युक्रेनले “तत्काल” युरोपेली संघमा संलग्न हुन आग्रह गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोपेली संघलाई “तुरुन्तै युक्रेनलाई गुट (ब्लक)मा समावेश गर्न” आग्रह गरे।
“हामीलाई युरोपेली संघमा नयाँ प्रक्रिया प्रयोग गरी तुरुन्तै युक्रेनलाई स्वीकार गर्न अपील गर्दछौं,” जेलेन्स्कीले आफ्नो पछिल्लो श्रब्यदृश्य (भिडियो ) सन्देशमा भने।
“हामीसँग साथ रहनुमा साझेदारहरूप्रति हामी कृतज्ञ छौं। तर हाम्रो लक्ष्य सबै युरोपेलीहरूसँग हुनु र, उनीहरूसँग बराबर हुनु हो। म पक्का छु कि हामी यसको योग्य छौं। म पक्का छु कि यो सम्भव छ।”
जेलेन्स्कीले आइतबार पोर्चुगल, लिथुनिया, फ्रान्स र पोल्याण्डका राष्ट्रपतिका साथै बेल्जियम, स्पेन र बेलायतका प्रधानमन्त्रीहरूसँग कुराकानी गरेको बताए।
“हाम्रो युद्ध विरोधी गठबन्धनको समर्थन बिना शर्त र अभूतपूर्व छ,” जेलेन्स्कीले भने।
प्रतिक्रिया