विराटनगर,२१ फागुन(रासस):नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पछि पार्टीमा कुनै तिक्त्ता नरहेको बताउनुभएको छ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्य समितिद्वारा आज यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी नभएको भन्दै कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो आगामी चुनावसम्मको लागि होइन भत्रुभयो।
सिद्धान्त र विचार नमिल्ने कम्युनिस्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनाव नजाने भन्दै केन्द्रीय सदस्य डा कोइरालाले नेपाली कांग्रेस निर्वाचनमा एकलै प्रतिस्पर्धा गर्ने दावी गर्नुभयो।
उहाँले नेपाली कांग्रेस विधी मात्रे र न्याय गर्ने पार्टी भएकोले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदशीृ,उत्तरदायी र जवाफदेही हुनुपर्छ भत्रुभयो।
नेपाली कांग्रेसका सभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने तर्क गर्नुभयो ।
उहाँले लोकसेवा उतीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनताबाट उतीर्ण भएको जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नु पर्ने विचार व्यक्त्त गर्नुभयो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले एउटा तिथि बसालेको बताउँदै नेपाली कांग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनौट गर्ने पार्टी नभएको जिकिर गर्नुभयो।उहाँले एमसीसी देश र जनताकै हित छ, कुनै पनि ठाउँमा राष्ट्रघात नभएको प्रष्ट पार्दै आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा जोड दिनुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्र डा मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताउनुभयो।
नेपाली कांग्रेसका प्रदेश नं १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य राजीव कोइरालाले आम नागरिकको आस्था र विश्वास बोकेको नेपाली कांग्रेस पार्टी जनताको चाहना अनुसार काम गर्नु पर्ने विचार व्यक्त्त गर्नुभयो।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सरिता प्रसाँई, अमृत अर्याल,नेपाली कांग्रेस मोरङका सभापति डीकबहादुर लिम्बू,नेता डा चन्द्र भण्डारी,नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाँई नेता गुरुराज घिमिरे,लगायतले बोल्नुभएको थियो।
प्रतिक्रिया