अनेसास च्याप्टर सम्मेलन बोस्टनमा हुने

समाचारदाता बोस्टन,अमेरिका २०७८ फागुन १९ गते ०:४६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मे महिनाको २७ र २८ तारिकमा अमेरिकाको बोस्टनमा अनेसास च्याप्टर सम्मेलन गर्ने भएको छ।अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।बैठकले वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा तयारी समिति पनि गठन गरेको छ।समितिले च्याप्टरका पदाधिकारिहरूलाई प्रारम्मिक चरणको तयारी सम्बन्धि जानकारी गराउने र कार्य योजना तय गर्ने जिम्मा पाएको छ।

कोरोना कहरका कारण अध्यक्ष पौडेलको नेतृत्वमा रहेको कार्यसमितिले खुल्ला रूपमा गर्न लागेको यो पहिलो सम्मेलन हुनेछ।

विश्वभर रहेका अनेसास च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने यो सम्मेलन च्याप्टर सम्मेलनको चौथो संस्करण हुनेछ।

सम्मेलनमा अनेसास च्याप्टर र केन्द बिचका योजना र कार्यक्रमबारे छलफल हुनुका साथै नेपाली साहित्यका बारेमा विचार विमर्श र कवि गोष्ठी गरिने छ।

प्रतिक्रिया