सुनिता बस्नेत थापा-मार्च महिनालाई महिलाहरूको महिना पनि भन्ने गरिन्छ।मार्च महिनामा प्याजी,हरियो,र सेतो रंगलाई IWD (International Women Day)ले प्रतिकको रूपमा राखेको छ।प्याजी रॅग न्याय र आत्मसम्मान,हरियो आशा र सेतो शुद्दतालाई महिलाहरूको प्रतिक बनाइएको छ।लामो संघर्ष गरेर बलिदानी पूर्वक अधिकारहरू प्राप्त गरेको दिन मार्चआठ अन्तर्राष्ट्रिय महिला दिवश।
हुन त कतीपय देशका महिलाहरूले सयौँ बर्ष पहिला प्राप्त गरेका अधिकारहरू यधपी उपभोग गर्न पाएका छैनन्।
संयुक्त राष्ट्र संघको स्थापना भए पछी १९७५ मा मार्च आठलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा घोषणा भयो।त्यस पछि सन्सारभरी मनाउन थालिएको हो।यो एक बिशेष दिन हो जसले महिला अधिकार प्राप्तीका लागि ठूलो बलिदानबाट यो दिन प्राप्त भएको हो। विश्वमा महिलाहरूको पहिचान शुरूभएको हो यो दिन मार्च आठ।महिलाहरू प्रति हुने सबै प्रकारका भेदभावहरूको अन्त्यका लागि संघर्षहरू भए।लैँगिक भेदभाव बिरूद्ध र लैँगिक समनाताका निम्ती अन्दोलनहरू भए।महिला हिँसा बिरूद्धका ती सबै लँडाईँहरूमा विजय प्राप्त गरेको दिन हो मार्च आठ।
महिलालाई काममा बिभेद,ज्यालामा पक्षपात,सम्पती उपभोगमा पक्षपात आदि इत्यादिले महिलाहरूलाई कानूनी रूपमै फरक परिभाषित गरिन्थ्यो।अझै पनि कती राष्ट्रहरूमा महिलालाई भोट दिने अधिकार छैन।चुनाबमा नेतृत्व गर्ने पाउने कुरा त टाढाको भयो।छोरी भएर जन्मिना साथ शिक्षा आर्जन गर्न बन्चित गरिन्छ ।हुँदा हुँदा छोरी जन्मने थाहा पाए पछी पेटमै हुँदा भ्रूण हत्या गर्ने जस्ता अपराधहरू बढेका छन्।महिलाहरूलाई गाडी चलाउने अधिकार छैन।महिलाहरूले नागरिकता पाउँदैनन्।भन्नलाई आधा आकाश भनेर महिलाहरूलाई परिभाषित गरिए पनि व्यवहारमा त्यस्तो पटक्कै देखिदैन।
हाम्रै देश भित्र अझै कती असमान कानूनहरू छन्।कती बिभेदहरू रहेका छन।त्यसैले त धेरै महिलाहरूले हत्या हिँसा र बिभेद सहिरहनु परेको छ।कानूनका आँखामा पट्टीलगाएको छ।बाबुले सही नगरे सम्म छोराछोरीले नागरिकता पाउँदैनन्।जन्माउने आमा,हुर्काउने आमा,पालनपोषण गर्ने आमा,तर बाबुको सहि बिना नागरिकता पाउँदैनन्।त्यस्तै एकल आमाले जन्माएका छोराछोरीले नागरिकता पाउँदैनन्।समाजका ऐँजेरूहरूले थुप्रै नावालिकहरूलाई ललाईफकाई यौन शोषण गरेका छन।ती अवोधबाट जन्मिएका सन्तानले नागरिकता पाउँदैनन्।
त्यस्तै समाजको अर्को रोग हो दाइजो प्रथा।दाइजोका कारण धेरै परिवारहरू तहसनहस भएका छन्।दाइजो दिने सम्पती नभएर धेरै छोरीहरूले बिवाह गर्ने सपनालाई पुरा गर्न पाएका छैनन् । दाइजो कमभयो भनेर कती यूवतीहरूलाई विवाह पश्चात यातना दिने र ज्यान समेत लिने कुकर्म भएका छन्।दाइजो दिने पैसा नभएर बाबुआमाले आत्महत्या गरेका छन्।छोरीहरूले सामूहिकरूपमा इहलिला समाप्त गर्ने सम्मका घटनाहरू हाम्रो समाजमा घटेका छन्।
छोराले के पढेकोछ,त्यसको पढाई अनुसार दाइजो माग्ने कुप्रथा व्याप्त छ।छोरीको विवाहमा दाइजो दिनु पर्छ भनेर छोरीलाई स्कुल नपठाउने।सानैमा छोरीको विवाह गरी दिने।त्यस पछि त्यो अवोध वालिकाले जीवनभरी घरेलु हिँसाको सिकार हुनु पर्ने जस्ता बिकृतिहरू हाम्रो समाजमा व्याप्तछन्।अझ भन्ने हो भने तराईमा यो क्यान्सर रोगझैँ भएर रहेको छ।यही कुप्रथा दाइजोको विरोधमा साहित्यकार एवं स्रष्टा सॅाझ अमेरिका रचना,सॅगीत तथा स्वर कार्यक्रमका सहजगर्ता सुरेन उप्रेतीज्यूको स-शक्त शब्द रचनामा “मोटरगाडी दाइजो लिई” गीत नारी दीवश २०२२ को पुर्व सन्ध्यामा आएको छ ।
उप्रेतीले आफ्नै युट्युब च्यानलबाट संप्रेशण गरिएको यो गीत संसारभरका महिलाहरुलाई उपहार स्वरुप समर्पण गरेका छन्।सो गीतमा चर्चित संगीतकार राजकुमार बगरले संगीत भरेका छन् भने गहकिलो नारी आवाजमा निशा देशारले स्वर भरेकी छन्।यो गीतले अहिलेको परिप्रेक्षमा एक सबल महिलाले आफु दाइजो विना नै विहे गर्ने अठोट व्यक्त गरेकी छन्। सामान्य नेपाली परिवारमा आफुलाई पढाउँदा लागेको ऋण अझै तिर्न बॅाकि छ।
यसमा अझै दाइजोको बोझथोपर्न म सक्दिन भनेर विद्रोह गरेकी छिन् भने आफु पढिलेखि सबल भएकी छु ।आफ्नो बोझ आफै उठाउन सक्छु। दाइजो मागेर बिहे गर्ने मान्छेसॅग बिहे गर्दा भोग्न पर्ने तनाव भोली माइतीमा पर्न सक्छ भन्दै सचेतना जगाएकी छिन्।
त्यस्तै दाइजो दिएर बिहे गर्नु नैतिक पतन हुनुहो भनेकी छन्।यो गीत महिला एवं किशोरीहरुको प्रतिनिधित्व गर्ने एक आत्मबल पनि हो। परिवार र समाजको लागि सबल छोरीले दिएको सकारात्मक संदेश पनि हो। गीतकार एक पुरुष भएर पनि महिलाको आवाज बनी सॅदेश दिन सक्नुले साहित्यको कुनै लिंग हुंदैन भन्ने प्रमाणित गरेको देखिन्छ।समाजलाई चेतनाको आँखा खुलाई दिने यो गीतको सर्जक कलाकार र संलग्न सबैजनालाई हार्दिक धन्यबाद सहित सफलताको हार्दिक शुभकामना छ।
यो तलको लिँकमा गएर तपाईले पनि सुन्न सक्नु हुनेछ।
Preview YouTube video Daijo( दाइजो)|Nepali Song|Nisha Deshar|Rajkumar Bagar|Suren Upreti|2022
Daijo( दाइजो)|Nepali Song|Nisha Deshar|Rajkumar Bagar|Suren Upreti|2022
प्रतिक्रिया