पुटिनले हवाई निषेधित क्षेत्र (नो-फ्लाई जोन)लगाउने देशहरूलाई “सैनिक द्वन्द्वमा सहभागी” मानिने

इनेप्लिज २०७८ फागुन २१ गते १७:२१ मा प्रकाशित

पुटिनले हवाई निषेधित क्षेत्र (नो-फ्लाई जोन)लगाउने देशहरूलाई “सैनिक द्वन्द्वमा सहभागी” मानिने बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेनमाथि हवाई निषेधित क्षेत्र (नो-फ्लाई जोन )लगाउने देशहरूलाई द्वन्द्वमा सहभागी भएको विचार गर्ने बताएका छन्।

“हामी तिनीहरूलाई तुरुन्तै सैन्य द्वन्द्वमा सहभागीको रूपमा विचार गर्नेछौं, र तिनीहरू कुन संगठनका सदस्य हुन् भन्ने फरक पर्दैन,” पुटिनले रूसी राष्ट्रिय बिमान (एयरलाइन्स)का उडान चालक दलका सदस्यहरूसँगको बैठकमा भने।

“यो गर्न असम्भव छ, युक्रेनको धेरै क्षेत्रमा, यो केही छिमेकी राज्यहरूको क्षेत्रबाट मात्र सम्भव छ। तर यस दिशामा हुने कुनै पनि आन्दोलनलाई हामीले सशस्त्र द्वन्द्वमा सहभागिताका रूपमा लिनेछौं,’ पुटिनले थपे।

प्रतिक्रिया