रूसी सेनाद्वारा युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा चौतर्फी आक्रमण

इनेप्लिज २०७८ फागुन २० गते १:३९ मा प्रकाशित

रूसी सेनाले जेप्रोजिया आणविक उर्जा संयन्त्रमा “चारै तर्फबाट आक्रमण ” गरिरहेको युक्रेनका विदेश मन्त्रि डिमिट्रो कुलेबाले बताए ।

कुलेबाले शुक्रबार बिहान सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै रुसी सेनाले “युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र जेप्रोजिया आणविक उर्जा कारखानामा चारैतिरबाट गोली हानेका छन् “।

“रूसीहरूले तुरुन्तै आगो बन्द गर्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नु पर्छ!” कुलेबाले भने ।

एनरगोदर शहरका नगर प्रमुखले यसअघि अग्नि नियन्त्रकहरू आगो निभाउन नसक्ने बताएका थिए।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेका थिए । र ,युक्रेनमा नो-फ्लाई जोन (बिमान उडान निषेध क्षेत्र )स्थापना गर्न नेटोलाई आह्वान गरेपछि रुसले युक्रेनका प्रमुख शहरहरूमा आक्रमणहरू बढाएको छ।

प्रतिक्रिया