गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ फागुन १८ गते २२:४६ मा प्रकाशित

पञ्जीकृत सदस्यज्यूहरू
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका

विषय: जानकारी गराइएको बारे

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिका र गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) बिच पञ्जीकृत सदस्यहरूको शुल्कको विषयमा पत्राचार भइरहेको जानकारी गराउँदछौँ।सबै पञ्जीकृत सदस्यहरूसँग प्रत्यक्ष जोडिएको विषय भएका कारण गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले यसै विषयमा एनआएनए आइसीसीलाई पठाउनु भएको पत्र सबैको जानकारीका लागि यसै साथ संलग्न गरिएको छ।

धन्यवाद
अन्जन कुमार चौलागाई
महासचिव, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति: मार्च २ तारिक २०२२

 

प्रतिक्रिया