हात्ती पाइले

इनेप्लिज २०७८ फागुन १६ गते १२:०८ मा प्रकाशित

विराटनगर,१६ फागुन(रासस):हात्ती पाइलो विरुद्धको औषधी मोरङमा फागुन २८ गते देखि खुवाउने तयारी भएको छ।

मोरङको कुल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोग विरुद्धको औषधी खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिनुभयो।

गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधी यसवर्ष ९० प्रतिशत जनालाई खुवाउने अभियानलाई तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताउनुभयो।औषधी खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ।

औषधी नखाने व्यक्त्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधी खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताउनुभयो।मोरङको सुनवर्षी नगरपालिकामा ३०० मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा हात्ती पाइले रोगको लक्ष्ण देखिएकाले सो क्षेत्रमा हात्ती पाइलो विरुद्धको औषधी खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने प्रमुख मेहताको भनाई छ ।

हात्ती पाइले विरुद्धको औषधी खुवाउने यसवर्ष ११औँ चरण हो भन्दै यसमा यसवर्ष इभरमेटिन,डिइसी र अल्बेन्डाजोल औषधी खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताउनुभयो।उहाँले गर्भवती महिला तथा छारे रोग भएको मानिसले यो औषधी खानु हुँदैन भने औषधी खुवाउने लक्षित समूह भनेका दुई वर्ष माथि उमेरका हुन भत्रुभयो।

प्रतिक्रिया