अमेरिकामा पत्नीले पतिलाई बिश्वासघात गर्न किन बाध्य हुन्छन त ?

विजय थापा २०७८ फागुन २१ गते २३:४२ मा प्रकाशित

सम्बन्ध व्यक्तिगत जीवनमा सबै भन्दा महत्त्वपूर्ण पक्ष हुन्छ । अब अमेरिकामा मात्र पत्नीले पतिलाई धोका गर्ने मात्र नभएर हाम्रो मुलुकमा पनि यसको रोग बेतोड संग झ्याङ्गिन थालेको छ । बैबाहिक जीवनको गाँठोमा बाधिएको केही समयमा नै महिलाले पारपाचुके माग्ने नेपालमा प्रसस्त हावा चल्न थालको छ  ।पति तथा ससुरालीसंग मनग्गे पैसा लिने र अर्को बिबाह गरि विदेश हानिने अब सामान्य हुन् थालेको छ । र ,पुरुषले पनि पत्नी हुँदा हुदै अर्की ल्याउने र विदेश जाने प्रचलन त्यतिकै बढ्न थालेको छ ।

विश्वमा महिलाले पुरुषको तुलनामा आफ्ना पति या प्रेमीलाई जीवनकालमा धोका दिने गरेको तथांकले देखाएको छ । दुई मध्ये एकले आफ्नो सम्बन्धमा असन्तुष्टि देखाउदै जीवन अग्रगामी दिशामा जान नसक्ने भविष्य देखे पछि दुई ध्रुब फर्कने निधो गर्ने चलन समाजमा बढ्दो अवस्था भै रहेको छ ।

बिबाहित रहेका जोडी मध्ये एकले धोखा दिने पछि यस्तो घटना चक्र बढ्न थालेको छ । जोडीले अर्को संग प्रेम चक्करमा परि प्रेम तिथि-निर्धारण (डेटिङ्ग) गर्ने सुरुवात गरे पछि समस्या उत्पन्न भएको देखाएको छ ।

जोडीले अर्को संग प्रेम चक्करमा परि प्रेम तिथि-निर्धारण (डेटिङ्ग) गर्ने सुरुवात गरे पछि समस्या उत्पन्न भएको देखाएको छ ।

तथ्याङ्क अनुसार महिलाहरुले समग्र प्रतिशतमा पुरुषहरू भन्दा तुलनात्मक रुपमा अधिक धोखा दिने गरेको पाईएको छ भने बिबाहित पत्नी या संगै सह-बसोबासमा रहेका महिलाले ज्यादा बिश्वासघात गरेको देखाएको छ ।

ब्रम्हाण्ड भर १७ प्रतिसत यहि बिश्वासघातको कारण बैबाहिक जीवनको सम्बन्ध बिच्छेद हुने गरेको पाइएको छ । जस अनुसार प्रत्येक १ सयमा १७ जोडीले सम्बन्ध बिच्छेद एक अर्कामा धोखा दिने गरेको कारण हुन् पुगेको छ ।

५० देखि ६० प्रतिसत जुन महिलाहरु ज्यादा महानगरी क्षेत्र ,घना वस्ती ,ठुला शहर या अहोरात्र चलायमान हुने शहरमा बसोबास गर्ने महिलाहरुले धोखा दिने गरेको स्वीकार गरेका छन् । आश्चर्यको तथ्यांक यो रहेको छ कि बिबाहित जीवनमा रहेका करिब ४५ प्रतिसत महिलाहरुले बिश्वभरमा आफ्ना पति/प्रेमीलाई धोखा दिने ज्यादा सम्भावना रहेको छ ।

अमेरिकाको नेसनल ओपिनियन रिसर्च सेन्टरले २०१० मा गरेको सर्वेक्षण अनुसार पुरुषहरुले धोखा दिने प्रतिसत २१ प्रतिसत यथावत रहेको परिणाम निकालेको छ भने महिलाहरुले प्रेमी या लोग्नेलाई बिश्वासघात गर्नेमा १४. ७ प्रतिसतले वृद्धि भएको देखाएको छ भने अझ यो वृद्धि प्रत्येक बर्ष फराकिलो हुदै आएको देखाएको छ ।

महिलाहरुले प्रेमी या लोग्नेलाई बिश्वासघात गर्नेमा १४. ७ प्रतिसतले वृद्धि भएको देखाएको छ

अमेरिकाको प्रसिद्ध टेलिभिजन फक्सका निर्माताले गरेको एक सर्वेक्षणमा हाल किन महिलाहरुले ज्यादा धोखा दिन्छन यदि हो भने किन भनि राखेको प्रश्न राखेका थिए l बस तथा स्याकलफोर्डको अध्ययन अनुसार अमेरिकाका ५० देखि ६० प्रतिसत जोडीले जीवनको कुनै काल खण्डमा गएर एक अर्कालाई धोखा या बिश्वासघात गर्ने गरेको तथ्य निकालेको छ ।

१८ देखि २९ बर्ष उमेरका विवाहित वयस्कहरू मध्ये, महिलाहरू पुरुषहरूको तुलनामा विश्‍वासघात गर्ने दोषी हुने सम्भावना अलि बढी हुन्छ अर्थात् (११ % बिरुद्ध १० % ) ।

तर यो अन्तर ३० देखि ३४ वर्षको उमेर समूहमा उल्टो छ र वृद्ध उमेर समूहहरूमा यो फराकिलो देखिन्छ । तथ्यांकले पुरुष र महिला दुवैको लागि विश्वासघात मध्यम उमेरमा बढ्छ भनेको छ ।

६० वर्षका महिलाहरूले विश्वासघातको उच्चतम दर (१६%) रहेको छ तर ७० र ८० वर्षका महिलाहरूबीच निकै कम रहन्छ भनि तथ्यांकले बताएको छ ।

तुलनात्मक रूपमा ७० वर्षका पुरुषहरूमा विश्‍वासघात दर उच्चतम २६ % छ, र यो ८० बर्ष र माथिका पुरुषहरू (२४ %) मा उच्च रहन्छ।

१९९० को दशकमा पुरुषहरूले महिलाहरू बढी धोका दिने सम्भावना भएको तथ्यांकले देखाएको छ । १९९०को दशकमा ५० देखि ५९ (३१ %) उमेरका पुरुषहरू र ४० देखि ४९ (१८ %) उमेरका महिलाहरूमा विश्वासघात दर चरम रहेको थियो भनि आइएफस्टडिज डट अर्गले तथ्यांक निकालेको छ ।

बैबाहिक जीवनमा बाधिएको लामो समय पश्च्यात पुरुष या महिलाले आखिर किन बिश्वासघात गर्ने या धोखा दिने गर्छन त ? र ,केहि बर्ष देखि महिलाहरुले धोखा दिने क्रममा किन वृद्धि हुदै गै रहेको छ यसका कारण यसरी ब्याख्या गरिएको छ l

आर्थिक स्वतन्त्रता :

काममा पुरुष तथा महिलालाई समानता भएको कारण महिलाहरुलाई अमेरिकामा आर्थिक स्वतन्त्र बनाएको छ जस्को कारण महिलाहरु आर्थिक स्वतन्त्र हुन्छन । जसको कारण महिला कसैको भरोशामा बाच्न बाध्य हुदैनन् । महिला कसैको आदेश र नियन्त्रणमा बस्न नचाहने हुनाले परिस्थिति खराब हुदै धोखा दिन सुरु गर्ने देखाएको छ । र ,नेपालमा पनि महिला आत्मनिर्भर ,शिक्षित तथा सशक्तिकरण भएकोले अहमता बन्दै दुई तर्फ मुख फर्कने सरल रुपमा लिने भै सकेको अवस्था पनि देखा परेको छ ।

शारीरिक सन्तुष्टि :

शारीरिक सन्तुष्टिको ख्याल नगर्ने र ईक्षाहरु पूर्ति नगर्ने अवस्थाको श्रीजना भए पछि यसमा महिलाहरु साबधान रहन्छन । महिला तथा पुरुषका शारीरिक आवस्यकता तथा आनन्द फरक हुन्छ l जसको कारण त्यो प्राप्त गर्न पनि कैयौ महिलालाई धोखा दिन बाध्य गराउदछ ।

आत्म सम्मानलाई प्रोत्साहन :

कैयौ महिलाले आफ्नो आत्म सम्मानलाई प्रोत्साहन गर्न आफ्नो जोडीलाई धोखा दिने गर्छन l पुरुषलाई बिश्वासघात गर्नु या धोखा दिनु र अर्कैलाई ध्यान दिने गर्नाले महिलाले आफुलाई महत्वपूर्ण तथा शोभायमानको अनुभूति गर्दछन l

भाबुकताको जरूरत :

सम्बन्ध स्थापित भएको एक निश्चित समय पछि हरेक कुराको बिषयमा एक अर्कामा हिस्सा गर्नु पर्ने हुन्छ । र ,चर्चा गर्नु पर्ने हुदा हुदै मन्द बिन्दुमा त्यो नहुन जादा अलिक संचारको कमि हुन् जान्छ । बिबाहित महिला जो अत्यधिक समय घरमा बिताउने हुनाले उनीहरु दिक्दार तथा उदास हुन्छन । उनीहरु पिंजरामा कैद भएको महसुस गर्छन l।र ,त्यो भाबुकताको जरूरत प्राप्त नगरे पछि नया कथासंगै नया पुरुषसंग प्राप्त गर्ने हुन्छन ।पुरुष बाहिर हिड्ने मात्र गर्ने र महिला चाही घरको चार दिवारमा बस्नु पर्ने सोची दिंदा कुरा गडबड हुने र सम्बन्ध बिच्छेद हुन् पुग्दछ ।

केवल भाबुकताको आवस्यकलाई प्राप्त गर्न मात्र धोखा दिने र उक्त कुरा नयाँ व्यक्तिसंग पाउने भएकोले महिलाहरु पुरुषको तुलनामा ज्यादा धोखा दिने गरेको देखिएको छ ।

संबंध-विच्छेद रणनीति :

धोखा दिने महिलाले अपनाउने सबै भन्दा साधारण तथा सामान्य कारण हो ,संबंध-विच्छेद रणनीति । बिबाहित महिला भै रहेको सम्बन्ध टुटाउन चाहदैनन् l।भयभित हुने हुन्छन । जब महिलाले सम्बन्ध टुटाउन चाहना राख्दछन अनि महिलाबाट पति या प्रेमीलाई धोखा दिन सुरु गर्ने गर्छन । यदि महिलालाई जोडीले रंगे हात पक्राउ गरे भने त्यहि सम्बन्ध टुक्रिन्छ । यदि पक्राउ भएन भने प्रेमीसंग सौभाग्यशाली भएको अनुभूति गर्दछन ।

बैज्ञानिक कारण :

सुन्दरी महिलाको चुलबुले तथा धोखापूर्ण प्रवृति बैज्ञानिक कारणबाट ब्याख्या यसरी गरिएको छ । जुन महिलाको आकर्षित अनुहारका कृतिहरु जस्तै गालाको ठुलो हड्डी तथा अति मिलेको मुखाकृति बनावट नै महिलाको शरीरमा हर्मोन ईस्ट्राडिओल ज्यादा मात्रामा भएको हुन्छ । जुन महिलाको गर्भाशयको हर्मोन हो ।

जसको कारण महिलालाई ज्यादा आत्मविश्वासी ,ज्यादा सुन्दरीको साथै ज्यादा उर्वर भएको अनुभूति अन्तरिक रुपमा गराउदछ l सुन्दरी महिलाहरु अत्यधिक परिणाममा ईस्ट्राडिओल भएको कारण शरीरमा आत्म विश्वास बढ्ने र जसको कारण असन्तुष्टि देखाउदै आफ्नो पति या प्रेमीलाई धोखा दिने गरेको पाईन्छ ।

हाम्रो समाजमा पुरुषहरुले मात्र आफ्ना पत्नी या प्रेमिकालाई धोखा दिने र बिश्वासघात गर्ने भन्ने कुरा पूर्ण रुपमा गलत तथा असत्य हो भने कैयौ महिलाले पनि आफ्ना पति या पत्नीलाई धोखा दिएको कैयौ प्रमाण तथा उदाहरण अमेरिकामा छन् ।

महिलाहरु पहिलाको तुलनामा काममा ज्यादा देखिन्छन र पुरुषसंग उनीहरु संगतमा पर्ने हुन्छन l अहिले पुरुषहरु घर मै काम गर्ने र महिला बाहिर गएर काम गर्ने पनि परिपाटी भएको कारण पनि त्यहाँ बाट पनि महिलाले चिटिंग (धोखा )गर्ने गरेको पाइएको छ ।

त्यसको अतिरिक्त सामाजिक संजालको माध्यमबाट सरल रुपमा धोखा गर्न सजिलो बनाई दिएको सर्वेक्षण र अन्तर्वार्ताले देखाएको छ । धेरै महिलाले चलचित्रमा गरिएको प्रेम र रोमान्चकको कारण यस्तै परिकल्पना गर्ने समेत गरेको तर वास्तविक बैबाहिक जीवनमा त्यो यथार्थतामा नपाउने हुनाले त्यहाँबाट पनि बिश्वासघात गर्ने गरेको कबुलेका छन् ।

महिलाहरुले वास्तबमा दिलै देखि भावनात्मक रुपमा जोडिएको पुरुषलाई मन पराउने हुन्छन l पुरुष धोखेबाजले गरे जस्तै महिलाले पनि बिबिध कारणले धोखा दिने गरेको सर्वेक्षणले देखाएको छ । उनीहरु आकर्षित भएको अनुभूति गर्न चाहन्छन ,जवान हुन् चाहना राख्नुको साथै भावनात्मक रुपमा सम्बन्ध राख्न चाहन्छन ।

अमेरिका र बिश्वमा दम्पत्तिले यसरी एक अर्कामा धोखा दिने गरेको तथ्यांकले देखाएको छ भने यसले नेपाली समुदायलाई कति प्रतिसतले छुन्छ त्यो पनि सोध र अनुसन्धानको बिषय पनि हुन् सक्छ । यस कुटनीतिमा भित्र तपाई र हामी कतै संलग्न त छैनौ ? यसले नेपाली समुदायमा कस्तो संदेश दिन्छ ? त्यो नेपाली समुदाय र नेपाली समुदायका सदस्यले घोत्लिनु पर्ने हुन्छ ।

वैयक्तिक स्वतन्त्रता तथा व्यक्तिगत मामलाको कुरा हुन् l निजि जीवनका मुद्धाहरु हुन् l यो एउटा तथ्य मात्र पस्किने जमर्को गरिएको हो । कुनै पनि महिला या पुरुषको चरित्र प्रति प्रश्न उठाउने उदेश्यले कलम चलाईएको हैन ।कुरा दोचार्ने नियत पनि कदापी हैन ।

कसैको चियोचर्चो गरि कालो कर्तुत पर्दाफास गर्ने अभिप्राय पनि हैन । धोखा दिने सोचाईको कहिले अन्त्य हुदैन । जस्को कारणले पुरुष या महिलाको मन तथा हृदय टुटदछ । जस्ले जटिल तथा अप्ठ्यारो अवस्था निम्त्याई दिन्छ ।

श्रोत :गुगल/विभिन्न पत्र पत्रिका

तस्बिर :ब्रजेश महर्जन

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया