काठमाडौ फागुन २२ गते।नेपालमा पहिलो पटक रक्तदान गर्ने ब्यक्ती प्रती समर्पित हुँदै बिगत सात बर्षदेखी फागुन २२ गतेलाइ ब्लड डोनर्स एसोसिएशन नेपालले ‘राष्ट्रीय रक्तदाता दिवस’ मनाउदै आएको छ।
यसै अबसरमा ‘अर्जुन मैनालीको रक्तदान’ छन्दानुवाद पुस्तक काठमाडौ महानगरपालीकाका मेयर विध्या सुन्दर शाक्य र बागमति प्रदेश सभा सदस्य नरोत्तम बैध्यले संयुक्तरूपमा विमोचन गर्नुभएको थियो।१० हजार प्रती छापिएको उक्त पुस्तकमा रक्तदाता मैनालीले रक्तदान उत्प्रेरणा गराउनु भएको बिषयमा कवि सुदेश सत्यालले छन्दानुवाद गर्नुभएको छ।
नेपालका पश्चिमी पहाडी भेगका माध्यमिक विद्यालयका बिध्यार्थीहरूमा रक्तदान गर्न उत्प्रेरणा गराउने उद्देश्यले सो पुस्तक तयार गरिएको हो।
अर्जुन मैनालीले ६ वटै महादेशका १७ देशहरूमा २०१ पटक रक्तदान गरेका छन। अमेरिकी नेपाली समुदायमा रक्तदान संस्कृति बसाउन उनको ठुलो भुमिका रहेको छ।
प्रतिक्रिया