पुटिनले देशहरूलाई मस्कोसँगको सम्बन्धलाई सामान्य बनाउन आह्वान

इनेप्लिज २०७८ फागुन २० गते १२:३३ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै राष्ट्रहरु अर्थात् अन्तर्राष्ट्रिय जगतलाई मस्कोसँगको सम्बन्धलाई सामान्य बनाउन आह्वान गरेका छन् ।

पुटिनले आह्वान गर्दै रूसले प्रतिबन्धबाट फाइदा लिन सक्छ भनि सुझाव समेत दिए ।

“हाम्रो कुनै नराम्रो नियत छैन, स्थिति बढाउन, प्रतिबन्ध लगाउनु आवश्यक छैन, हामी सबै दायित्वहरू पूरा गर्छौं,” पुटिनले रुस र टर्की बीचको संयुक्त उद्यमको नयाँ रुसी डुङ्गाको झण्डात्तोलन समारोहमा भने।

पुटिनले रुसी अर्थतन्त्रले अहिलेको अवस्थालाई अनुकूल बनाउने बताए भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया