दिन कटाउने मेलो पकाउने उखान झै अहिले सामाजिक सञ्जाल समय बिताउने र अपरिचति सम्बन्ध गाँस्ने माध्यम बनेको छ । यहाँ काका, मामा, दाई, भाई र सरको नाता लगाउँदै शुरु हुन्छ यात्रा।एउटा महिला परपुरुषसँग सधै राती राती किन खुलेर वार्तालाप गर्न खोज्छे।अफिसको महत्वपूर्ण काम थियो भनेर ढाँट्छे । मध्यराती श्रमिानको भन्दा बढी केयर किन गरिरहन खोज्छे।के यो कुरा कुनै पनि श्रीमानलाई सह्य हुन्छ ? या श्रीमानले पनि यस्तै व्यवहार परस्त्री वा केटीसँग गरिरह्यो भने त्यो श्रीमतीले सहन सक्छे।स्वतन्त्रताको पनि सीमा हद हुन्छ।गाईवस्तुलाई पनि स्वतन्त्र छोडिदियो भने कोही भीरबाट लडेर मर्छ कोही भागेर जान्छ र त बाँधेर राखिन्छ।अहिले सामाजिक सञ्जालको प्रयोगलाई क्षणिक मान्दा भोलि त्यसले जीवनमा पार्ने जोखिममा प्रति अलिकति पनि चेतना छैन कोही कसैसँग। सधै सधै अफिसको काम भनेर राती राती आफ्नो इतिहास असम्बन्धित व्यक्तिलाई शेयर गर्दा त्यसको परिमाण के हुन्छ ? भन्ने कुरा सार्वजनिक भएका केयौं घटनाहरुप्रति मानिसहरु किन वेवास्ता गर्दैछन्।यदि साँच्चै नै अरुसँग मनपेट मिलाएको हो भने स्पष्ट रुपले भन्न किन डराउने।गुपचुमा कुरा राख्दा त्यसले परिवारमा ठूलो दुर्घटना त निम्त्याउछ नै त्यो भन्दा बढी सामाजलाई दुर्गन्धित बनाउछ।सामाजिक सञ्जालको प्रयोग भावनामा वहकाउ भएर गर्दा त्यसले गम्भीर समस्या निम्त्याउँछ।क्षणिक रमाइलो र आनन्दका लागि सामाजिक सञ्जालको प्रयोगले भविष्यमा ठूलो संकट सिर्जना गराउँदछ । सामाजिक सञ्जाल एउटा यस्तो एटम बम हो।जसलाई सावधानीपूर्वक व्यवस्थापन गर्न सक्यो भने शत्रु संकटका लागि भरपर्दो हतियारको रुपमा प्रयोग गर्न सकिन्छ, अन्यथा भावनामा बगेर वेवास्ता गर्यो भने आफ्नै जीवनलाई कुनै पनि बेला भष्म बनाइदिन्छ।
आफ्नै बाबुको विश्वास हुदैन यहाँ १ भनिन्छ नी मन पेट मिल्दा सबै मित्र,नमिल्दा सबै शत्रु।इन्टरनेट र सामाजिक सञ्जालको लतले मानिसको मन र मष्तिष्कलाई क्षणभरमै डाइभर्ट गरिदिन सक्छ । अरुले लाएको खाएको, रमाएको कुरालाई सधै प्राथमिकता दिदा त्यसै त्यसै गर्न मन लाग्छ । कोही कसैसँग आज बोल्यो, भोलि बोल्यो, पर्सि बोल्यो गर्दै गर्दा उही राम्रो लाग्छ।उसैसँग नजिकन मन लाग्छ । उसैसँग बोल्न मन लाग्छ । एक दिन नभेट्दा, नबोल्दा पनि वर्षै जस्तो लाग्न थाल्छ । एक घण्टा पनि महिनौ जस्तो हुन्छ।
पुरुषभन्दा अझ महिलाहरु छिट्टै भावनामा बग्ने हुन्छन्।काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान छ नि,एउटा कुराको वहाना देखाएर अर्को कुराको चाहना पूरा गर्नेतिर लालायित हुन्छ।सामाजिक सञ्जालको लतमा कोही कसैसँग जोडिएपछि त्यसलाई चाहेर पनि तोड्न सक्तैनन्।उसकै मुहारको झझल्कोले पछ्याइरहन्छ।आफ्नो काम र घर परिवारको कुरालाई मतलव गरिदैन।आफ्नै श्रीमान वा श्रमितीले भनेको राम्रो कुरालाई पनि वेवास्ता गरिन्छ। त्यत्तिकै रीस उठ्छ, घर झगडा शुरु हुन्छ।फलानोले यस्तो लायो, उस्तो खायो,राम्रो ठाउँमा घुम्न गयो।हाम्रो चाहि केही छैन भन्ने वहानाबाजी शुरु हुन्छ । घाँटी हेरेर हाड निल्नु भन्ने बूढापाकाको उखानलाई पाखे भनी आरोप लगाइन्छ । घर कलह शुरु हुन्छ । यसो गर्नु ठीक होइन भन्यो भने रुने कराउने चिच्याउने आदत बस्छ।
आफू कुन धरातलबाट आएको हो त्यसलाई चटक्कै भुलिन्छ । खाली सामजिक सञ्जालको रौनकतामा बाँचिन्छ ।आफ्नोलाई पराई र पराईलाई आफ्नो बनाउने दैनिकी बन्छ।त्यसैले भन्न मन लाग्छ छी अहिलेको सामाजिक सञ्जाल ? बेलैमा सचेत बनौ ! किन र के का लागि सामाजिक सञ्जाल प्रयोग गर्ने भन्नेमा।
(यो लेख लेखकको स्वतन्त्र बिचार हो,कही कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)
प्रतिक्रिया