तीनतिर राष्ट्रिय निकुञ्ज र उत्तर तर्फ राप्ती नदीले घेरेको चितवनको पदमपुर गाऊमा जन्मिएर सात कक्षासम्म पढेर अहिले मानव बस्ति विस्थापित भैसकेको पदमपुर् देखि १० किलोमिटर टाढा राप्ती लगायत अरु साना तिन ओटा खोला तरेर टाढीबाट हाइस्कुल पास गरेर इन्जिनियर बन्ने सपना बुनेर २०३९ साल मा काठमाडौँ आएका थिए जिबा लामिछान।नेपालमा प्राविधिक उच्च शिक्षाको सहजता नभएकै कारण सन १९८६ मा छात्रवृति पाएर त्यो बेलाको सोभियत संघको मस्को स्टेट युनिभासिटी ओफ सिभिल इन्जिनीर्यरिंग पढ्न उनी रसिया उडे।उनि उच्च शिक्षा गर्दै गर्दा सन् १९९१ मा विघटित सोभियत संघले अपनाएको खुल्ला अर्थ नीतिको सदुपयोग गर्दै सन् १९९२ मा आफ्नो स्नाकोत्तरको पढाई सकाए पछि उनले आफ्नो व्यावसायिक यात्रा शुरु गरे।मस्कोमा दैनिक उपभोगका इलेक्ट्रोनिक्स माग र बजार आपूर्तिको खाडललाइ जिबा र उनका साथीहरुले पुरा गरे पूर्वी जर्मनीबाट सामान आयात गरेर रसियामा बिक्रि गर्नु उनीहरुको प्रारम्भिक व्यवसाय थियो।सन् २०१४ सम्म रसियाको बसाइ पछि अहिले उनि परिवारका साथ जर्मनीमा बसछन्,साधारण भाषामा उनको परिचय यतिनै भए पनि नेपाली डायस्पोरामा चर्चित नाम हो जिबा लामिछाने।
उनले देखेको संसार उनले भोगेको संसार उनले लेखेका उनका दुइ किताबहरुमा आइसकेका छन् र उनले आफनै आँखाले रसियाको राजनैतिक उथलपुथल देखे साथै नेपालको विभिन्न परिवर्तन पनि देखे तर त्यो भन्दा संघर्षशील मानव जीवन पनि आफैले भोगे।यहि जीवनको भोगाईले जिबा लामिछानेलाइ नेपाली डायस्पोराको सफल व्यवसायीको रुपमा स्थापित गर्यो भने नेपाली डायस्पोरालाई संस्थागत गरी डोहोराउन सबल नेतृत्व पनि बन्न सफल भए जिबा लामिछाने।
नेपाली आप्रवाशनको शुरुवात गोर्खा सैनिक भर्तीबाट शुरु भए पनि ठुलो संख्यामा नेपालीहरु विदेशिने क्रम २०४६ सालको राजनैतिक परिवर्तन पछि आएको र ठुलो संख्यामा नेपालीहरु बाहिरिन थाले पछि उनीहरुलाई एकत्रित गरी सामुहिक रूपमा देश विकाशमा समेट्ने होस् या परोपकारी काम गर्न र नेपाली डायस्पोराका मुद्दा सम्बोधन वा लगानी मैत्री वातावरण निर्माण गर्ने उद्धेश्यले सन् २००३ मा मस्को बस्दा जिबा लामिछाने,भिम उदास,डा उपेन्द्र महत्तो लगायतका व्यक्तिहरुको पहलमा स्थापना भएको एनआरएनए अहिले ८४ वटा देशहरुमा फैलिएर नेपाली डायस्पोराको ठुलो संजाल बनेको छ एनआरएनए।
टेलिभिजनको पर्दा होस् या अन्य संचार माध्यममा देखिन खासै नरुचाउने जिबा लामिछानेसंग तीन महिना लामो प्रयास पछि सन् २०२१ अप्रिल ९ तारिकमा करिब १ घण्टा लामो प्रत्यक्ष प्रशारणमा साक्षात्कार गर्ने मौका मलाई मिलेको थियो।उनलाई उनकै जीवनसँग,उनका व्यवसायसंग र उनैले स्थापना गरेको ठुलो संजाल एनआरएनएसंग सम्बन्धित मेरा पेचिला प्रश्नको जवाफ अत्यन्तै सामान्य र मिलनसार शैलीको प्रस्तुतिबाट प्रभावित भएर होला त्यो कार्यक्रमको भ्युज ३६k पुगेको थियो।
लामो समय देखि नेपाली डायस्पोराको ठुलो संजाल एनआरएनए विवाद लम्बिएको छ,अक्टोबरमा हुनु पर्ने निर्वाचन र अधिवेशन लम्बिएर मार्चमा तोकिएको छ, पत्रपत्रिकामा छिटफुट यो विवाद अझै लम्बिने संकेत आइरहदा पनि निर्वाचन आयोगले कार्यतालिका अनुसार आफ्नो काम अगाडी बढाइ रहेकै छ।
एनआरएनए विवाद समाधान गर्न थुप्रै प्रयास भए।विवाद लम्बिएर कहिले परराष्ट्र मन्त्रालय त् कहिले अदालत पुगे पनि अन्त्य मा ७ सदस्य उच्च समिति गठन गरी समस्या सुल्झाउने प्रयास प्रयासमै सिमित भएको देखिन्छ। समाधान गर्न नचाहेकै कारण समाधानका प्रयास विफल भए तर चरित्र हत्याको प्रयासको निशाना बने जिबा लामिछाने।
गएको फेब्रुअरी १६ तारिकका दिन बिहान ९ बजे ०३ मिनेटमा जिबाले आफु अमेरिका आइपुगेको स्ट्याटस लेखेको १२ घण्टा पनि एनआरएनएलाइ मुलधार बनाएर पत्रकारिता गरिरहेका एक व्यक्तिले जिबालाइ लक्षित गर्दै सामाजिक संजालमा लेखे ”खबरदार!!अमेरिकामा NRNA का रसियन भाइरस जिबा लामिछाने हिजो आइपुगेका छन।” यो स्ट्याटसले प्रभाव पार्न सकेनछ कि के हो,त्यसको दुइ दिन पछि एउटा समाचार उनैले चलाउने अनलाइन मार्फत आयो, ”एनआरएनए पूर्व अध्यक्ष लामिछानेले डोल्मा शेर्पा रिहाइको ३२ लाख ब्लडमनि हजम पारे”, प्रत्यक्ष प्रशारणमा साक्षात्कार गरे पछि खास सम्पर्कमा नरहेको मैले जिबा लामिछानेको सामाजिक संजाल खोतल्न शुरु गरे।
एउटा सामान्य व्यक्तिको रुपमा मेरो दर्शकहरुलाई प्रभाव परेका जिबाको सामाजिक संजालमा कुनै ठुलो प्रमाण फेला पर्न मैले सकिन तर २२ फेब्रअरीमा जिबा लामिछानेले ”सेभ डोल्मा फन्डका सम्बन्धमा” लेखेको फेसबुक स्ट्याटस पछि उनका गतिविधिहरु मैले निहाली रहे।उनका हरेक दिन उनका पोस्टका भाषा सामान्य देखिन्छ,न कुनै मात छ न कुनै घमण्ड।उनी नेपाली डायस्पोराका एक धनाड्य हुन्,अथाह सम्पति छ नपुग्दो केहि छैन तर भाषा शैलीमा उनि जति सामान्य देखिएका छन् त्यो भन्दा सामान्य उनको लवाई देखियो।उनले लगाएको त्यो निलो ज्याकेट अमेरिका आउनु अघि नेपाल बसाईमा पनि त्यही थियो र अमेरिका बसुन्जेल पनि उनि हरेक फोटोमा त्यहि निलो ज्याकेटमा देखिएका छन्।यीनै सामान्य जीवन बाचिरहेका जिबा लामिछानेले कुवेतको जेलमा रहेकी डोल्मा शेर्पालाइ छुटाउन भनि उठाएको ३२ लाख रुपैयाँ ब्लडमनि आफैले खाए भन्ने आरोपमा कुन तुक रहेनछ भन्ने अनुमान नेपाली लेखपढ गर्न जान्ने जो कोहीले अनुमान गर्न सक्छ।
जिबा लामिछानेलाइ यो स्तम्भको केन्द्र विन्दु बनाउनुको अर्थ उनको चाप्लुसी गरेर स्वार्थ पुरा गर्नु पक्कै होइन,किनकी जिबा लामिछाने नेपाली डायस्पोराका प्रतिनिधि हून कुनै कथाको पात्र होइनन् तर गैरआवासीय नेपाली संघ भित्र व्यक्ति व्यक्ति छानेर कपोलकल्पित कथाको पात्र बनाएर चरित्र हत्या गरिन्छ।संघमा नौलोपन ल्याउन खोज्ने, सृजनात्मक कार्यशैलीबाट संस्था हाक्न खोज्ने जो कोहि पनि व्यक्तिगत चरित्र हत्याको शिकार बन्ने गरेको छ।
एनआरएनए भित्र प्रतिबन्धको अभियान शुरु भएको छ,विधानले जेसुकै व्याख्या गरे पनि गुटको ध्रुवीकरण शुरु भएको छ भने एकले अर्को अस्तित्व नस्वीकार्ने पुरानै शैली दोहोरिन थालेको छ।आमिर खानको चर्चित सिनेमा थ्री इडियटको डायलग झैँ आफुले गरे सब चमत्कार अरुले त्यहि काम गरे बलात्कार भन्ने जस्ता दुरासयी विचारहरु मौलाउदै जानु यो संस्थाको दुर्भाग्य हो।
गैरआवासीय नेपाली संघ एक विशुद्ध सामाजिक संस्था भए पनि विगतका इतिहास र अहिलेसम्मका अवस्थालाई नियाल्दा कुनै कुनै रुपमा राजनीति प्रभाव परेको देखिन्छ।यस संस्थामा सकृय रुपमा आवद्ध व्यक्तिहरुको बारेमा बुझ्ने हो भने कुनै कुनै राजनीति दलको सदस्यता लिएको र उनको भातृसंगनमा सकृय भुमिकामा रहेको पाइन्छ।अहिले जुन प्रकारको विवाद देखिएको छ गैरआवासीय नेपाली संगमा कहिन कहि,मुख्य कारण नै राजनीति प्रभाव नै हो भन्दा फरक नपर्ला।यति मात्रै होइन यस संस्थामा विभिन्न सिद्धान्त,विचार फरकफरक अस्तित्व भएका मान्छेहरु छन्।जब सम्म एकले अर्काका अस्तित्व स्वीकार्न सक्दैनन्।तबसम्म कुनै पनि विवाद समाधान हुदैन।संस्थालाई जीवन्त राख्न निजी स्वार्थ र आफ्नो इगोलाई त्याग्नु पर्ने हुन्छ साथै फरक विचार,फरक सिद्धान्त भएकाहरुलाई पनि स्थान दिनु पर्ने हुन्छ।जब सम्म यो फलानो पार्टीको मान्छे यो फलानो धर्मको,यो फलानोको मान्छे यो त आउनु नै हुदैन भन्ने निशेधको अवधारणा अपनाएको पाइन्छ।यति मात्रै होइन व्यक्तिगत रिसिवी समेत साध्ने गरेको देखिन्छ।यदि गैरआवासीय नेपाली संगको विवादलाई समाधान गरि संगलाई अनिर्णयको बन्दीबाट मुक्त गर्ने नै हो भने संघमा रहेका जिम्मेवार व्यक्तिहरुले यो निषेधको सोचको अन्त्य गर्नु पर्छ र एकअर्काका अस्तित्वलाई सम्मानका साथ स्वीकार्नु पर्छ।
एनआरएनए विवाद कुनै नौलो विषय रहेन र सस्थाको आकार र उमेर जति बढ्दै गएको छ यहाँ भित्र थुप्रै विकृतीहरु मौलाउदै गएका छन।अभियानमा जोडिएका र जोडिन चाहने जो कोही लाइ पनि निहित स्वार्थको लागि व्यक्तिगत आक्षेप लगाउने,सामाजिक संजालमा चरित्र हत्या गर्ने,पत्रपत्रिका मार्फत चारित्रिक लान्छना लगाएर होस् वा आर्थिक भ्रस्टाचारसंग जोडेर निरुत्साही गर्ने काम नेपाली डायस्पोरामा व्यापक हुन् थालेको छ।स्मार्ट पुस्ताका प्रतिनिधि हामीलाई स्मार्ट फोनले दास बनाएको आजको यो युगमा ६० वर्ष भन्दा लामो इतिहास बोकेर पनि नेपाली डायस्पोरा अझै आफुलाई पहिलो पुस्ताको डायस्पोरा यस्तै हो भन्दै बहाना बनाउदै आफ्ना मन नमिल्ने लाई हिलो मात्र होइन सकेसम्म रक्छ्यान नै बनाउदै अगाडी बढी रहदा दोश्रो पुस्ताले कस्तो पाठ सिक्ला र यो सस्थालाई कसरी हाक्न सक्छ भन्ने प्रश्न यो संस्था हाक्न चाहने प्रत्येक ले आफुलाई तेर्साउने बेला अझै ढिलो भएको छैन।
बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रीया
प्रतिक्रिया