खोजि रहु म

पाहाड डाडाकाडा घुम्दै हिडने गरेको छु

बादल जस्तै उडि जाने यो मनलाई

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी, नेपाल

 

प्रतिक्रिया