मोरङ,१९ फागुन।मुस्लिम महिलाहरुलाई शिक्षा,स्वास्थ्य,सम्पत्तिमा हक अधिकार दिलाउन इस्लामी सङ्घ नेपालले अभियान सञ्चालन गर्ने भएको छ।
इस्लामी सङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यहि फागुन २० गतेदेखि २६ गतेसम्म मुस्लिम बाहुल्यता क्षेत्रका जिल्लाहरुमा सञ्चालन हुने जनाएको छ।
सङ्घका प्रदेश अध्यक्ष मौलाना सज्जाद अन्सारीले सुनसरीको भुटाहाबाट शुरु हुने अभियानलाई प्रत्येक चोक,टोलमा महिलाको भेलाको आयोजना गरि जेष्ठ नागरिक सम्मान,महिला उच्च शिक्षा,महिला जागरुकता,मदरसा र मस्जिदका इमामलाई विशेष अपिल,सामाजिक सञ्जालमा महिला हक अधिकार सम्वन्धमा सन्देश प्रवाह र उत्कृष्ट सेवा प्रदान गर्ने महिलाहरुलाई सम्मान लगायत कार्यक्रम गर्ने जानकारी दिनु भयो।
सङ्घका पूर्व अध्यक्ष फजल हुसेन गुलजारले महिलाहरुप्रति हुने दुव्र्यवहार न्यूनीकरण समेत अभियानको लक्ष्य रहेको बताउनु भयो।
अभियानका संयोजक जुल्फकार अली फलाहीले अभियानले समाजमा रहेको दाइजो प्रथा उन्मूलन गरी घरपरिवार, समाज र राष्ट्रको लागि कोशेढुंगा सावित हुने धारणा व्यक्त्त गर्नु भयो।
खासगरी अन्तर्राष्ट्रिय महिला दिवस सन्दर्भ पारेर सञ्चालन हुने यो अभियान यसअघि दाइजो विरुद्धमा नागरिकलाई सचेतना दिएको थियो।
प्रतिक्रिया