युक्रेन र रुसबीच बेलारुसमा वार्ता सुरु भएको छ । बेलारुसमा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच दिउँसो १ बजेपछि वार्ता सुरु भएको हो ।
सोमबार युक्रेनी स्थानीय समय तथा अमेरिकाको पूर्वीय समय ६ बजे बिहान वार्ता प्रारम्भ भएको छ ।
युक्रेनको प्रतिनिधिमण्डलमा धेरै उच्च पदस्थ अधिकारीहरू संलग्न रहेका छन् भनेतर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफै आएका छैनन्।
बैठकको नेतृत्वमा युक्रेनले “तत्काल युद्धविराम र रूसी सेना फिर्ता” को माग गर्यो भनि सिएनएनले समाचार लेखेको छ ।
तस्बिर :स्पुत्निक/एपी
प्रतिक्रिया