शनिवार – यहूदीको धार्मिक महत्वको दिन: सब्बथ । शुक्रवार सूर्यास्तपस्चात नै यो पर्ब मान्न शुरु गरिन्छ । यो दिन ज्यानकै खतरा नभएसम्म यहूदी धर्मको अनुसार यात्रा गर्न नहुने र आराम गर्ने दिनको रुपमा लिइन्छ । रुस-युक्रेन युद्धका कारण त्रसित विस्वमा भने यहूदी मुलुकका प्रधानमन्त्री नेफ्थाली बेनेटको शनिवार रुसका रास्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को जाने हल्ला फैलिन्छ, तर शनिवार यहूदीको ठूलो पर्व सब्बथको कारण भ्रमण नहुने भनी खण्डन गरिन्छ इजरायलद्धारा । यो हल्लाको आधार भने थियो २४ फरवरीमा रुस-युक्रेन युद्ध शुरु भएपछिको भयावह विस्व परिस्थितिका बीच पहिला २७ फरवरी र त्यसपछि ३ मार्चमा भएका बेनेट-पुटिन फोन बार्ता ।
शनिवार इजरायलको तेल अविवबाट एउटा विमान उड्छ र मस्को उत्रन्छ । सो बिमानमा आएका पाँच ब्यक्तिहरुलाई रुसी रास्ट्रपति पुटिनकोमा लगिन्छ । यो समूहले पुटिनसंग ३ घण्टा अत्यन्तै गोप्य तवरले मिटिङ गर्छ । बार्ताको समयाबधिको अझसम्म भिडियोको त कुरै छाडौं फोटो समेत पनि सार्वजनिक गरिएको छैन । पुटिनसंग यसरी अत्यन्तै गोप्य तवरबाट बार्ता गर्नेमा अरु कोही नभएर थिए त यहूदीको धार्मिक महत्वको दिन सब्बथको धार्मिक परंपरालाई तोड्दै र चलेको हल्लाको खण्डनलाई नै गलत साबित गर्दै आएका उनै इजरायली प्रधानमन्त्री बेनेट र उन्का साथमा आएका मन्त्री जीव इल्किन, सल्लाहकार शिम्रिट मिर, प्रबक्ता मतन सिदि र राष्ट्रिय सुरक्षा सल्लाहकार एबं राष्ट्रिय सुरक्षा परिषदका प्रमुख डा इयाल हुलाता ।
पुटिनसंगको यो ३ घण्टे अत्यन्तै गोप्य मिटिङपस्चात युक्रेनी रास्ट्रपति जेलेन्स्कीसंग टेलिफोन कुराकानी गरे बेनेटले । २४ घण्टाभित्र बेनेटले जेलेन्स्कीसंग तीन पटक फोन वार्ता गरे । बेनेट जर्मन पुगी चान्सलर स्कोल्जसंगको डेढ घण्टाको कुराकानीपस्चात आइतवार पुन: पुटिन, स्कोल्ज र माक्रोनसंग टेलिफोन कुराकानी गरे ।
आइतवार नै राखिएको क्याबिनेट मिटिङमा समेत बेनेटले मिटिङका सबै कुरा नबताए पनि यस्का लागि पुरै अमेरिकनद्धारा संयोजनकारी भूमिका निर्बाह गरेको बताए । बेनेटको दौडधुपको बिषयमा उन्को निकटको च्यानल १२ ले अमेरिकाले बेनेटलाई यो कामको लागि प्रोत्साहित गरेको बताउँदा अमेरिकी श्रोत च्यानल १३ ले भने बेनेटलाई पुटिनले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्न प्रयोग गरेको बतायो । यसै बीच अमेरिकाले आफूसंग तर्किदै गरेको नाटोको सहयोग प्रयोजनको लागि ७,००० भन्दा बढी सैनिक जर्मन पठाउन थालेको छ । यस अघि नै अमेरिकाको हतियार बनाउने कम्पनी रेमिटेन्टले युक्रेनलाई हतियार दिने घोषणा गरेको थियो । यस्ले रुस्-युक्रेन युद्धमा अमेरिकाको दोहोरो भूमिका दर्शाउँछ ।
रुसमा अत्यन्तै गोप्य र महत्वपूर्ण मिटिङ चलिराखेको बेलामा अमेरिकी बिदेश मन्त्री एन्टोनी ब्लिन्केन पोल्याण्ड र युक्रेनको सीमावर्ती क्षेत्रतिर शरणार्थीहरु र युक्रेनका बिदेशमन्त्री द्मित्रो कुलेबासंग भेटघाट गर्दै थिए र चीनको बिदेशमन्त्रीले यस्को बिरोध गरे ।
पुटिनसंगको भेटघाटको क्रममा उपस्थित युक्रेनमा जन्मिएका रुसी भाषा बोल्ने उन्का मन्त्री इल्किन बिगत २० बर्षदेखि इजरायलका प्रधानमन्त्रीका साथमा पुटिनसंगको हरेक मिटिङमा सहभागी हुने गर्छन । खार्किभमा जन्मिएका इल्किन १९९० मा अमेरिकाबाट इजरायल गएका हुन । उन्का भाई अझै पनि खार्किभमा छन ।
विस्वमा इजरायल र युक्रेन मात्रै दुई देश हुन जहाँका सरकार प्रमुख यहुदी छन । युक्रेनमा युद्ध अघि करीब सांढे तीन लाख यहुदी भएकोमा रुस-युक्रेन युद्धपस्चात करीब १,१०० यहुदी युक्रेनबाट इजरायल पुगी त्यहींको नागरिकता लिनेवाला छन ।
रुस-युक्रेन युद्धपस्चात देखिने गरी गरिएको पुटिनको कढा बिरोधका बाबजुद नाटोबाट पाएका आस्वासनहरुका बाबजुद धोका पाएका जेलेन्स्कीले सबैभन्दा बढी फोन इजरायलमा गरी पूर्व प्रधानमन्त्री नेतान्याहु र बर्तमान प्रधानमन्त्री बेनेटलाई रुसी रास्ट्रपति पुटिनसंग कुराकानी गर्न आग्रह गरे । जेलेन्स्कीले पुटिनलाई रोक्ने एउटै देश इजरायल हुन सक्ने लाग्यो । इजरायलले राष्ट्र संघमा रुसका बिरुद्ध मतदान गरे तापनि पुटिनको खुलेर बिरोध गरेका छैनन । जेलेन्स्कीलाई महसूस भयो कि उनी नाटोद्धारा प्रयोग त भए, तर इजरायलसंगको भावनात्मक सम्बन्धका कारण उन्को भरोसाको केन्द्र भनेकै इजरायल हो ।
जेलेन्स्की-इजरायल भावनात्मक सम्बन्ध:
जेलेन्स्की युक्रेनको रास्ट्रपति भएपछि २०२० मा इजरायल गए जुन बेला इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थिए । भेटका क्रममा जेलेन्स्कीले आफ्नो पारिवारिक ईतिहास सुनाए, “एकजना यहूदीको ४ भाई छोरामध्ये ३ भाईको युक्रेनमा सेनाद्धारा हत्या भएको थियो । बाँकी एक फ्रान्समा संघर्ष गर्दै फ्रान्समा दोश्रो विस्वयुद्ध लडे । दोश्रो विस्वयुद्धको समाप्तीको दुई बर्षमा उन्को एक छोरो जन्मियो । त्यस्को एकतिस बर्षमा उन्को एक छोरो जन्मियो । ४० बर्षपछि त्यो ब्यक्ति युक्रेनको राष्ट्रपति बन्यो र अहिले ४ भाईमध्ये बाँकी रहेका ती ब्यक्तिको नातिको रुपमा तपाईंको सामु उपस्थित छ ।” यो कथाले नेतान्याहुलाई भावुक बनायो । दुबैजना यहुदी मुलुकका सरकार प्रमुखका नाताले नजिक त थिए नै, त्यसमाथि जेलेन्स्कीको मार्मिक पारिवारिक कथाले अझै नजिकिए ।
रुससंग युद्ध चलिराखेको देशको सरकार प्रमुख भएका नाताले युद्धको धर्म अनुसार रुसको कढा बिरोध गर्नु स्वाभाबिकै हो, तर आफ्नो देश तहस नहस हुँदा समेत नाटोले सहयोग गर्न खोजेको छनक दिंदै लस्याङ पस्याङ गर्ने नाटोले आफूलाई प्रयोग मात्रै गरेको महसूस गरेका जेलेन्स्कीको लागि विस्वमा युक्रेन बाहेक सरकार प्रमुखका रुपमा रहेका एक मात्रै अर्को यहूदी देश इजरायल मात्रै भावनात्मक सम्बन्धका कारण पुटिनलाई युद्ध रोकाउनमा महत्वपूर्ण देश हुन सक्ने महसूस भयो । आत्मसमर्पण पनि नगर्ने र आफ्नो देशलाई तहस नहस हुनबाट पनि जोगाउने कामको लागि स्वार्थको सम्बन्धभन्दा भावनात्मक सम्बन्ध नै महत्वपूर्ण हुने कुरालाई बुझेर नै इजरायमाथि नै जेलेन्स्की बढी आशाबादी देखिन्छन ।
कम्जोर नाटोका कारण विस्वयुद्ध टर्दै:
रुस-युक्रेन युद्ध विस्वयुद्धतर्फ उन्मुख भएको संकेत त्यसबेला दिन थाल्यो जव रुसमाथि घेराबन्दी बढ्दै जाँदा पनि पुटिन भने पटक्कै नडगमगाइ आफ्नो उद्धेस्य प्राप्ती कार्यमा युक्रेनमाथि आक्रमणलाई बढाउँदै लगे । जेलेन्स्कीको आग्रहलाई सुनेर नाटोले आफ्नो कार्यबाही अगाडि बढाएको खण्डमा रुससंग युद्ध गर्न चाहेको भन्ने आशयको अभिब्यक्ति र आफ्नो आणबिक बमलाई अलर्ट राख्ने आदेश दिएपछि युक्रेनलाई सहयोग गर्न अगाडि बढेका देशका सहयोग भने सकृय हुन सकेन । ‘नो फ्लाई जोन’ घोषणा गर्न जेलेन्स्कीको बारंवारको आग्रहपस्चात पनि यस्तो नगर्न गरिएको रुसी चेतावनीका कारण त्यो घोषणा पनि हुन सकेन । नाटो एकताबद्ध भएर युक्रेनलाई सहयोग गर्दा रुस आक्रोसित भएर युक्रेनमा भएका परमाणु प्लान्ट र ग्यासको श्रोतमाथि पूर्ण रुपमा क्षति पुर्याएको खण्डमा मध्य यूरोपका अधिकांश देश असहज अवस्थामा हुने त्रासमय वातावरणले ग्रस्त देखियो मध्य यूरोप । त्यसमाथि नाटोका प्रभावशाली देशहरु जर्मन र फ्रान्सको पहिलादेखि नै केही दूरी बढिसकेको थियो ।
रुस बिरोधी देशका रुपमा रहेका देशहरुमा भएको संपूर्ण आणविक बमहरुभन्दा बढी आणविक बम रुस एक्लैसंग छ । त्यसमाथि विस्वयुद्ध भएको खण्डमा रुसको साथमा चीन, भारत, पाकिस्तान, उत्तर कोरिया जस्ता देश एक ठाउँमा हुनेछन भने नाटोमा भएका देशहरुमा अंग्रेजी नबोलिने देशहरुको नाटोसंगको त्यस्तो मजबुत ‘बन्ड’ देखिन्न । यूरोपियन युनियनले पनि युक्रेनलाई सहयोग नगर्ने निर्णय गरिसकेको छ । रुस-युक्रेन युद्ध चलिराख्दा ताइवानका रास्ट्रपति र अमेरिकाका पूर्व बिदेशमन्त्रीका बीच हुने भेटघाटको समयमा ताईवानमा ब्ल्याक आउट हुनुमा शंका चिनमाथि गरिएको छ । यस्ले लाइभ स्ट्रिमिङ रद्ध गर्न पर्यो । तावानका ५५ लाख घर बत्तीबिहिन हुन पुग्यो । चीनका फाइटर ताईवानको एयरस्पेसमा प्रबेष गरिसकेको छ भने चीनका बिदेशमन्त्रीले रुस-युक्रेन युद्ध समस्याको बिषयमा बिबाद समाधान गरिनुपर्ने बताएका छन । यी सबै फरक फरक जस्ता देखिने परिघटनाहरु भए तापनि रुस-युक्रेन युद्धमा प्रत्यक्ष र परोक्ष रुपमा रुसप्रतिको कुटनीतिक समर्थनका अन्तरसम्बन्धित बिषयबस्तु हुन जस्ले संभावित विस्वयुद्धलाई टार्ने भूमिका निर्बाह गर्न सक्छ ।
रुस र चीन शक्ति क्षय गराउने अमेरिकी रणनीति?:
रुसको युक्रेनसंग र चीनको ताईवानसंग युद्ध गराएर अमेरिका रुस र चीनको शक्ति क्षय गराउने रणनीतिमा छ भन्ने तर्क पनि उठ्ने गरेको देखिन्छ । यदि यो सही हो भने अरुको शक्ति क्षय गराउँदै हिंड्नेभन्दा आफ्नै शक्तिको अभिबृद्धि गर्ने रणनीति नै उत्तम हो भन्ने सबैले बुझ्नु जरुरी छ ।
आन्तरिक द्वन्द्वले जर्जर एवं अन्तर्राष्ट्रिय जगतको ऋण र दयाको पात्र झैं बनेको मुलुकको नेतृत्व लिएका पुटिनले आफ्ना शुरुवाती आठवर्षे कार्यकालमा जीडीपी, औद्योगिक विकास र आर्थिक लगानीजस्ता अर्थतन्त्रका प्रायः सबै सूचकांकहरू अत्यन्त प्रभावशाली ढंगले वृद्धि गरे । गरिबीको रेखामुनि रहेको जनसंख्या आधा घट्यो भने औसत तलबमा पाँच गुणा वृद्धि भयो । स्थायित्व र राष्ट्रिय गौरवको नयाँ चेतना रुसमा विकास भयो । सरकारले ’स्थिरीकरण कोष’(स्टेविलाइजेसन फन्ड) को माध्यमबाट दुई वर्षभित्रै त्यसमा जम्मा भएको पैसाले अन्तर्राष्ट्रिय मुद्रा कोष र पेरिस क्लबजस्ता संस्थाको सोभियतकाल देखिकै सबै ऋण समयभन्दा धेरै अगाडि चुक्ता गरेर रुसले राष्ट्रिय स्वाभिमान पुन: स्थापना गर्यो ।
चिनियाँ राष्ट्रपतिको पाँच वर्षे दुई कार्यकाल रहन पाउने संवैधानिक व्यवस्थालाई हालैको नेशनल पिपुल्स कंग्रेसको बैठकले अन्त्य गरी वर्तमान राष्ट्रपति सि जिनपिङलाई माओपछिको सबैभन्दा शक्तिशाली नेताको रुपमा स्वीकारेको छ ।
वर्तमान आधुनिक विश्वमा भैरहेका नेतृत्वदायी ब्यक्तिका कारण छोटो समयमा नै गरेको आश्चर्यजनक प्रगतिको ज्वलन्त उदाहरण हुन यी दुई देश । प्रजातन्त्रको नाममा सि जिनपिङ र पुटिनको यी कदमको बिरोध अन्तराष्ट्रिय राजनीतिका कारण बाहिरबाट गरिएलान्, तर देशका लागि उनीहरुले पुर्याएका र विश्वले नै देखेका अतुलनिय उल्लेख्य योगदानका कारण भित्रको उल्लेख्य जन समर्थनले बाहिरी बिरोध निरर्थक साबित गरिदिनेछ । समाजवाद र प्रजातन्त्रको झन्डा राजनीति गर्नेका लागि उपयुक्त होलान, तर देश बिकासको लागि उपयुक्त नहुन सक्छ भन्ने कुरा पछिल्ला समयमा प्रमाणित भैसकेका छन ।
बिभिन्न देशमा रुसको बैंकिङ कारोवार रोक्ने निर्णय गरे तापनि २०२१ मा चिनिया बैंकिङ कारोवारमा १,२०० नयाँ सहभागी थपिएको र बैंकिङ कारोबार १२.७ ट्रिलियन डलर पुगेको देखिन्छ जुन गत बर्षको तुलनामा ७५% बढी हो । यस्तै किसिमले रुसका अत्यन्तै निकटका मित्रशक्तिहरुमा पनि भएको हुन सक्ने भएकोले रुसलाई यो किसिमको नाकाबन्दीले खासै असर नपारेको हुन सक्छ र यो नाकाबन्दी समस्या समाधान नै भएको खण्डमा आस्थायी पनि हुन सक्ने देखिन्छ ।
सबल नेतृत्वका कारण युद्धमा भएको क्षतिलाई यी देशले छिट्टै सन्तुलनमा ल्याउन सक्ने कुरामा पनि सन्देह छैन ।
उपसंहार:
स्वार्थसिद्धिका लागि काम गर्नेहरुमा पूर्ण रुपमा भर पर्न नहुने र त्यस्ताहरुको पछाडि लागेर प्राप्त गरेको उचाइ घातक हुन सक्ने रहेछ भन्ने कुरालाई जेलेन्स्कीले राम्ररी महसूस त गरिसकेका छन नै, तर पनि यो अत्यन्तै जटिल परिस्थितिमा बुझेको कुरालाई पनि नबुझेको नाटक गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा पनि छन उनी । त्यसैले पनि भावनात्मक सम्बन्ध भएको इजरायलतिरै उन्का फोनहरु तारान्तर लागिरहन्छन । अमेरिकालाई पनि टेक्ने हाँगाहरु मक्किसकेको भान भैसकेको छ । नाटोका तर्फबाट भन्दा फ्रान्स र जर्मन आफ्नै किसिमले काम गर्ने र मूलत: मध्य यूरोपका अधिकांश देशहरुको नाटोप्रतिको लगाव खासै नभएको पनि अमेरिकाले बुझिसकेको छ । आफूलाई प्रत्यक्ष ठूलो फायदा हुने नभै अमेरिका आफू युद्धमा सामेल नहुने, तर अरुलाई उपयोग गर्न खोज्दा सबै तर्कने अवस्थाको सामना गरिराखेको र रुसको युक्रेनसंगको युद्ध भनेको एक किसिमले रुसको नाटोसंगकै युद्ध भएकोले युक्रेनको पूर्ण रुपमा हुने हारले बिशेषत: अमेरिकाको साख अझै स्खलित हुने भएकाले अमेरिकाका लागि पनि तटस्थताको लागि इजरायल नै उपयुक्त पात्र हुन सक्ने भएकोले नै इजरायलको तुफानी दौडधुप भएको हुन सक्छ युक्रेन समस्या समाधानका खातिर ।
रामकुमार श्रेष्ठ @Ramkshrestha
प्रतिक्रिया